अन्तरसंर्घष भित्रको निहितार्थ


महान् दार्शनिक विद्वान वैज्ञानिक वा कविहरुले विचारको पारख गर्छन् नयाँ खोजको आविस्कार गर्छन् विवेकको विकास र वस्तुगत वास्तविकताको उजागार गरेर जनसमक्षा पस्कन्छन् । गतिशिल संसारलाई मानव चेतनाको विकासमा त्यसले महत्वपूर्ण योगदान पुर्याउंदै आएको छ । वस्तुगत वास्तविकताको मूर्त प्रतिबिम्ब मानिसको चेतनाभित्र छिर्छ र त्यसले ठोस आकार ग्रहण गरेर दर्शन सिद्धान्त वा विचारको रुपमा समाजको अगाडि पैदा हुन्छ ।
मानिसका सोच्ने विचार गर्ने वा विवेकको पारख गर्ने आ-आफ्नै तरिका छन् । सबै विचार वा सोच वा सोचको गर्भबाट सधैं विज्ञानको जन्म पनि हुंदैन । निहितार्थका लागि गरिने अस्वस्थ्य यत्न अन्तरमुखी र भद्दा हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध संग्रहमा भनेका थिए ुअस्वस्थ्य कल्पनाले मानिस पागल हुन्छ स्वस्थ्य कल्पनाले हुन्छ कविु । मेरा सबै सोच सधैं राम्रै हुन्छन् भनेर सोच्नु द्वन्द्ववाद हुंदैन ।
एकीकृत नेकपा माओवादीभित्र केही समययता तीब्र अन्तरसंघर्ष चल्दै आएको छ । त्यो किन र केका लागि भन्ने कुरा पनि उजागर हुंदैछ । विचारको विकासका लागि हुने विवाद र बहसले पार्टीलाई ठीकै ठाउँमा पुर्याउँछ । निहितार्थका लागि हुने अस्वस्थ तरिकाले पार्टीलाई समाप्त पार्ने कुरा निश्चित छ ।
कम्युनिस्टहरु आफ्नो वर्गका लािग लड्न जाने  । ठूलठूला लडाईं लडेर वर्गसत्ता प्राप्त गर्न सफल सफल पनि भए । वर्गसत्ता प्राप्त गर्ने दर्शन र विज्ञानको विकास भयो तर वर्गसत्ताको व्यवस्थापन समुचित ढंगले हुनसकेन । क्रान्तिको विज्ञानको विकास भयो तर प्रतिकि्रान्तलाई रोक्ने विज्ञान र विधिको समुचित विकास हुन सकेन । त्यसकारणले पनि पेरिस कम्युनदेखि रुस चीन पेरुको क्रान्ति हुंदै भर्खरै भारतको पश्चिमबंंगालको निर्वाचन परिणाम र हाम्रै पार्टीभित्रको अन्तरसंघर्षसम्मको अध्ययन र निचोड अनिवार्य भएको छ । लेनिनले माक्स्रवादको विकास गरे क्रान्तिको विज्ञानलाई लेनिनवादले उचाईमा उठायो वर्गसत्ता स्थापित गरे तर त्यसको व्यवस्थापनको विज्ञानको विकास गर्न पाएनन् । माओले त्यो दिशमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गरेर अन्वेणण गर्न आंटेका थिए तर त्यो पनि उनको मृत्यु पछि त्यत्तिकै तुहियो ।
क्रान्तिको विज्ञानको विकास पछि प्रतिक्रान्तिको विज्ञान र विधिको विकास पनि त्यत्तिकै अनिवार्य भएको कुरा अहिले सम्मका प्रतिक्रान्तिका अनुभवले पुष्टि र प्रमाणित गरिसकेको छ । जनताले क्रान्ति गर्दछन् वर्गसत्ता स्थापित गछ्रन् तलबाट क्रान्ति हुन्छ माथिबाट प्रतिक्रान्ति । वर्गसत्ता प्राप्तिका लागि प्रयोग भएको हतियार प्रतिक्रान्तिका लागि उपयोग भएको छ । त्यसैले क्रान्ति गर्ने कुरा मात्र प्रधान होइन क्रान्तिका उपलब्धीलाई प्रतिक्रान्तिबाट जोगाउने विधि र विज्ञानको विकास त्यत्तिकै महत्वपूर्ण छ ।
समाज विकासको क्रममा उत्पन्न अन्तरविरोधले सामाजिक परिवर्तनको माग गर्दछ । त्यसले क्रान्तिको जन्म दिन्छ । समाजविकसको क्रममा उत्पन्न अन्तरविरोधलाई अलिकति संयोजन गरियो र तारतम्य मिलाइयो भने क्रान्ति संभव हुन्छ । तर क्रान्तिका उपलब्धी जोगाउने कुरा त्यति सहज भएको छैन । केवल वामपन्थी आन्दोलनभित्र मात्रै होइन विश्वका प्रगतिशित प्रजातान्त्रिक आन्दोलनमा पनि त्यो कुरा प्रष्ट देखिन्छ ।
एकीकृत नेकपा माओवादी शान्तिप्रकि्रयामा प्रवेश गरेपछि पार्टीभित्र चल्ने अन्तरसंघर्षको चरित्र र प्रवृत्तिहरुमा निकै उतारचढाव देखापरेको छ । विशेषगरी संविधासभको निर्वाचनपछि बाहिरी अन्तरविरोधमा जसरी परिवर्तन देखा पर्यो त्यसरी नै पार्टीभित्र अन्तरसंघर्ष पनि तिब्र बन्दै गएको छ । 
पार्टीभित्र विचारधारात्मक रुपमा चल्ने स्वस्थ्य र मैत्रीपूर्ण अन्तरसंघर्षले मालेमाको विकासमा महत्वपूर्ण योगदान पुर्याउंछ । तर त्यो संघर्ष अस्वस्थ भद्दा र निहितार्थ गठबन्धन बन्यो भने त्यसले देवकोटाले भनेजस्तै परिणाम दिन्छ । अहिले खरिपाटीदेखि पालुङ्टार र पालुङ्टारदेखि धोविघाट हुंदै परिसडाँडासम्मको अन्तरसंघर्षको यात्राको विहंगम अध्ययन अनुसन्धान र अन्वेषण जरुरी भएको छ । धोवीघाट गठबन्धन वर्गसत्ताका लागि कि अन्य निहितार्थका लागि भन्ने कुराको समीक्षा भने इतिहासले गर्नेछ । 
राजनीति संगठन संस्कृति कार्यशैली कार्यप्रणाली आदि विषयमा अन्तरविरोध र अन्तरसंघर्ष हुनसक्छन् । ती अन्तरविरोधलाई फस्र्यौट गर्न अहिलेसम्म हामीले मान्दै आएको मालेमावादी विधि र प्रकि्रया छ । महाधिवेशन नभएको अवस्थामा जनवादको अधिकतम अभ्यास गर्ने सर्वोच्च र सार्वभौम निकाय केन्द्रीय समिति हो । केन्द्रीय समितिले विगतको समीक्षा गर्छ वर्तमान परिस्थितिको मूल्यांकन गरेर भावि कार्ययोजना तय गर्दछ । सम्पूर्ण पार्टी सदस्य केन्द्रीय समितिको मातहत हुन्छन्  केन्द्रीय समिति महाधिवेशनको अधिनस्त हुन्छ ।
केन्द्रीय समितिको चालु बैठकलाई बीचैमा स्थगित गरेर केन्द्रीय सदस्यबीच हस्ताक्षर अभियान संचालन गरियो यसपटक । विषय सही वा गलत त्यो अलग्गै छलफलको विषय हो । केन्द्रीय समिति सदस्यलाई व्यक्तिगत रुपमा भेट्ने प्रभावित गर्ने जोडगर्ने तलबाट दवाव सिर्जना गर्न लगाउने समेतका सबै उपाय अबलम्बन गरियो । अन्तरसंघर्ष संचालन गर्ने यो विधि के माक्स्रवाद सम्मत छ  ? विश्व कम्युनिस्ट आन्दोलनका अहिलेसम्मका स्थापित मान्यताभित्र यो तरिका किमार्थ पर्दैन । नेपाल कम्युनिस्ट पार्टीभित्रको मान्यता र परम्पराभित्र पनि पर्दैन । यो विधि नेपाली मौलिकता र विशेषता अनुसार नयाँ र वैज्ञानिक हो भने त्यसलाई विधिवत केन्द्रीय समितिबाट परित गराउनु पर्ने कि नपर्ने  पार्टीका गरिमामय पदमा आसिन जिम्मेवार कमरेडहरुले छलफल गर्न चाहेको विषय न स्थायी समिति पोलिटब्यूरोको बैठकमा पेश गर्नुभयो न केन्द्रीय समितिको बैठकमा छलफलका लागि अगाडि सार्ने हिम्मत र साहास गर्नुभयो । बन्दकोठामा निम्छरो गणितिय समर्थनको बहुलवादी अभ्यास माक्स्रवाद सम्मत भएन भन्दै हामीले प्रतिकि्रया िदंदा तथाकथित ‘क्याम्प परिवर्तन गर्यो, बिक्यो’ जस्ता तुच्छ र घृणित प्रचारवाजी गरेर व्यक्तिगत चरित्र हत्या गर्ने प्रयास गरियो । अध्यक्ष कमरेड प्रचण्डको “भिन्नमतलाई निषेध गर्ने र असहिष्णु बन्ने एकमनावादी नोकरशाही प्रवृत्ति” लागेको छ भने आसन्न केन्द्रीय समितिको बैठमा राखेर छलफल चलाउने आँट गर्न किन नसकेको  त्यसलाई केले र कसले रोक्यो  के उत्तर दिनुपर्दैन ।
पार्टीभित्र समुचित कार्यविभाजन हुनुपर्दछ । तर पदाधिकारीको पदको ग्यारेन्टी मात्रै कार्यविभाजन किमार्थ हुन सक्दैन । केन्द्रीय समिति र पोलिटव्यूरोका कमरेडहरुको उचित कार्यविभाजनको चिन्ता एकवर्ष वा छ महिना पहिले किन भएन  जिम्मेवारविहिन ढाक्रे बनेर सडकमा एकवर्ष भन्दा पहिलेदेखि भौतारिएका स्थायीसमिति सदस्य पीवीएम सीसीएम कमरेडको चिन्ता भएको भए त्यसको समुचित व्यवस्था गर्न पदाधिकारी कमरेडलाई केले र कसले रोक्यो  होइन भने पदाधिकारीको पदमा केन्द्रित गुटस्वार्थले अहिलेको अन्तरसंघर्ष उत्पन्न भएको होइन भनेर पुष्टि गर्नुपर्छ । यस विषयमा केन्द्रीय समितिमा छलफल गर्ने पर्याप्त अबसर मिल्नु पर्ने थियो । तर यसो गरिएन बरु पदाधिकारीहरुबीच कार्यविभाजन र केही थान मन्त्री बनाउने सम्झौता गरेर तत्कालका लागि युद्धविराम गरियो । विषयले केन्द्रीय समितिमा प्रवेश पाएन । जनवादका व्याख्याता कमरेडहरुले केन्द्रीय समितिका सदस्यहरुको जनवादलाई निलिदिनुभयो । केन्द्रीय समिति बैठकको अबमूल्यन भयो । के यो सही मालेमावादी प्रणाली हो  
हस्ताक्षरको हतियार प्रयोग गरेर बहुलबादी अराजकताको अभ्यास गर्न पार्टी विवश भयो । एउटा “एकमनावादी नोकरशाही प्रवृत्ति” को विरोध गर्ने नाममा अर्को आत्मकेन्द्रीत अराजकतावादी प्रवृत्ति मौलाउने मौका पायो ।
विगत केन्द्रीय समितिमा अध्यक्ष कमरेडद्वारा “पार्टीको तात्कालिक कार्ययोजना सम्बन्धमा” भन्ने राजनीतिक प्रस्तावको पार्टी अन्तरसंघर्षबारे शिर्षकमा “पार्टीमा अन्तरसंघर्ष अस्वस्थ्य बन्दै जानुको अर्को सहायक तर महत्वपूर्ण कारण संगठनात्मक कार्यविभाजनु” भनिएको छ । आंशिक रुपमा यो सत्य हुनसक्ला । तर पार्टीभित्र नेता तथा कार्यकर्ताको मूल्यांकन गर्ने मालेमावादी वैज्ञानिक विधि छैन । व्यक्तिगत पहुंच वा नेतासितको निकटता र गुट प्रतिवद्धताको आधारमा माथिमाथि चढ्ने भएको छ । कार्यविभाजन मात्रै मुख्य विषय होइन । वैज्ञानिक मूल्यांकन विधि नहुंदा इमान्दारहरु ओझेलमा पर्ने र लोभीपापीहरुले पार्टीमा प्रभाव जमाउंदै लगेका छन् । अहिलेको संकट त्यसको उपज पनि हो ।
विगत केहीसमय यता उत्पन्न अन्तरविरोध र अन्तसंघर्ष विचारकेन्द्रीत नभएर पद र प्रतिष्ठा केन्द्रित बन्दै गएको छ । विचारको बहसले पार्टीलाई समृद्ध बनाउंछ मालेमावादको विकास हुन्छ । पद र प्रतिष्ठाको लागि हुने संघर्षले पार्टीलाई अन्तरध्वंस गर्दछ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनतका समृद्ध अनुभवले क्रान्तिका उपलब्धीको रक्षा र विकासको सन्दर्भमा सत्ताको अभ्यासमा गम्भीर समस्या देखिएका छन् ।
हाम्रो पार्टीले वर्गसंघर्ष र अन्तरसंघर्षको बीचबाट जति ठूला उपलब्धी प्राप्त गरेको छ त्यसको रक्षा पार्टीले गर्न सक्ने वा नसक्ने चुनौती हाम्रा सामु खडा छ । उपलब्धी गुमे भने त्यो पार्टी भित्रैबाट गुम्नसक्छ । बाह्य कारण गौण हो । प्रतिक्रान्तिका विरुद्धको संघर्षको नयाँ र उन्नत वैचारिक हतियार स्वस्थ्य अन्तरसंघर्षको बीचबाट मात्रै संभव छ । स्वस्थ्य प्रतिस्पर्धाका लागि सकि्रय बनौं अस्वस्थ्य तरिकाले अन्तिम परिणती वितण्डा विचलन र वैचारिक विसर्जन हो भन्ने कुरा नभुलौं । अन्तरसंघर्षलाई प्रतिक्रान्तिको बाहक होइन प्रतिक्रान्तिलाई रोक्ने महत्वपूर्ण हतियारको रुपमा विकास गर्न जरुरी छ । 

 श्रावण १८, २०६८