काठमाडौं, बैशाख ९/ एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष कमरेड प्रचण्डले शान्ति र संविधानका पक्षमा अधिकतम प्रयास गर्ने राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रबार (बैशाख ९)बाट सुरु भएको बैठकमा अध्यक्ष क. प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । गत बुधबार (बैशाख ७) गते पोलिटव्यूरोको बैठकमा पेश गरिएको प्रतिवेदनमाथि थप छलफलका लागि केन्द्रीय समितिमा लगिएको हो । अध्यक्षको प्रतिवेदनमा असहमति राख्दै उपाध्यक्ष कमरेड मोहन वैद्य किरणले पनि छुट्टै राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । अध्यक्षको प्रतिवेदनमाथि शनिबारबाट छलफल सुरु हुनेछ ।
प्रकाशित मिति : २०६८/१/९, साँझ ६:३० बजे
Comment Here