काठमाडौं श्रावण 31 / एकीकृत नेकपा माओवादीले उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
माओवादीको मंगलबार श्रावण ३१ गते बसेको केन्द्रीय कार्यालयको बैठकलेसहमतीय वा बहुमतीय जस्तो सरकार बने पनि उपाध्यक्ष डाक्टर भट्टराईलाई प्रधानमन्त्रीका उम्मेद्वार बनाउने निर्णय गरेको हो । बैठकले आपुनो पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँगको छलफललाई तिब्र बनाउने पनि निर्णय गरेको छ ।
कार्यालयको बैठकले अहिलेसम्म पार्टीमा जिम्मेवारी नपाएका नेताहरुको जिम्मेवारी बाँडफाँट पनि गरेको छ । जसअनुसार लिम्बुवान राज्यको इन्चार्जमा पोलिट्व्यूरो सदस्य राम कार्की कोचिलाको सेक्रेटरीमा साबित्रा कुमार काफ्ले अवधको सहइन्चार्जमा पोलिटव्यूरो सदस्य डिलाराम आचार्य मगरातको सहइन्चार्जमा पोलिटव्यूरो सदस्य गिरिधारीलाल न्यौपाने रहनुभएको छ । यसैगरी बैठकले भदौ ४ गतेदेखि १४ गतेसम्म १४ वटै राज्यसमिति मोर्चा विदेश र सुरक्षा व्यूरोमा प्रशिक्षण चलाउने पनि निर्णय गरेको छ । भदौ १ गते स्थायी समितिको बैठक डाक्ने पनि केन्द्रीय कार्यालयले निर्णय गरेको छ ।
Comment Here