एकीकृत माओवादीले केन्द्रीय समितिको छैठौं विस्तारित बैठकमा पर्यवेक्षकलाई सहभागी नगराउने निर्णय गरेको छ ।
विस्तारित बैठकको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको (मंसिर ३ गते) बैठकले राज्यसमितिसम्मका परिचयपत्रबहाक सदस्यहरूबाहेक अरुलाई बैठकस्थलमा प्रवेश नदिने निर्णय गरेको हो । बैठकमा विस्तारित बैठकको कार्ययोजना र छलफलको विधिमा पनि छलफल भएको थियो । विस्तारित बैठकमा जनमुक्ति सेनाका सदस्यहरूको सहभागिताका विषयमा भने अनमिनसँग छलफल गरेर मात्र टुंगो लगाइने बैठकले निर्णय गरेको छ । स्थायी समितिको अर्को बैठक शनिबार (मंसिर ४ गते) बेलुका ६ बजे पालुङटारमा बस्नेछ । यसैगरी केन्द्रीय समितिको बैठक आइतबार (मंसिर ५ गते) बिहान विस्तारित बैठकस्थलमै बस्ने निर्णय पनि स्थायी समिति बैठकले गरेको छ ।
प्रकाशित मिति : २०६७ /८ /३, दिउसो ३ बजे
Comment Here