संयोग


समय अविराम गतिमा अगाडि बढिरहेको छ । समय पोखरीको पानीझै स्थिर र शान्त छैन । यो काली गण्डकीको प्रवाह झै अविराम गतिमा निरन्तर अगाडि वढिरहेको छ । कालीको जल प्रवाह आफ्नो उद्गम तिर कहिलै र्फकदैन । त्यस्तै बितेको समय पनि न कसैका लागि पर्खिन्छ न फर्किन्छ ।

समय गति शील छ । त्यही गतिमा जीवन छ । जीवन र जगतको अस्तित्त्व गतिमा टिकेको छ । गतिको अर्थ जीवन हो । गतिहिनता मृत्युको परिचायक हो । जहा जीवन छ त्यहा मृत्यु अनिवार्य हुन्छ । जीवन र मृत्य समयका दुई बिपरित चक्र हुन् । एउटाको अभावमा अर्कोको अस्तित्त्व सम्भव छैन र समयको यात्रा पनि अगाडि बढ्दैन । त्यसैले समयको प्रवाह सगै जीवन र मृत्युले पनि यात्रा गरिरहेको छ ।

समयको गतिशील चक्रले विश्वमा अनेकन अनपेक्षित प्राकृत प्रकोपहरू निम्त्याउछ, घटनाहरू घट्छन,दुर्घटनाहरू हुन्छन् । गतिशील भौतिक तत्त्वको निरन्तर प्रवाहबाट उत्पन्न घर्षण वा टक्करको बीच बाट समयको प्रत्येक्र पलमा घटेका घटनाहरूलाई मानिसहरू दैवी प्रकोप, नियमित आकस्मिकता, प्राकृतिक प्रकोप, दैवको खेल, वा संयोग आदि भनेर पुकार्नेगर्द छन् । घटनाहरू किन घट्छन्? त्यसको कारण केहोला? किन त्यतीवेलै घटना वा दुर्घटना हुनु परेको होला? आदि प्रश्नको ठोस जवाफ नहुदा यस प्रकारको निष्कर्स निकालिन्छ ।

वस्तु भित्र इलेक्टोन, न्युटन र प्रोटन तीब्ररुपमा प्रवाहित भैरहेको छ । अणु भित्रको गतीशील प्रवाहबाट उत्पन्न भिषण द्वन्दले पदार्थको अस्तित्त्व कायम गरेको छ भन्ने कुरा मानव चेतना भित्र परिसकेको छ । गतिशील वस्तुभित्र नियमित चल्ने द्वन्दले पैदा गरेको स्वभाविक परिणति सिवाय त्यो अरुकेही होइन भन्न सकिन्छ । मानव चेतना बहिरको विशाल विश्वको गवेषण अझै वँाकी छ ।

विगत बर्षहरूमा श्रीलंका, थाईल्याण्ड, मालदिप, आदि देशहरूमा डरलाग्दा सुनामीहरूआए । अमेरिकाको क्याटिनाले ठूलो प्राकृतिक र मानविय बिनास गर्‍यो । केही समयपहिले पाकिस्थान र हालै चिनमा आएको महा बिनासकारी भूकम्पले ठूलो धन जन र प्रकृतीको विनास गर्‍यो । त्यस प्रकारका प्रकृत प्रककोप र बिनासकारी नियमित घटनाले प्रकृतीमानै ठूलो अनियकितता -न्चभबत म्ष्कयचमभच) पैदा गर्दछन् । बिस्मयकारी अनियमितताले नियमितता निम्त्याउछ । यही नियमितता र अनियमितताको धरातलमा बर्तमान विश्व अडेको छ ।

प्रकृतिमा हुने त्यस प्रकारका घटनालाई कतैकतै संयोग भनिन्छ । बालकृष्ण समयले त्यसलाई नियमित आकस्मिकता भनेका छन् । कुनै व्यक्ति नयाँ ठाँउमा कुनै योजनामा गएको छ । उसले त्यहाँ उसको पुरानो साथीलाई भेट्छ । उसले अरुसित खुशीयाली प्रकट गर्दै भन्छ । ” मैले संयोगले मेरो पुरानो मित्रलाई बाटोमा हिड्दा हिड्दै भेटे । ” यो संयोग भेट्नेका लागि मात्रै होइन भेटिनेका लागि पनि त्यत्तिकै सत्य छ । त्यसैलाईर् समले यो नियमित आकस्मिकता हो भन्छन् । आकस्मिकताको संयोजन कर्तालाइृ मानिसको मनले खेाज्न थाल्छ । उसले कर्ता भेट्दैन, अनि भन्छ त्यो कर्ता भनेको ईश्वर हो । समको नियमित आकस्मिकताले कर्ताको काम गरेको छ ।

आमाले सलाइ कोरेर आगो सल्काउनु भयो । अगेनाको छेउैमा सानो माटाको पर्खालको डिलमा सलाई राखिदिनु भयो । भाइले नजिकैको पंखा खोल्यो । पंखाको हावाले उडाएर सलाई अगेनेामा पर्‍यो । हावा, सलाई र आगोको भौतिक सम्वन्ध छ । सलाई कुनै अदृश्य शक्तिले अगेनोमा खसाएको होइन ।

माओवादी जनयुद्ध भन्दा पहिले गि्रनेड विस्फोटन भएर नेपालको कतिपय गाँउमा वालवालिका वा जनताको मृत्यु भएको थाहा छैन । युद्धको सन्दर्भमा कतिपय ठाँउमा छुटेका गि्रनेडहरू कोटाकेटिले फेला पारे । त्यसलाई रमाइ रमाइ खिलौना वनाए । त्यो अचानक पड्क्यो । केटाकेटीहरूको मृत्यु भयो । “अचानक” शब्दले पनि त्यस्तै एउटा मह९वपूर्ण दार्शनिक अर्थ र मह९व राख्दछ । यो कुनै अदृश्य शक्तिको प्रायोजित तारतम्य वा भाग्यको खेल होइन । गि्रनेड विस्फोटक भौतिक पिण्ड हो । विस्फोटन हुने निश्चित विधी मानिसले निर्धारित गरेको थियो । बालकहरूको अज्ञानता वस त्यो घटना हुन गयो । त्यो उटा दुखद संयोग वा समको शब्दमा नियमित आकस्मिकता बन्न पुग्यो । सबै घटनाको कारक तत्त्व भौतिक वस्तु बाहेक हरू केही हुन सक्दैन ।

विश्व व्र≈माण्ड गतिशिल भौतिक तत्त्वको एउटा तारतम्य मात्रै हो । यसको संचालन विधि आÏनै प्रकारको छ । त्यसमा फेरवदल आÏनै प्रकारले हुन्छ तर त्यसलाई नियन्त्रण गर्न कसैले सक्दैन ।

केही दिन पहिले काठमाडौंको आकाशमा उल्का देखियो । मानिसले त्यसलाई तारा खस्यो भने । भौतिक पिण्डहरूको गतिशिल चक्करबाट उत्पन्न परमाणुहरूको संकेन्द्रन हुने अवसर भयो । एक आपसको आकर्षण घर्षण, र विभाजनबाट उत्पन्न परमाणुको संकेन्द्रनबीचबाट उल्का देखा परेकेा कुरा विज्ञानले बताउँछ । त्यसलाई कसैले प्रायोजन गरेको होइन ।

मानव निर्मित वस्तुहरू र प्रकृतिको गतिशिल प्रवाहबीचको सम्बन्धको समायोजन कसरी भएको छ भन्ने बारे प्रश्न हुन सक्छ । भारतीय मुलकी अन्तरिक्ष्ा वैज्ञानिक कल्पना चावला चढेकेा अन्तरिक्ष्ा यान आकाशमै दुर्घटनाग्रस्त भयो । त्यसको असफलताको कारणको पहिचान गर्न वैज्ञानिकहरूले ठूलो प्रयत्न गरे । विभिन्न अड्कलवाजी गरे, अनुसन्धान गरेर अर्को यान बनाइयो । पहिल्लो यान सफल भयो । प्राविधिक समस्याको हल भयो । विज्ञानको विकासले प्रकृतिसंग पौंठेजोरी खेलेर जित्न ठूलो कसरत गरेकेा छ तर त्यसलाई जित्न भने अझै सकेकेा छैन ।

केही दिन अघि मात्रै दाङ्गमा बस दुर्घटना भयो । दुर्घटना कसरी भयो भनेर कसैले सोध्यो भने गाडि विग्रेरे, ड्राइभरले लापरवाही गरेर, बाटो खराब भएर वा व्रेकफेल भएर भन्ने सहज उत्तर आउंछ । यो सहजै सबैले बुझ्ने भाषा हो । त्यो भन्दा पर अरु कुनै भौतिक कारण थियो कि भनेर विचार गरिदैन । समय, गाडी, चालक र सडक बीचको भौतिक तारतम्यमा कहाँनेर गडवड खायो खोजीको बिषयहो ।

इन्जिनियरले प्लेन उड्न ठिक छ भनेर अनुमति दिएपछि मात्रै प्लेन आकाशमा उड्छ । तर अचानक प्लेन आकाशमै बिगि्रन्छ र दुर्घटना हुन्छ । त्यसैले यहाँनेर के कुरामा जोड दिन खोजिएको हो भने मानवद्वारा निर्मित बस वा प्लेनको गति र वस्तुमा चल्ने गतिकाबीच उत्पन्न हुने टक्कर वा अन्तरविरोधको बीचबाट यसप्रकारका दुर्घटना हुनसक्छन् भन्ने दिशामा मानिसको ध्यान कमै गएको छ । सम्म मैदानमा ड्राइभर सर्तक हुंदाहुंदै र गाडिहको स्थिति ठीक हुंदाहुंदै के दुर्घटना भएकै छैन र ? यसबारे चालकलाई राम्रो अनुभव हुनसक्छ । धेरै जनालाई प्रश्नगर्दा सबै दुरुस्त छंदाछंदै ‘अचानक’ दुर्घटना भएरै छाड्छ भन्ने उत्तर पनि आयो । यसो किन हुन्छ ? के यो संयोग मात्रैहो? भनेर चित्तबुझाउने कि अनुसन्धान तिर लाग्ने?

यी कतिपय प्रश्नहरू छन् जसको जवाफ विज्ञान एक्लैले पनि दिन सक्दैन र दर्शनले मात्रै पनि । त्यसमा पनि आदर्शवादी दर्शन र मनोगत अध्ययनबाट निस्कर्षमा पुग्न त झन सम्भव छैन । भौतिक दर्शन र भौतिक विज्ञानको क्ष्ाेत्रमा देखा परेका अनुत्तरित प्रश्नको जवाफ भौतिक विज्ञान र दर्शनको समायोजनबाट मात्रै सम्भव हुनसक्छ ।

भौतिक विश्व आफ्नै गतिमा अगाडि बढेकेा छ । हामीले माथि नै भनेका छौं, प्रत्येक परमाणु गतिशिल छ । प्रकृति आफ्नो गतिमा निरन्तर अगााडि वढिरहेको छ । त्यसको गति रोकिदैन र रोक्न पनि सकिदैन । प्रकृतिको नियमित गतिमा गडबडी पैदा गर्ने मानव निर्मित गतिशिल यानकाबीच देखा पर्ने द्वन्द्वकाबीच बाट उत्पन्न कतै यातायात दुर्घटना हुन सक्छ कि भन्नेबारे भौतिकवादी वैज्ञानिकहरूले एकपटक घोत्लिनुपर्ने आवश्यकता छ । मानव समाजमा हुने घटना वा दुर्घटना केवल संयोग, नियमित आकस्मिकता वा दैवको खेल होइन । भौतिक तारतम्य र मानवजातीले गरेको बिज्ञानको विकासका बीच चर्को अन्तरविरोध छ । त्यही अन्तरबिरोध दुर्घटनका कारण बन्दछन् । प्रकृति र मानव सभ्यता वीचको अन्तरबिरोधको अन्तिम फस्र्याेट मानव जातीको संहार पछि हुनेछ । यो कुनै संयेाग हुने छैन वरु वस्तुभित्र चल्ने गतिशील प्रवाहको अकाट्य नियक हुनेछ ।

गंगवु आवास क्षेत्र

४ जनवरी २००४