‘हात खाली नराखे मुख खाली रहन्न’


‘हात खाली नराखे मुख खाली रहन्न’

श्रमका दुई पङ्ख फिंजाएर कावा खाँदै लेक-बेसी, पाखा-पखेरा र पहाड-जङ्गलको सैर गर्दै कुटोकोदालो खेतबारीमा कुदाएर सुन फलाउने धर्तीपुत्रका जीवनअनुभव र भनाइहरू महावाणी हुनसक्छ कि सक्दैन भन्ने प्रश्नले मेरो दिलदिमागमा तरङ्ग पैदा गरेको छ । चिङ्काङ, येनान, नानकिङ्का किसानहरूका कथा सुनाइन्छ । पहाड पल्टाउने बूढो मान्छेको कथा पनि आदर्श मानेर सुनाइन्छ । ‘गाउँका गरीब किसानलाई’ भन्ने लेनिनको लेखमाला किसानहरूबीच प्रशिक्षणको मुख्य विषय बन्छ । तर विडम्बना हामी कृषि प्रधान देशका किसानका छोराछोरीहरू लाखौं वर्षदेखि हाम्रा पुर्खाको रगतपसिनाले सिँचेको धर्ती, श्रमले सिँगारेको मातृभूमि के हाम्रो आदर्शर् हैन ? के वीरता र महानताका कीर्तिमान पुर्खाले आर्जेनन् ? के हाम्रा आफ्नै गाउँ खाने कथा, व्यथा र किसानको श्रमले आर्जेका आदर्श र अनुभव जीवित छैनन् ?

हामी कृतध्न बनेछौं क्यारे गौरबगाथाले भरपुर इतिहास प्रति । हाम्रै घरछिमेकको यथार्थता, आस्था र गौरबलाई मर्लक्कै भुलेछौं, अज्ञानी र अन्धो बनेछौं । छालाको आँखाको कुरा नगरौं मनको आँखाले पनि नजिकैको वस्तु देख्न छाडेछौं । उ पर डाँडा पारीको, सीमापारिको र झन समुद्र पारीको अरुले पैठारी गरेको कथा सुनेर रमाउने बानी परेछ हामीलाई । हाम्रो बानी बिग्रेछ, त्यसैले हामी हाम्रै देशको मर्म छाम्न विर्सिएछौं, आफ्नै धर्तीले लगाएको लाखलाख गुन बिर्सने अज्ञानी भएछौं । त्यो सुन्दर हरियाली, लहलहउँदा धानका फाँटहरू, झर्ना र पाखापखेरामा पंक्षीहरूको कलरव, मलमलले ढाकेका अनन्त हिमश्र◊लाहरू देख्न छाडेछौं । हाम्रा आँखा बिग्रे विदेशमा बनेका चश्माले, हाम्रा कानहरू बिग्रे ध्वनि प्रदूषणका कृतिम तरंगले ।

के हाम्रा आफ्नै आदर्श छैनन् ? के हामी कहाँ पहाड पल्टाउने मूर्ख बूढो मान्छे जन्मेनन् ? हामी संसार खोज्न आकाशमा चहार्दा चहार्दै आफन्तलाई भुलिएछ, आफैलाई भुलिएछ र आफै आदर्शलाई भुलिएछ । आफूलाई बुद्ध, क्राइस्ट, माक्र्स, लेनिन, माओ र गान्धीहरूको पंक्तिमा उभ्याउन खोज्दा आँफै हराएको, आँफै डुवेको आँफै मेटिएको थाहै भएन ।

एकाबिहानै मकान मालिकको बरण्डामा बसेर यस्तै यस्तै सोच्दासोच्दै मेरो अज्ञानी दिमागमा अर्को एउटा प्रश्नले गौडो थाप्यो । राजामहाराजाले बोलेको महान्वाणी हुन्छ, त्यो अपराधी र पापी नै भए पनि । नेता र महापुरुषका भनाइहरू आदर्श वाक्य र उद्धरण बन्दछन् । तर संसार बनाउने श्रमिक मजदुर किसानका भनाई कहिले पनि नत महान्वाणी बने नत उदिृत उक्ति नै ।

हामी ईश्वरको पूजा गर्ने मानिस, राजालाई विष्णुको अवतार मानेर पूजा गर्ने पुर्खाका सन्तान देववाणी र महावाणीलाई ब्रहमवाक्य मान्न सिकाइएको छहाम्रो परम्पराले, हाम्रो संस्कार र सस्ंकृतिले । हामी परम्पराका पूजारी, इतिहासले फ्याँकीसकेका बसी विरासत बोकेर बाँचेका छौं, वाँच्न बाध्य पारिएका छौं । त्यसैले होला सायद हामीले हाम्रो कामको थालनी गर्दा थकालीलाई उनका आदर्शवाक्यलाई शिरमा स्थापना गरेर श्रीगणेश गर्नु परेको छ ।

इतिहास राजा महाराजा र वीर पुरुषको मात्र होइन संसार बनाउने श्रमिकहरूको लेखिनु र श्रमिक वर्ग स्वयंले लेख्न पाउनु पर्छ । इतिहास जितनेको मात्र होइन, हार्नेको पनि लेखिनु पर्छ । पेरिस कम्युनका पराजित विद्रोही मजदुरको इतिहास सुरक्षित हुनुपर्छ, च्याङ्चिङ्, चाङ् चिङ चाओहरूको पनि इतिहास कोरिनु पर्छ । इतिहास उल्टिनु पर्छ, इतिहासलाई उल्टाउनु पर्छ । इतिहास माथि अन्याय भएको छ, सच्चाउनु पर्छ । इतिहास शासक र शोषकको होइन शोषित र शाषितको हुनुपर्छ । अन्यायका विरुद्ध विद्रोह गर्नेको पनि हुनुपर्छ । इतिहास बाली भित्रयाउने मालिकको मात्र होइन बाली उब्जाउने किसानको पनि हुनुपर्छ ।

हाम्रो देशमा, हाम्रो समाज र परिवारमा विद्या र वैभवले विपन्न भए पनि विचारका धनी, मनका धनी, कर्मवीरको कमी छैन । त्यस्तै एक पहाड पल्टाउने मुर्ख बुढो मान्छे जस्तै किसानको ‘हात खाली नराखे मुख खाली रहन्न’ भन्ने भनाइले विछट्टै प्रभाव पार्‍यो ।

‘हात खाली नराखे मुख खाली रहन्न’ यो भनाई कुनै महापुरुषको अमरवाणी होइन नत कुनै साहित्यकार कलाकार वा कविको उदृत उक्ति नै । यो भनाई एकजना गाउले निरक्षर तर कार्यवीर धर्तीपुत्र किसानको हो । शाब्दिक र रुप पक्षले त्यति ठूलो मह९व राख्दैन । तर त्यसलाई सम्वन्धित व्यक्तिको जीवन इतिवृत संग गासेर हेर्ने हो भने त्यसले ठूलो अर्थ र मह९व राख्छ ।

वयासी वसन्त पार गरेका, जिर्ण शरीर पटपटी फूटेका खुट्टा, चाउरी परेको अनुहार, ठेला परेका हातले पिढीमा वसेर सेखु वुन्द,ै चुए तान्दै, मस्काउदै, वरिपरी वसेका नाती नातिना संग कुरा गर्दे र परिवारका अन्य सदस्यलाई सुनाउदै एक वृद्ध तर अनुभव र विचारका समृद्ध व्यक्तिले भनेको भनाई हो । अरुका लागि यो सामान्य भनाई मात्र हुन सक्छ सुन्नेले कसरी ग्रहण गर्दछ उसैमा भर पर्छ तर मेरा लागि भने यो अमरवाणी हो । मेरो जीवनमा यो भनाइले ठूलो पे्ररणा दिएको छ र ती बृद्धको जीवन चरित्रले धैर्य, संयम र श्रममा रमाउन निकै ठूलो प्रेरणा दिएको छ । जीवनमा सवभन्दा ठूलो दुःख कष्टको पहाड पल्टाउदै, साहु सामन्त बाट ठगिदै, लखेटिदै तर आजीवन श्रममा रमाउदै वयासी वसन्त पार गरेर पनि उत्तिकै सक्रिय दिनचर्या कायम गर्दे आउनु आएका ती बृद्ध दयाका खानि थिए । छलपटक कहिलै जानेनन् सोझोमा कहलाएका, अरुको सहयोगमा संधै तत्पर र हुने तर काम नगरी एकछिन वस्न नसक्ने उनको स्वभाव हो ।

मैले ती बृद्धको दिनचर्चा नजिकै बाट अध्ययन गर्ने अवसर पाए । यो मेरो लागि गर्व र गौरवको विषय ठानेर आत्मसात गरेको छु । कुरा २०२४ साल असारको हो । असारको अन्तिम हप्ता, मौसमी वषर्ा शुरुमै सकेको थियो, रोपाइको माचो थियो, सबै मेलापात गएका थिए । हामी केटा केटीहरू घरमै थियौं । असिन्ंधारा पानी परेको थियो । पानीमा निथ्रुक्क भिज्दै ती बृदले घाँसको डोको वोकेर आए । पिढीको छेउमै डोको विसाएर सुस्केरा हाल्दै नाम्लो फुकाएर पालीमा टाँगी फाटेको ठुटे भोटो र मैलो कछाड फेरेर थरथर काँप्दै ठूलो पिँढीमा टुक्रुक्Sm बस्न पाएका थिएनन्, सानो पिँढीको कुनातिर राखिएको चोया झिकेर वलेनीको पानीमा भिजाउन खड्करीमा फाले ।

एक छिनपछि भिजेको चोया बटारेर रसी बनाई बासको भाटामा धनुष बनाएर रसीमा लगाई सेखु बुन्न थाले ।

“यो बुढेसकालमा पनि कति दुःख गर्नु पर्‍या होला ? एकछिन पनि हात खाली हुदैन् ? एकछिन त सुस्ताए पनि हुने” मैले प्याच्च भनें ।

“हात खाली नराखे मुख खाली रहन्न भन्छन् । काम त गर्नैपर्‍यो । कोदो रोप्दारोप्दै हिला पसिहाले । एकदुई दिन बासिबिदो परेको भए ओडा बनाइन्थ्यो होला । पोहोर साल बनाएका सबै लनखापाखा लागे । अहिले हात खाली भएको बेला सुरु गरेपछि तयार भैहाल्छ ।” खाँन सँाचे अरुलाई काम साँचे आफूलाई भन्छन् । यो पानीमा बाहिर निस्कन पनि सकिँदैन बसिबियालो गरौं भनेर”, अत्यन्तै सरल र सहज ढङ्गले बताए उनले ।

‘हात खाली नराखे मुख खाली रहँदैन’ यो भनाइले श्रमको उच्च सम्मान गर्छ । श्रमका लागि पे्ररणा दिन्छ, श्रममा समर्पण हुन सिकाउँछ र श्रम नै पूजा हो भन्ने भव्य र महानतम् सन्देश दिन्छ । ती वृद्धाले मर्ने दिनसम्म काम गर्न छोडेनन् । दसनङग्री खियायेर साहूको ऋण्िा तिरे छोरा नातीलाई अऋणी बनाए, परिवारलाई एक मानाको बन्दोबस्त गरिदिए । समाजमा सिधा र इमानदार भनेर परिचित भए, लोभ, लालच, लपन, छपन, रिस, ईष्र्या पटक्कै थिएन । नयाँ र नौलोपनको चेतना र विचारअनुसार पारख गर्न पछि परेनन् । खेतबारीको छेउछाउमा बाँस र घाँसका बोट लहरै रोपेका थिए । तीथर्, वतर्, नुन, वटौली गर्दा धान, मक,ै तरकारी फलफूलका नयाँ र उन्नत जातका विउ र बोट बिरुवा लगेर रोपिहाल्थे । कति मथर्,े कति हर्लकै वढ्थे । वर्षको एकपटक नेपाल -त्यो बेला काठमाडौं लाई नेपाल भनिन्थ्यो उनको गाउँमा) जान्थे नयाँनयाँ खबर र चीजहरू ल्याउँथंे । निरक्षर किसानमा हुने चेतना यस्तैयस्तै हो ।

‘हात खाली नराखे मुख खाली रहन्न’ भन्ने भनाइ गतिशील विज्ञानको नियममा आधारित छ । मानव जातिको चेतनाको विकासको इतिहास उसले हातलाई स्वतन्त्र बनाउन गरेको हजारौं वर्षको सङ्घर्षको इतिहाससँग जोडिएको छ । मानिस अरु जङ्गली जनावरबाट तब मात्रै भिन्न भएको छ, जब उसले आफ्ना दुवै हातलाई टेक्ने कामबाट मुक्त गरेको छ । ‘वानरबाट मानिसमा सङ्क्रमणमा श्रमको भूमिका’ भन्ने एंगेल्सको लेखमा दुई हातलाई स्वन्त्र बनाउन गरेको सङ्घर्षको महत्त्व दश्र्ााइएको छ ।

हात कामका लागि हो र काम गर्नका लागि हो । श्रमजीवि वर्गले हात बाँधेर बस्यो भने साँझ बिहान चुलो जल्दैन । सर्वहारावर्गको श्रमबाहेक आफ्नो भन्ने अरु केही छैन । त्यसैले साँझ बिहानको छाक टार्न मजदूर वर्गले हात चलाउनै पर्छ ।

‘हात खाली नराखे मुख खाली रहन्न’ भन्ने भनाइसित गहिरो वर्ग सम्बन्ध छ मजदुर बाँच्नकालागि सक्रिय हुन्छ । श्रमचोर र श्रमका शोषकहरू श्रमशोषणको धन्दामा सक्रिय हुन्छन् । मजदुरको श्रम शोषण गर्न मालिक झन् सक्रिय देखिन्छ । मजदुर र मालिकका बीचको सक्रियतामा कति ठूलो अन्तर छ ?

हात र मुखको सम्बन्ध पनि द्वन्द्वात्मक छ । मानिसलाई बाँच्नका लागि खानु पर्दछ । खाने काम मुखले गर्छ । खाना जुटाउने काम हातले गर्दछ । जुटाउने र पकाउने हातले गर्छ । बनेको खाना त्यसै मुखमा पर्दैन । खाना मुखमा पुर्‍याउने कामसमेत हातले नै गर्नुपर्दछ । त्यसैले हात र मुखको सम्बन्ध बिगि्रयो भने मानवजीवन नै बिगि्रन्छ । त्यसैले हात जीवन हो र जीवन नै श्रमिक हात । हात निष्त्रिmय भयो वा काम छाड्यो भने मुखमा माड लाग्दैन । त्यसैले ती वृद्धाले भनेको ‘हात खाली नराखे मुख खाली रहन्न’ भन्ने भनाइले अत्यन्तै ठूलो दार्शनिक र व्यावहारिक अर्थ राख्छ ।

हात र चेतनाका बीचको सम्बन्ध पनि द्वन्द्वात्मक छ । हात स्वतन्त्र भएपछि चेतनाको विकास तीव्र गतिमा भएको छ । चेतनाले हातलाई निर्देशित, नियन्त्रित, गतिशील बन्न प्रेरित गरेको छ । पौरखी हातले कुटोकोदालो मात्रै होइन प्रयोगशालामा टेष्ट ट्युब र अन्तरिक्ष यानको स्टेयरिङ पक्डेको छ । हातको अवमूल्यन गर्नु श्रमको अपमान हो । पँजीवादी संसारमा श्रमचोरहरू हात बाँधेर अरुका हातको कमाइ खान प्रतिस्पर्धा गर्दछन् । श्रमले सिँचेको धर्ती, पौरखी हातले आर्जेको कमाइ कति चोखो छ, कति मीठो छ ।

यति जाँगरिला बूढा सायद त्यो बेला स्कुल-कलेज भए कति पढ्थे होलान्, कति सिक्थे होलान् । नामी वैज्ञानिक, कलाकार, साहित्यकार बन्न सक्दैनथे भनेर टोकुवा गर्ने आधारके छ ? आँसी, बउसो, डोको, नाम्लो,घन र अनौ समाउने पौरखी हातले केटाकेटीमा कलमकापी पक्डन पाएको भए के गेटे, सेक्स पयिर वा आइन्सटाइन बन्थेनन् होला ? यो धर्तीमा कति प्रतिभाहरू अवसरको अभावमा आफ्नो प्रतिभा र क्षमताको ठीकसित उपयोग गर्न नपाई संसारबाट बिदा लिएका छन् ।

सातै वर्षमा बाबु गुमाएका, टाठाबाठा सामन्तले घरबारी लुटेर लखेटिएका, निरीह बिधुबाले बनीबुतो गरेर हुर्काइएका सुधो स्वभावका तर दृढ इच्छाशक्ति, आत्मविश्वास र स्वाभिमानका धनी ती वृद्धाले आÏनै श्रमको तरक्की गरेर एकमानोको राम्रै बन्दोबस्त गरेका थिए । धर्म, कर्म, तीर्थ, ब्रत चारधाम पुरा गरेका साकहारी सात्विक वृद्धाको हातको ठेलाले श्रमको संसार दर्शाउछ । कति पवीत्र, कति कंचन आत्माπ ईश्वर मान्नेका लागि उनलाई ज्यूदो ईश्वरको अवतारै भने हुन्छ ।

मैले जान्दा हिउँदमा सबैका खेत बाँझै पल्टन्थे तर ती बूढाले वर्खेबाली थन्क्याउँदा साथ खेतबारी जोतेर नेपालबाट ल्याएको गँहुको विउ छरेर लहलह हरियै बनाउँथे । नेपालबाट फकर्ंदा एकपटक छिटो पाक्ने धानको बिउ ल्याएर खेतमा परीक्षण गरे । निकै राम्रो फल्यो, छिटै पाक्यो । त्यो धान रूखो खेतमा पनि फल्दो रहेछ । पछि गाँउमा सबैले त्यही बिउ रोप्न रुचाए । नेपाले धानले गाउँछिमेक र वरपरका गाँउ सम्म प्रचार पायो । मलाई अलिअलि सम्झना छ एक समय सेतो चिनी जस्तै वस्तु ल्याएर धान रोपेपछि खेतभरी छरे । त्यो वर्ष धान दोब्बर फल्यो । गाँउलेहरूले आश्चर्य माने । त्यसलाई उनी विकासेमल भन्थे । उनी साँच्चै गाँउका अगुवा र आदर्श कृषक थिए ।

ती वृद्धबाट गाउँलेहरूले धेरै सिके, गरे र आफूलाई बदले । उनका पौरखी हातले आर्जेको चोखो कमाइमा अहिले थुप्रै छोरानाति जेनतेन वाँचेका छन् । बूढा मरेकसरे भन्छन । मेरा साक्खै हजुरबाले भनेको ‘हात खाली नराखे मुख खाली रहन्न’ भन्ने आदर्श वाक्यलाई कहिल्यै भुल्न सक्दिन ।

७ जेठ २०६२

वसुन्धारा,गजियाबाद