बाटो उकालोछ । जेठको टन्टलापुर घाममा बिहानको खाना खाएर उकालो लागियो । ‘मदेशेलाई खाई उकालो’ भन्छन्, हाम्रो टिममा मदेशी साथीरू एक दुई जना मात्र छन् । तर उनीरूलाई जस्तै हामीलाई झन कठीन भएको छ । घाम चर्किदै छ । साथीरूले पसिना पुछ्दै छन् । हामी सबैको आंखा अगाडि अत्यासलाग्दो यात्रा कुदिरहेको छ । जीवनलाई मृत्युले पछिबाट लखेटिरहेको अनुभूति हुन्छ ।
हामी देउखुरी दक्षिणको चुरे श्रृंखला छिचोल्दै छौं । चुरेको दक्षिणकाखमा फैलिएको घना जंगलको बीचोबीचबाट भारततिर हुत्तिएको खोलाको किनारामा ६ नं. पोष्ट छ । यो हाम्रो आश्रय हो । साथीरू आउने जाने भैरहन्छ । पोष्टमा बस्ने साथीरू भने आउने साथीको सहयोग र सेवामा निरन्तर निरन्तर खटिरहनुभएको छ । नयाँ नयाँ साथीरू आउंछन्, सांझ बास बस्छन् अर्को दिन कतिपय उकालो लाग्छन् कति भारततिर जान्छन् । घाइते बिरामी दुईचार दिन बस्छन् ।
सेवा र सहयोग निस्काम छ । सबै मिलेर महान् अभिष्ट प्राप्तिकालागि संगै बांच्ने र संगै मर्ने कसम खाएर काममा डटेका छन् । हार्दिकता उत्तिनै छ । हार्दिकताभित्र कुनै तुच्छ व्यक्तिगत स्वार्थ छैन । यो वर्गीय हार्दिकता हो । त्यसैले स्निग्ध र पवित्र छ ।
सबैको पिठ्युंमा झोला छ । उकालोको सहारा हातमा एउटा एउटा लठ्ठी छ । लक्ष्य एउटै, अभिष्ट एउटै, गन्तव्य एउटै, बाटो एउटै छ यो टिमको । त्यसैे यात्रा रमाइलो छ, रसिक र सहासिक पनि । मर्न आंट गर्नेमात्रै यो यात्रामा लामबद्ध हुन आइपुगेका छन् । तर यो टिम वित्थामा मर्न भने अवश्य हिंडेको होइन । उसले अजंगका पहाड छिचोल्नु छ । चुरेभित्रको समथर पार गरेर महाभारत हुंदै सफलताको सगरमाथा चुम्नु छ । विश्वमा उथलपुथल ल्यउनु छ । नेपाल र नेपालीको अनुहार फेर्नु छ । त्यसैले हाम्रो टिम एउटा महान् यात्रामा अगाडि बढेको छ । निरन्तर बढ्ने छ । तर यसपटक भने आधार सिविर सम्म पुग्नु छ ।
हामी मध्ये कति अर्को पोष्टबाट र्फकदैछन् । हामीलाई थाहा छैन कति गन्तव्यसम्म पुग्छन्, कति बाटैमा थाकेर फर्किन्छन् र कति जंगलमा बाटो बिराएर अलपत्र पर्छन् वा दुश्मनको फेला परेर कहिल्यै नफर्किने गरी उतै छाडिन्छन् । यो हामी सबैलाई थाहा छ तर हामी के हुन्छौं भन्ने अहिले कसैले भन्न सक्दैन ।
एउटा लम्बे यात्रा छ, एउटा यात्री छ र उसित एउटा झोला छ । यात्री छ र त उ सित झोला छ । यात्रीको झोलासित अभिन्न सम्बन्ध छ । झोलाभित्र सामलतुमल छ । एकजोर फेरफार गर्ने कपडा, टर्चलाईट, गम्छा, दारिकाट्ने सामान, दांतमाझ्ने बु्रस, मन्जन, लुंगी च्यादर, एउटा डायरी एक दुईवटा किताव यस्तै यस्तै खत्र्याकखुत्रुक सामानले झोला भरिएको छ । सेनाकासाथीरूसंग थप एउटा स्लिपिङ व्याग र कतिपयसित पानीको तुमलेट वा प्लाष्टिकको वोतलसम्म हुनसक्छ । अतितलाई कैदगर्न कतिपय साथीहरूले गच्छे हनुसारको क्यामरापनि बोकेका छन् । बस् यति नै झोलाको पेटभित्र अट्ने चिजहुन ।
एकदुई लर्कन उकालो चढेपछि तातो हावाको थिचाईको भार कम भएर होला अलि सितलो जस्तो महसुस हुंदैछ । तर पनि अब साथीरूको शरीर गल्न थालको छ । यसो छहारी भेटियो भने एकदुई मिनट सुस्ताउने र पसिना पुछ्दै उकालो उक्लिदै छ । एकपछि अर्को पहाड छिचोल्दै कतै उकालो कतै तेश्रो कतै ओरालो पछि फेरि उकालो चढ्दै आखिर चुरेको चुचुरोमा पुगियो । अब त्यहाँभन्दा मािथ जाने टाउँ छैन । चुचुरोमै भएपनि सालको तातो हाप आईरहेको छ ।
केहीबेर चुचुरोमा सबै विसाई फेरियो । छहारी खोज्दै यत्रतत्र छरिएर साथीरू टक्र्याक टुक्रक बसे । यात्रामा अगाडि पछाडि हुन्छ । अगाडि लागेको साथी निकै अगाडि पुगेको हुन्छ । पछिको निकै पछि नै । बिसौनीमा अगाडि पुगेकोले पछि आउने साथीलाई पर्खिनु पर्छ । एकपटक सबै एकै टाउँमा भए पछि फेरि यात्रा सुरु हुन्छ ।
बिसौनीमा सबैले झोला बिसाए । झोलाको चौकिदार लौरो नजिकै राखेर साथीरू वरपर बसेर गफसफ गर्दैछन् । एकपटक मैले सबै साथरूकिा झोला हेरें । झोलाको इतिहास र कथा व्यथा सम्झन थाले । झोला यात्राको जीवन साथी हो । झोला वेगर यात्रा सम्भव छैन ।
म सानै छंदा बनारसको यात्रामा निस्कनु थियो । बिहान सबेरै साइत जुरेको थियो । बाटाखर्चका लागि ऋणसापटका लागि बा नौ टाउँमा हात पसारेर रित्तै र्फकनु भयो । ‘भोलिबिहान राम्रो साइत छ, पाइतो सार्नु पर्यो । बाटाखर्च अलि थोरै छ दिनभरिमा राम्रा कसो नपाइएला र । भोलिबिहानै झोला पर ठूलापाटा लगेर बस्नु म आउंछु ।’ बाले यसै भन्नुभयो ।
मैले खिन्न मनसहित झोला बोकेर साइत गरे । पहिलो परदेश यात्रा बाटाखर्चले एकदिन ढिलाभयो । विपन्न दिलभित्र हुनेखानेप्रति एउटा अव्यक्त आक्रोस, विरोध र घृणाको जरुवा एकथोपा आंशु बनेर पोखियो । बिहान झिसमिसेमा झोला बोकेर आमालाईृ प्रणाम गरेर निस्किए । बा पहिले नै बाटाखर्चको खोजीमा निस्किसक्नुभएको थियो ।
करिब आधा शताब्दी भएछ मैले झोला बोक्न थालेको । आज सबै साथीका झोलाले इतिहासका धेरै पत्र पल्टायो र घटनालाई स्मरण गरायो । साथीरूका प्रत्येक झोलाको भित्र मेराजस्तै अनेक कथाको पत्रैपत्र होला भन्ने लाग्यो । एकएक गरेर झोला नियाले र झोला बोक्ने साथीको अनुहार । हामीले हाम्रो जीवनकालमा यसैप्रकारका हण्डरको महाभारत झोलामा बोकेर नयाँ पुस्तालाई मुक्त गर्न साइत गरेजस्तो लाग्यो । म टोलाए, झोलाको कथा र व्यथा सम्झेर । म आफै भित्र हराए झोलाको इतिवृतान्त सुनेर । मलाई झोलाले हेरिरहेछ र भनिरहेछ- ‘खबरदार मलाई छोडेर जालास’ । मैले संसार भुलेर झोलाको इतिवृतान्त भित्र छिरें ।
मैले विसौनीबाटा झोला टिपेर लुरुलुरु हिंडे । यात्रामा पछि हिंड्न मनले मान्दैन । पछि लतारिन मन लाग्दैन । त्यसैले हतारै गरेरै भएपनि अलिकति बाटो काट्ने नै बेस भनेर दुई पाइला अलि परै लगेर झोला राखेर एकदुई पाइला फर्केर साथीरू सित रमाउंछु । हिडनेवेला हत्तपत्त अगाडि लागिहाल्छु र अगाडिको अगाडिनै हुन्छु । हाम्रो यात्रा रमाइलो छ ।
मसित एउटा झोला छ, मेरो प्यारो झोला । मेरो झोला छ त्यसैले मेरो जीवन छ । मेरो जीवन छ त्यसैले मेरो झोला पनि छ । मेरो झोलासितको सम्बन्ध निकै पुरानो छ । मेरो झोलाभित्र खत्र्याक खुत्रुक सामलतुमल छ । त्यतिमात्र होइन झोलाभित्र मेरो भावना छ र त्यो भन्दा पनि महत्वपूर्ण कुरा विचार छ । विचार, भावना र सामलतुमल भरेको मेरो झोलासितको नाता गहिरो छ ।
मेरा झोला केवल झोला मात्र होइन । खोज्दै जांदा यसत्रभित्र मेरो परिवार छ, समाज छ, मेरो देश र संसार छ । मेरा झोलाभित्र आज मैले सुन्दर भविष्य देखें, लामो इतिहास र कर्मठ वर्तमान पनि ।
एउटा महासागर जीवनको । महासमरमा पौडिखेल्न पसेका हामी यात्रीरू । जीवन पौडीमात्र होइन र हुनुहुंदैन । जीवनको समुद्र पार गर्ने सानो जहाज पनि मेरो झोलाभित्र अटेको छ ।
झोलाको नालिबेली खोज्नेतिर एकैछिन यसो घोरिएको मन निकै पर मानवसभ्यताको विकास सुरुआत भन्दा पनि मानिसको जंगली युग भन्दा पनि परसम्म पुगेछ । इतिहासले सुम्पेका किसिम किसिमका झोला अलिकति इन्द्रेणी रंगमा रातो थपेर मलाई पठाइदिएको झोला पूर्खाले । इतिहासले सुम्पेको जिम्मेवारी राखेर उपहार दिएको मेरो झोला । मेरा जीवन भन्दा पनि कति हो कति प्यारो छ । यो झोला कवेल मानिसकले बोकेको झोला, इतिहासले सुम्पेको झोला, दानवबाट खोसिएको झोला, त्यसैले यो केवल झोला मात्र होइन एउटा दर्शन हो, एउटा सिद्धान्त र राजनीति हो । यी सबैको समिश्रण झोलाको घोल पनि यसैभित्र छ ।
गन्तव्यबिहिन यात्री बनारस पुग्यो । घर्मशालामा झोला बिसाएर न्यानो राप ताप्न बनारसका गल्ली चहार्न थाल्यो । रकमरकमका संगीहरू भेटिए । तर आखिर मेरो झोलामा कमरेड पुष्पलालले केही टुनामुमा गरेर पठाएछन् । फर्केर कुन्छाको उकालोमा बेलको रुखमुनि सुस्ताएर झोला खोल्दा केही पर्चा र रातापुस्तकरू भेटिए । उपहार पाएका किताबले मलाई जीवनपर्यन्त प्रेरणा दियो । आज पनि म मेरो अभिष्ठका लागि हिंडेको छु । मेरो पिठ्यौंमा बोकेको झोलाभित्रको त्यो उपहारले मलाई अगाडि बढ्न ताकत दिइरहेको छ । मेरो जीवनको कमाई र गौरब यही हो ।
हिजो मलाई झोले भनेर आंखा तर्नेहरू लाचार छाया बनेर आँखा अगािड नाचिरहेका छन् । उनीरूको निर्वस्त्र नाच हेरेर मलाई औधी रमाइलो लागेको छ । मेरो झोलालाई नास्तिक भनेर छोइछिटो गर्ने पाखण्डीहरू पश्चातापको भुंग्रोमा पिल्सिएको देखेर दया लागेको छ । मेरा झोलाको रिस गर्नेहरू रोइकराई बांचेका छन् । रोएर बांच्ने र हांसीहांसी मर्नेको जीवनको मूल्यबीच आकाशजमिनको अन्तर छ ।
मेरो झोलाभित्र हांसीहांसी मर्नेको जीवन छ, एउटा युग र इतिहास छ । मेरो जीवनको झोलाभित्र सामाजिक अगुवाको झोला, समाजसेवीको झोला र राजनीतिको झोला पनि अटेको छ । अध्यारोमा बोकेको झोला उज्यालोमा भिरेको झोलाको आआफ्नै इतिहास र महत्व छ ।
गोरखनाथ मन्दिर पूर्वको मुसलमान वस्ती संधै घरेलु तानलाई संसार बनाएर रमाएको एउटा श्रमिको संसार छ । त्यही परिवेशभित्रको कार्यालयमा मैले ०४२ सालमा एकपटक झोला बिसाएको थिए । मेरो झोला खुल्ाा र पारदर्शी छ । चाहनेले खानतलासी लिएको छ । जीवनलाई मैले कहिले पनि बाकसभित्र कैद गर्न रुचाइन । मसंग तालाचावी कहिले रहेन । म मेरो कमजोरी हो वा इमान्दारी, मलाई थाहा छैन तर जीवनलाई कृतिम र पाखण्डो कोठाभित्र कैद गर्नुभन्दा सबैका लागि कोराकागज बनिदिनु राम्रो लाग्छ । मैले जीवनको लामो कालखण्ड त्यहाँ बिताए । मलाई पश्चाताप पटक्कै छैन । मेरो चेतनाको सीमाभित्र रहेर मैले जे गरें ठीकै गरें जस्तो लाग्छ । बेठीक ठान्दाको दिन आत्मनिर्णयको अधिकार प्रयोग गर्न पछि परिएन ।
मेरो झोलाको अतित बांगोटिंगो र उतारचढावयुक्त छ । अतितको स्मरणले दिनभरिको यात्रालाई निकै छोटाएछ । राप्तीको किनारमा पसगेको थाहै भएन । झम्के साँझमा राप्तीको किनारामा उभेर हामी माझीको प्रतीक्षामा छौं । मन हड्वडाइरहेको छ । राप्तीपारीको एउटा अजंगको त्रास पहाडै बनेर उभिएको छ । हामी दुश्मनको एरियामा प्रवेश गर्दैछौं । राजमार्ग काटेर जंगलमा नहराउंदासम्म हामी सबैको मनमा त्रास सवार भएको छ ।
मृत्युवरण गर्न संकल्प गरेर हिंडेको मानिस किन यति विधि डराएको होला ? एकपटक आफैले प्रश्न गरेर उत्तर खोज्न थालियो । योजनामा मर्न मानिस गौरब गर्छ । अगाडि छातिमा गोली थापेर मर्ने बहादुरको बीरगाथा संसारले गाउंछ । पछिबाट गोली लगेर ढल्नु भन्दा पीडा अरु केही हुंदैन ।े कतै हामी मूल्यहिन मृत्युको मुखमा पर्ने त होइनौं भन्ने चिन्ता मात्रै थियो बस् ।
हाम्रो यात्रा यस्तैयस्तै हजारौं घटनाको अनुभव संगालेर अहिलेसम्म अगाडि बढिरहेको छ । तर अझै यात्रा पुरा भएको छैन र मेरो पिठ्यौंको झोला बिसाउने अवसर मिलेको छैन । जीवनपर्यन्त मैले झोला बिसाउन अब सक्दिन । झोला र मेरो सम्बन्ध यतिप्रगाढ भएको छ कि मैले त्यसलावई छोडेर पनि छोडिदैन ।
मेरो सम्मानित संसार मेरा अनन्य सहयोगी र जीवनसाथी एउटै झोला हो । यसभित्र समृद्ध अनुभव छ, महान् विचार र प्रौढ र परिपक्क मार्गचित्र छ । बाटो बिराएर जंगलमा अलपत्र पर्दा खबरदारी गर्ने संयन्त्र छ र दुखमा साथ दिने सहयात्री छ । झोला मेरो सहयोद्धा हो । मेरो साथमा एउटा सानो झोला छ । यसमा भूत वर्तमान र भविष्य छ । मेरो सानो संसार, मेरो जीवन । मेरो प्यारो झोला ।
दुईवर्षदेखि मेरो झोलामा सिंगो संविधानसभा मात्रै छिरेन एउटा कालखण्डको इतिहास पनि अटेको छ । केही किताब, केही विवेह, केही पारख र त्यसलाई मूर्त गर्ने एउटा लेखनी डायरी बस मेरो झोलाभित्र अहिले यतिमात्रै छ ।
गोंगबु आवासक्षेत्र, काठमाडौं
गरिमा, कात्तिक २०६७ मा प्रकाशित
Comment Here