अध्यक्ष प्रचण्डले जारी गर्नुभएको प्रेस वक्तव्य


एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
Unified Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

सहमतिको अभावमा अबरुद्ध, संविधान र शान्ति निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउने नयाा समझदारीको आरम्भ बिन्दु मानिएको यही जेष्ठ १४ गतेको तीन बुादे सहमतिको मर्म र भावनामाथि ने.का. र एमालेबाट गम्भीर कुठराघात भएको छ । तीन बुादे सहमतिको अपव्याख्या गरेर जनताको अपेक्षामाथि प्रहार गर्दै आएर अन्ततः ने.का. र एमालेले सहमतिका लागि पााच दिनभित्र प्रधानमन्त्रिले राजीनामा दिने अलिखित समझादारीलाई तोडेर राजनैतिक बेइमानी र अनैतिकताको अर्को नग्नता प्रदर्शन गरेका छन् । यस सन्दर्भको आधारभूत र प्रमुख प्रश्न प्रधानमन्त्रिको राजीनामा नभएर बस्तुतः सहमतिका आधारमा शान्ति र संविधान निर्माणमा अगाडि बढ्ने वा नबढ्ने भन्ने नै हो । हाम्रो पार्टीले गतसाल देखि ने.का. र एमालेको रबैयालाई सहमति, शान्ति र संविधान विरोधी रबैयाका रुपमा गर्दै आएको खण्डन, आलोचनालाई तीन बुादे सहमतिको उल्लंघनले थप पुष्टि मात्र गरेको छ । नेपाली जनताले निर्वाचनमार्फत् सबैभन्दा ठूलो दलको रुपमा संविधान-सभामा पठाएको हाम्रो एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी)लाई अलग्याउने प्रयत्न आफैंमा शान्ति, संविधान र परिवर्तन विरोधी चलाबाजी बाहेक अरु केही नभएको तथ्य पनि आज झन् छर्लङ्ग भएको छ ।
हत्या, आतंक, अपहरण, दण्डहिनता र अराजकताका बेलगाम श्रृङ्खला एवं महङ्गी र भ्रष्टाचारको नयाा ‘कीर्तिमान’ कायम गरेको वर्तमान सरकारले प्रतिगामी दिशा पक्डिरहेको तथ्यलाई जन-आन्दोलनका अपराधिहरुलाई समेत विभूषित गरेर थप स्पष्ट गरेको छ । सहमति र परिवर्तन विरुद्ध प्रतिगमन र यथास्थितिकै पक्ष पोषण गर्ने वर्तमान सरकारलाई विरोध र असहयोग गर्नु देश र जनताप्रति हाम्रो जिम्मेदारीकै एक अभिन्न अंग हुने कुरा पनि हामी यहाा स्पष्ट गर्न चाहन्छौं ।
यो स्थितिमा हाम्रो पार्टी जनताको शान्ति र परिवर्तनको आकंाक्षा एवम् अमर सहिदहरुको सपनाप्रति पूर्ण प्रतिबद्धतासहित सहमतिका आधारमा शान्ति र संविधान सुनिश्चित गर्ने आफ्नो आन्दोलनलाई निरन्तर अगाडि बढाउने दृढता प्रकट गर्दछ । राष्ट्रिय स्वाधिनता, जनताको सर्वोच्चता, शान्ति, संविधान र त्यसका लागि राष्ट्रिय संयुक्त सरकार सुनिश्चित नहुादासम्म आन्दोलनलाई हरतरहले सहयोग पुर्‍याउन हाम्रो पार्टी देशका सम्पूर्ण सच्चा देशभक्त, गणतन्त्रवादी एवम् परिवर्तनका पक्षधर आम- जनसमुदायसाग हार्दिक अपिल गर्दछ ।

मितिः २० जेष्ठ, २०६७

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
केन्द्रीय समिति
ए.ने.क.पा. (माओवादी)