नवलपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव दीनानाथ शर्माले गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताएका छन् ।
सत्ता गठबन्धनद्वारा नवलपुरको देबचुलीमा आज आयोजित नवलपुरको क्षेत्र नम्बर १ का अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै शर्माले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गरे ।
शर्माले प्रचण्ड र गिरिजाप्रसाद कोईरालाकै पहलमा बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृत्तिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे ।
उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नु पर्ने आजको आवश्यकता भएको बताउदै गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सबै पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे। अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर मात्र लोकतन्त्रको रक्षा हुन सक्ने धारणा राखे ।
नेता शर्माले संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गर्दै मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उहानले भने, ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौँ।’
संविधान र गणतन्त्र को रक्षा गर्ने उद्धेश्यकासाथ गठबन्धन बनाएको दाबी गर्दै उहाले गठबन्धनका बिरूद्द शंका नगर्न आग्रह समेत गरे ।
खबरकुरा प्रकाशित १५ कार्तिक २०७९
Comment Here