समयको एउटा साँध
घण्टा, मिनट र सेकेण्डको चौकिल्ला ठोकेर
भित्तेघडीको प्रत्येक टिकटिक
बगिरहेछ रेखानाग्दै समयको
दिनरात
रातदिन
रेखा जीवनको
रेखा मरणको
निरन्तर निरन्तर
अघिबढेको प्रत्येक निमेश
मृत्यु भेट्न मानिसको
जीवन देख्न मानिसको
अविराम वगिरहेछ ।
समयको वगाइमा
म र मेरो संसार
वगाई समयको
वगाई जीवनको
प्रत्येक वगिरहेको निमेसले
महानता बोकेकोछ जीवनको
समयको पारखगर्ने शिल्पीले
रेखा कोरेको छ जीवनको ।
त्यसैले
केही गर समयमै अरुकालागि
साँच्चै वाँच्नेनै हो भने वरु
मर समयमै अरुका लागि
भनिरहेछ भित्तेघडीको टिकटिकले
मूहुर्तमपि जीवेत नर शुक्लेन कर्मणा
मेरोकोठाको चार किल्ला भित्र
अविराम यात्रा समयको
टिकटिक भित्ते घडीको
दर्शन जिवनको ।
वँाच्नका लगि समयले
अविराम कु्द्नुपर्छ
सीमा छुनका लागि समयको
वाँच्नकालागि मानिसले
खिच्नु पर्छलगाम समयको
सीमा छुनका लागि समयको
यात्रा जीवनको
यात्रा मरणको
समयको महासगर भित्रडुवेको मानिस
मूल्यवोध नहुदा समयको
नजीवन न समय
त्यसैले भन्न कर लाग्छ
सकय निरर्थकछ जीवनको
प्रत्येक टिकटिकले घडीको
डाकिरहेछ मानिसलाई
मृत्यको चिसो अगालो भित्र
प्रत्येक निरर्थक जीवनवाँचेरै पनि
रचिरहेछ इतिहास
प्रत्यक सार्थक जीवन मरेरै पनि
मरेको जीवन साँचेर
भार बनेर समयको
मरेर वाँचेको जीवन
इतिहास रचेर समयको
कुदिरहेछ प्रत्यक निमेस
जीवन बोकेर समयको
त्यसैले
मेरो मर्ने इच्छा छ वाँच्नका लागि
मेरो वाँच्ने इच्छा छ केही गर्नकालागि
सार्थक जीवन
सार्थक मरण
समयको चौकिल्ला भित्र
टिक टिक भित्ते घडीको ।
१४ फगुन २०६४
गंगबु आबासक्षेत्र
Comment Here