जनमुक्ति सेनाको प्रेस वक्तव्य


आज देश गंभिर संक्रमणकालिन अवस्थामा गुज्रीरहेको र मुलतः शान्ति प्रकृया गंभिर धरापमा पर्ने खतरा उत्पन्न भैरहेको अवस्थामा, शान्ति प्रकृया जस्तो अत्यन्तै सम्वेदनशील एजेण्डालाई ठाडै चुनौति दिएर अहिलेको काम चलाउ सरकारले रक्षा मन्त्री मार्फत् सेनालाई भर्नाको आदेश दिई पटक पटक भर्ना गर्न लगाउनु र नेपाली सेनाले पनि शान्ति प्रकृया प्रति गंभिर र सम्वेदनशील नभई सर्वोच्च अदालतको आदेशलाई समेत अवज्ञा र अपव्याख्या गरी लगातार भर्ना खोल्नु साथै विस्तृत शान्ति संझौता,अन्तरिम संविधान,हतियार र सेना अनुगमन तथा व्यवस्थापन सम्बन्धि संझौताको भावना र मर्म अनुसार नै गठन भएको जेएमसीसी र यसको काम कामकार्य पूरा नहुदै अझ यसको महत्व बढेको वेला यसको बहिष्कार गर्नु,यसको औचित्य छैन भन्नु र अनमिन फिर्ता भैहाल्नु पर्छ भन्नु जस्ता गैह्र जिम्मेवार अभिव्यक्ति आउनुका साथै आप\mनै देशको शान्ति प्रकृया प्रति ईमानदार नभई त्यसको भावना र मर्म विपरीत गई यस्तो संवेदनशील मुद्दाहरुमा सेनाको दौडधुप,लविङ जस्ता कुराहरु भैरहेको भन्ने पत्र-पत्रिकाहरुमा छ्याप्छ्याप्ती आउँदा जनमुक्ति सेना ,नेपालको गंभिर ध्यानाकर्षण भएको छ र यस प्रति हाम्रो गंभिर आपत्ति र ठाडो विरोध छ । आज २०६७ भाद्र १० गते प्रकाशित कान्तिपुर, अन्नपूर्ण जस्ता राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएका समाचार साँचो हो भने र नेपाली सेनाको यो संस्थागत निर्णय नै हो भने नेपाल राष्ट्र साँच्चिकै गंभिर दुर्घटना र असफल राष्ट्रको संघारमा पुगिसकेको वा पुर्‍याउन अन्तिम कोशिस भैरहेको गहिरो आभास जो कोही स्वतन्त्र,राष्ट्र प्रेमी र देशभक्त नेपालीले गर्न सक्दछन् । कहि कसैको आदेशमा अध्याँरो कुना वा पर्दा पछाडीबाट विस्तृत शान्ति संझौता,अन्तरिम संविधान,हतियार र सेना अनुगमन तथा व्यवस्थापन सम्बन्धि संझौता च्याँतिदै त छैन ? सर्वोच्च अदालतको समेत उपहास, कानूनी राज्यको खिल्ली उडाउने काम त भैरहेको छैन ? यदि यो कुरा साँचो हो भने, यो नेपाल र नेपाली जनताको लागी गंभिर दुर्भाग्यको कुरा हुने छ । राष्ट्र र जनता प्रति सम्मान,सद्भाव र एकता साथै आप\mनै दाजुभाई,दिदीबहिनी,परिवार प्रति ठूलो असमानता र विभेदको खाडल झन गहिरो खनिदै त छैन ? यसबाट देशको राष्ट्रिय एकता, शान्ति सद्भाव र प्रेमको अन्त्य हँुदैछ भन्ने सिधा निश्कर्ष निस्कन्छ । यो कुरा कुनै पनि देश भक्त नेपालीले सहने विषय नै होईन । यो नेपाल र नेपाली जनताको हितमा छैन । हामी सबै नेपाली नागरीक र नेपाली हांै । हामी सबैको अधिकार बराबर छ । सबैले सबैको सम्मान गरौं र सबै एक बनौं । यो राष्ट्रलाई बचाऔं,सबैलाई अधिकार सम्पन्न बनाऔं । सबै राष्ट्र निर्माणमा जुटौं भन्ने ऐतिहासिक संघर्षका घटनाक्रमहरुले पुष्टि गरिसकेको कुरा स्मरण गराउँदै वक्तव्य मार्फत् यो देशको गंभिर समस्या समाधानको लागी सम्पूर्ण नेपाली जनता र सबै सम्बन्धित पक्षहरु एक ढिक्का हुन र कोहि कसैको स्वार्थको लागी गोटी तथा वलिको बोको बनी राष्ट्रको वलिदान नगर्न जनमुक्ति सेना,नेपाल आग्रह पनि गर्न चाहन्छ ।

धन्यवाद ।

………

पासाङ्ग

प्रमुख

जनमुक्ति सेना नेपाल