पुरानो खैरो कोट
रंग उडेको लवेदा र टोपीभित्र
वैंस ढलेको हाकिम
चाउरी परेको अनुहार बोकेर
पापको पर्खालभित्र
ताज गिरेको राज
निरन्तरता बिगतको
बिवसता बर्तमानको
काइतेकनूनका पारखी
कलम घुमाउन अभ्यस्त
लुरुलुरु धाइरहेछ
पुस्तौपुरानो कुर्चीको आडमा
वैलाएकोको कोपिला
पलासको फूल
गुणहिन मान्छे
बिगतले लखेट्दैछ
बर्तमानले घचेट्दैछ
किंकर्तव्यविमुढ
उदास विगत
दोसाँधमा टोल्याउँछ
वैंसको जोस हराउदैछ
मृत्युले डोर्याउँदै छ आगत
विचरा π बर्तमान तिम्रो
न यताको न उताको ।
गाह्रो छ फेरिन आदत
आशा अझै पुनरावृत्तिको
तर कठै विगतको सपना साँचेर
दाग बसेकैछ इतिहासको
उदासिन अनुहार
लखेटिरहेछ घुम्ने कुर्चीले
प्रायश्चित्त पापको
फिस्सहाँसेर बाचेको छ
कारिन्दा बर्तमानको
विचरा π बोझ इतिहासको
न यताको न उताको ।
३० श्रावण २०६४
Comment Here