सूदखोरको भूत


सूदखोरको भूत

सेती महाकाली कार्य क्षेत्र पर्‍यो । कंचनुपर बाट छिर्ने योजना बन्यो । भारतीय सीमा क्षेत्रको घना जंगलको वीचोवीचवाट साइकलमा कमलाई भगाइदै थियो । सिमा काटने बेला सइकल कसोकसो काठको ठूटोमा ठोकिन पुग्यो । म लडे । देब्रे हात भाँचिए छ । जसोतसो झम्के साँझमा ठेगानमात पुगियो तर भचिएको हात झन भन्दा झन दुखेर हैरान कटायो । भाँचिएको हात लिएर करिव एक महिना कार्यक्षेत्रमा विताए । झन पछि झन पीडा भयो । डोटीको दुर्गम गाउँमा बैठक र प्रक्षिण चलाएर उपचारकोलगि तल झरें । हात बिग्री सकेको रहेछ पुरा निकोहुन करिव तीन महिना लाग्यो । त्यो समयमा शरदचन्द्र, टैगोर, प्रेम चन्द, राहुल साँकृत्यायन समेतलाई पढे ।

साहित्य केवल वस्तु घटना समाज, पात्र, चरित्र वा भिन्न भिन्न मनो विज्ञानको सजीव चित्र प्रस्तुत गर्ने कलाकारीता मात्रै होइन रहेछ । सफल साहित्यको गर्भभित्र विगतको सामाजिक इतिहास सुरक्षित र संरक्षित हुनुका साथै भावि इतिहासको मार्गचित्र पनि हुँदो रहेछ भन्ने कुरा उपन्यासको अध्ययन पछि अनुभूती भयो । साहित्य त्यसै कारण साहित्य मात्रैरहेनछ, त्यो न इतिहास, राजनीति र समाजशास्त्रको अथाह भण्डार रहेछ । सफल साहित्यकार केवल साहित्य साधनाको लागि काल्पनिक संसारका काल्पनिक पात्र संग मात्रै खेल्दो रहेनछ, काल्पनिक पात्रमा जीवन दिन सक्दो रहेछ भन्ने मेरो पछिल्लो अनुभूति हो ।

श्रष्ठा युगका प्रतिनिधि र इतिहासका बाहक हुन् । श्रष्ठाको बिचारले समकालिन युगको इतिहासलाई सुन्दर ढंगले सिंगार्ने र संरछित गरेर आउने पिढीलाई गुन लगाउँछ । समकालिन समाजको इतिहासको अध्यन पनि अब्बल साहित्यभित्र सुरक्षित हुदो रहेछ । त्यसैल कला र साहित्य बुद्धिबिलास, समयको उपयोग र बिचारको पारखमात्रै होइन इतिहासको संरक्षक पनि हो ।

ताजिक भाषका अग्रणी उपन्यासकार सदरुद्दीन ऐनीका महत्त्वपूर्ण कृतिहरूमध्य लघु उपन्यास “सुदखोरको मृत्यु” पनि एक हो । हिन्दी साहित्यका महापण्डित राहुल साँकृत्यायनले ऐनीका “दाखुन्दा”, “अनाथ”, “अदिना” समेतका कृतीहरू हिन्दीमा अनुवनद गरेका छन् । ऐनीका ती सबै कृती मेरो हातमा परेका छैनन् र अध्ययन गर्ने अवसर पाएको पनि छैन । राहुल द्वारा अनुदित सुदखोरकोभूत भन्ने लघुउपन्यास धैर्यतापूर्वक पढंे । त्यसले मलाई निकै प्रभावित पार्‍यो ।

उपन्यासको मुख्य पात्र इस्कब्वा हो । त्यो पात्र केवल काल्पनिक पात्र मात्रै नभएर रुसी समाजको सजीव खुंखार सामन्त र बखमरम भन्ने ठाँउको मख्खीचुस सुदखोर हो । उसको सम्पूर्ण जीवन सुद खोरीमा वितेको छ । उसले अरुको लुट्न जित जानेको छ, आÏनो चुन्नाम नगुमोस् भन्नेमा पनि त्यतिकै सतर्क छ । सुदखोरी बाट अथाह संपत्ती कमायो । धेरैको धरवारी उठायो । धेरैलाई ढाँट्यो, झूक्क्ययो, बनिवास लगायो र आर्थिक रुपले सम्पन्न भयो । तर मानसिक रुपले कहिले पनि समपन्न हुन सकेन । संतोषको सास फेर्न एकक्षण पनिपाएन । संधै अषंन्तो, सधै छटपटी, संधै लोभ पाप पैसाकालागि । भौतिक रुपले इस्कब्बा निकै सम्पन्न भैसकेको छ तर विचरा मानसिकरुपले संधै दरिद्रको दरिद्रै भएर मर्‍यो ।

भैतिक धन, दौलत र अथाह सम्पत्ति आर्जन गर्दैमा मानिस धनी हुदो रहेन छ । मानसिक दरिद्र संधै गरीव विपन्न र दरिद्र भएरै मर्दो रहेछ भन्ने कुरा उपन्यासको कथा वस्तुले बताउँछ । इस्कव्वाको ऋण खानेहरूले ब्याज र व्याजको स्वाज दिएर सुख पाउदैनथे उसलाई “आश” -खाना) पनि ख्वाउनु पथ्र्यो । एक छाक आशकालागि दिनभरी लगाएर पनि जाने वानी परेको थियो । खाने कुरा जहाँ देखे पनि टपक्क टिपेर मुखमा हालि दिन्थ्यो तर त्यसको पैसा तिर्न कहिले जानेेन । उसले यती धेरैकमाउदै गायो कि आखिर ब्याजे लिने असामी पाउनै छाड्यो र बंैकमा थोरै ब्याजमा भए पनि चित्त बुझउन बिबस भयो । उसका दुई श्रीमती थिए । छोराछोरीहरू भने थिएनन । घर परिवार गरीवी र दरिद्रतामा बाँचेका थिए ।

मेरो गाउँमा इस्कव्वा जस्तै एकजना जीवित पात्र थिए । सुदखोरकोभूत पढेपछि मलाई औधी घत पर्‍यो । मेरो गाउँ र सोवियतरुस धेरै टाढा छ । तर यी दुई पात्रको चरित्रमा यती धेरै समानता कसरिहुन पुग्यो ? समाज बिकासको क्रममा समान सामन्ती सम्बन्ध भएका समाजका यी प्रतिनिधि पात्र हुन् । मेरा अर्का छिमेकी पात्र को जीवन चरित्र वाय वच्चाको सित मिल्छ । झूटो गवाह जुटाउने, घुसपेसगर्ने गाउँलेहरुको उठिबास लगाउन उनी खप्पिस थिए । मेरा गाउँले यीदुई पात्रको चरित्र र हरेक व्यबबहार इस्कव्वा र वायवच्चा सित ठ्याक्कै मिलेको छ ।

रुसमा बोल्सेवीक क्रान्ति सम्पन्न भयो । बोल्सेवीक पार्टीले बैंक राष्ट्रियकरण गर्ने निणर्य गर्‍यो । यो खवर सुनेपछि सुदखोर कारी इस्कब्बाको मृत्यु भयो । केवल इस्कब्ब्ाा के मात्रै मत्यु भएन पुरानो सुदखोरी प्रथाकै अन्त भयो ।

उपन्यासको अर्को पृष्टमा वाय बाच्चाको जीवन चरित्र चित्रित छ । उसले केही ऋृण दिएर ऋृणिलाई वधुवा मजदूर मात्रै बनाउदैन उसंग भएको सम्पूर्ण जायजेथा हात पार्न उसको मृत्युपछि त्यो मजदूरले दुइहजार ऋृण लिएको भनने झूटो फिराद पत्र काजीकला -न्यायाधीश) समक्ष पेस गर्छ । २४ माइल टाढाको गाँउको सामन्तलाई पत्र लेखेर झूटो गवाहका लागि २ जना साक्षी मगाउँछ । रुसी समाजमा त्योवेला सामन्तहरूले केही पैसा दिएर पेशेवर झुट गवाह तयार गर्ने चलन थियो । तालिम प्रप्त पेशेवर झूट गवाह को मुख्यकाम पैसा लिएर झुूट वकपत्र गर्नु हुन्थ्यो । “काजी कलाँ” -न्यायधीस ) पनि त्यस्तै पेसेवर धुस्याहा छ । साहु सामन्त र न्यायाधीशको गहिरो साँठगाँठ । न्यायालयले कहिले पनि गरीव जनताको पक्षमा न्याय दिन जानेको छैन । “काजी कलाँ” ले वाय बच्चाको नाममा फैसला गरेर एक एक गरी सबै परिवारको उठिवास लगाउछ । उपन्यासामा जारकालिन समाजको सामाजिक अवस्था, न्याय प्रणली र जनजीवनको सजीव चित्र पाइन्छ जुन लेपाली समाज सित ठ्याक्कै मिल्छ ।

मैले यहाँ नसरुद्दीन ऐनीको लघु उपन्यास “सुदखोरीके मृत्यु” को समीक्ष गर्ने धृयता गर्न खोजेको होइन, किन कि म संग त्यो ताकत छैन । उपन्यासको अध्ययन पछि त्यस भित्र मैले के देखे भन्ने कुरा खुलासा गर्न खोजेको हुँ । मैले जेदेखे र उपन्यास भित्र जे पाए त्यो सबै मेरो लेखनी खुलासा गर्न सक्ला ? भित्री आँखाले थुप्रैकुरा देख्छ, कतिपय समयमा कुनाकाप्चा सम्म पुग्न सक्छ तर भित्री आँखाले देखेको र छामेको मर्मलाई कलात्मक रुपले बाहिर प्रकटगर्न असाध्यगाह्रो पर्छ । मलाई लाग्छ म साहित्यकार कलाकार होईन । साहित्य साधना पनि भएन । त्यसैले मलाई एउटा कोठाको सजीव चित्रखिच्न कसैले भन्छ भने गाह्रो पर्छ । कलाकारले कुची र रंगले सजिलै देखाउन सकछ तर कला विहिन रुखो कलमले साहित्यको भित्री मर्म र भाव लाई समेट्न कति सम्भव होला ? तर पनि मेरो कर्तव्य कोशिस गर्नु हो र उपन्यासको समग्र पाटो भन्दा पनि मूल पात्र र त्यसको प्रबृत्त्ाि वारे जानकारिगराउनु मेरोकर्तब्यहो।

समकालिन साहित्यको सृजना समकालिन संरचनाको श्रष्ठाको दिमागमा प्रतिविम्वित बस्तुगत वास्तविकताको लिखित मूर्तिकरण हो । काल्पनिक पात्र र वनावटी विषय वस्तु मलाई कहिले पनि मन परेन । साहित्य सृजनाको नाममा काल्पनिक र वनावटी संसारको निर्माण गर्ने श्रष्ठाहरू पनि थुप्रै छन् । तर ताजकी उपन्यासकार नसरुद्दिनका पात्र र विषयवस्तु वनावटी लागेन । कलमको सफलता त्यसवेला मात्रै सम्भव हुन्छ , जव काल्पनिक पात्र सजीव बन्छ , समाजको चित्र दुरुस्त देखा पर्छ र विज्ञन र कलालाई कलम द्वारा समायोजन गनर्न सफल रहन्छ । “सुदखोरको मृत्यु”मा कला छ , सच्चाई छ, समाजको वस्तुगत वास्तविकता चित्रित छ र विज्ञा छ । काजकिस्थानको बुखारा भन्ने एउटा सानो ठाउँको परिवेसलाई केन्दमानेर लेखिएको उपन्यासको समग्र विषय वस्तु सार्वभौम र विश्वव्यापी वनेकोकुरा ऐनीले लेख्नेवेलामा थाहापाए होलान् ? उपन्यासको कथा वस्तु र पात्र दुवै सार्वभौम वने ।

लेखक कारी इस्कम्वाको नजिक पुग्न प्रयत्न गर्दछन् र सफल हुन्छन् । त्यसैले लेखकले कारी चाचा भनेर सम्वोधन गरेका छन् र मैले पनि कारी चाचा लेख्न सजिलोमानेको छु । कारी चाचाको स्थुल भौतिक शरीरलाई अक्टोवर समाजवादी क्रान्तिले बढारेर लग्यो । कारी चाचाको पुरानो सामाजिक , आर्थिक, राजनैतिक संरचनालाई पनि संगै बढारेर लग्यो तर समाज बाट कारी चाचाको प्रवृत्ति बढारिएन, कारीचाचाका दर्सन्तानहरू वढारिएनन् । कारी चाचा अपुतो थिए तर कारीचाचाका सन्तानहरू भित्रभित्रै यति औधी फैलिएका छन्कि नब्बेको दशकमापुग्दा रुसमा फेरि सत्तारुढ हुनपुगे । अहिले कारी चाचा र बयबच्चाका दर्शन्तानहरू केवल काजकिस्थानमा मात्र होइन, केवल रुसमा मात्रैहोइन विश्वव्यापीरुपमा फैलिएका छन् । कारी चाचाले व्यक्ति व्यक्तिखोजेर ऋण दिन्थे, व्याज स्याज, र स्याजको पनि स्याजखान्थे । त्यतिले मात्र नपुगेर “आश” पनि खाइदिन्थे । बाय- बच्चा किर्तेजालसाजी गर्थे, गरीवको उठीवास लगाउन घुसपेस र झुटा साँछी जुटाउँथे । न्याय कानुन “काजीकला” संधै उनीहरूको हितमा काम गर्थे । कारी चाचा र बाय-बच्चाको शैली त्यसवेलाकै जस्तै अलि पुरानो, भद्दा, अविकसित र रुढीग्रस्त थियो । तर अहिले कारी चाचा र बाय-बच्चाका सन्तानहरू विकसित छन्, उनीहरूको शैली पनि उन्नत र विकसित छ । त्योवेला इस्कवाको ऋण व्यक्ती व्यक्तीका बीच प्रवाहित हुन्थ्यो । अहिले पूँजीको विकासले कारी चाचाका सन्तानहरू राष्ट्र राष्ट्र का बीच ऋण निवेस गरेर राष्ट्र राष्ट्र लाई उठीवास लगाउँदै छन् ।

वोल्सेविक क्रान्तिले कारीचाचाको कमाई राष्ट्रियकरण गर्‍यो र सूद लिनेदिने प्रणाली खारेज गर्‍यो । राजनैतिक परिवर्तनले मात्रै समाजमापुग्दो रहेनछ भन्ने कुरा पहिलो चोटिक चिनमा माओले थाहा पाए होलान सायद, वंश परम्परा देखि रगतको कणकणमा बसेको कारीचाचा प्रवृत्तिको कुहिगन्धलाई धोई पखालीगर्न चीनी समाजमा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सूरुआत गर्नुभएको थियो । माओको मृत्य पछि कारीचाचाका संतानहरू चीन आई पुगेछन् र त्यहाँ पनि अहिलेे बलियो पकड कायम गरेर वसेका छन् ।

राहुलले यो उपन्यसको अनुवाद ममसुरी यात्रामा गएको वेला नोवेम्बर १९५२ मा पुरा गर्नु भएको छ । भारतीय समाज सामन्ती उत्पीडन बाट आक्रन्त छ । भारतीय समाजमा पनि कारी चाचाका लाखौं सन्तान छन् । उनीहरूले जनतालाई सताएको महसुस भएर नै यो उपन्यास अनुवाद भएको देखिन्छ । अनुबादकको हैसियतले लेखिएको भूमिकामा राहुल भन्नु हुन्छ – “हाम्रो देशका अगाडि पनि यही समस्या विकराल रूपमा आज पनि यथावत छ । ” हामीले देखेका छौं बाय बच्चाका सन्ततीहरूले भारतीय जनताको रगत पसिना चुसिरहेका छन् र कारी चाचाले पनि जनतालाई तवाह पारेका छन् ।

समग्र दक्षिण एसियाका कारी चाचा र वायवच्चाका सन्तानका विरुद्ध अहिले हिमालयको देशबाट जनयुद्ध छेडिएको छ । वोल्सेविक क्रान्तिको सफलताले सूदखोर कारी चाचाको मृत्यु भएको थियो र आसन्न जनयुद्धले कारीचाचा र वायवच्चा सनतानहरूको अन्त हुने छ । तर क्रान्ति पछि रुसमा नयाँ रुप र नयाँ चेहराहरूमा देखापरेको कारीचाचाको भूत यहाँ पनि देखिदैन भन्न सकिदैन । त्यसैले कारीचाचा र वायवच्चाअरुको आर्थिक, राजनेतिक सत्ता ध्वस्त पारेर मात्रै पुग्दो रहेनछ, कारीको भूत खेल्ने अर्थ संसार र साँस्कृतिक सस्कारलाई पनि संगसगै ध्वम्स पार्न झन ठूलो युद्ध लड्नु पर्ने रहेछ भन्ने कुरा इतिहासको पछिल्लो चरण सम्मको अनुभवले प्रष्ट पारेको छ । “कारी इस्कम्वा मरे । एउटा सुदखोरको मृत्यु भयो,” तर इस्कम्वका संतान फैलिए । सुदखोरको भूत जाग्यो ।

२ मंसिर ०५९

भंगेल, उत्तर प्रदेश