चौतारी
गाउँलेहरू द्यौरालीमा चौतारी निर्माणका लागिजुटेका छन् । बालक, वृद्ध महिला र युवकहरू सबै काममा संलग्न छन् र गच्छे अनुसारको श्रम र पसिना मिसाएका छन् । उनीहरू काममा यति तल्लिन र समर्पित छन् कि कसैले ककैको कुरा सुन्न एक सेकेण्ड खर्च गर्ने पनि फुर्सत छैन । गोरेदाई बलिया छन् त्यसैले उनले ढुंगा फोड्छन् । गोरी, डल्ली, सुन्तलीहरू ढुंगा ओसार्ने काममा व्यस्त छन् । भुन्टे र डल्लीहरू पनि रमाई रमाई कतिखेर ससानो ढुंगा पुर्याउछन् त कतिखेर माटो खन्ने काममा रमाउँछन् । आहा ! कति रमाइलो दृष्य ! ढुंगा फोड्नेले फोडेको फोड्यै छ, ओर्सानेले कमिलाले माटो ओसारे झैं ओसारेको ओसार्यै छ । जग पुर्ने उतै व्यस्त छ । चौतारी चिन्नेले जाने सम्मको शीप लगाएर आÏनै सुरमा ढुंगा मिलाउदै छ । कसैले ढुंगा पुग्न दिँदैछन् त कसैले माटो र गेगर भर्दैछन् । चौतारी छिटो सक्न कति हतार तिनीहरूलाई ।
पश्चिमको डाँडाबाट घाम डुबिसक्यो । भञ्याङ्को चिसो सिरेठोले मुटु चसक्क घोचेर हात खुट्टा कठांगि्रइसके, तर पनि तिनीहरू काममा मस्त छन् ।
“लहै अब त साँझ परिसक्यो, साँझ बत्ती झुल्काउनु पर्ला, हातगोडा धुन पँधेरा जानुपर्ला” भन्ने असी वर्षे वृद्धाको अलि पर कुनाबाट आएको चेतावनीले सबै एकपटक झसक्क झस्के र अस्ताचल तिर पुलुक्क आँखा डुलाउदै मुखामुख गरे । भोलिको सल्लाह मिलाएर आ-आÏना गल, गैंची, बेल्चा, छिनो, कोदालो, डोको नाम्लो समाएर हतारहतार वल्लोपल्लो गाँउतिर लागे । महिलाहरू साँझको वत्ती झल्काएर पँधेरा जान हतार गर्दैथिए, पुरुषहरू भने गाईभैंसीलाई घाँस दिन गोठतिर हानिए ।
वर्षेवाली भित्राए पछि, हिउँदे खेती गर्न गाँउलेलाई हतार हुन्छ । अर्म पर्म गरेर आलु लगाइ सकेपछि मंसिरको पुछारबाट यो गाउँका किसानलाई अलिकति र्फसत हुन्छ । त्यो बेला केही टाँठा बाटाहरू नून तेलको जोहो गर्न र दुइचार पैसा कमाई गर्ने दाउमा भारत तिर छिर्छन्, केही सानोतिनो व्यापार वा मजदुरीका लागि शहरतिर पस्छन्, गाँउमा बँचेकाहरू भने मिलेर गाँउलेहरूको भलाइका लागि केही न केही काम गरे समय बिताउँछन् । वर्षेनी कुलो मर्मत गर्नेकाम बाट भने पोहोस सालदेखि किसानहरूले र्फसत पाए । रोपनीको हिसाबले पैसा जम्मा गरेर गाउँलेले सिमेन्ट ल्याए, वालुवा बोके सिपालुले सिमेन्ट लगाए अरुले सक्ने काम गरे, कुलो राम्रो बन्यो । सबैको मोलोजोतो मिलेपछि नहुने के छ र ?
हिउँदमासको फुर्सतलाई गाँउलेले सामूहिक काममा लगाउने परम्परा नयाँ होइन । बाटोघाटो, पाटीपौवा, चौतारी, पोखरी, स्कूल औषधालयहरूको निर्माण मर्मतसंहार गर्न सामूहिकरूपमा जुट्न पाउदा गाँउनेहरू औधी रमाउँछन् । परार साल एउटा एनजीओले दिएको अलिकति पैसामा नगद र श्रम मिसाएर हिउँदभरी सानो जलविद्युत निर्माणमा जुटे गाउँले । गाँउमा झिलिमिली बिजुली बत्ती बाल्न पाउँदा तिनीहरू कति खुसी भए होलान ।
हिउँदको फुर्सतको बेला गाँउलेहरू ठूलो चौतारीमा जम्मा हुन्छन् । जम्मा हुन कसैले करवल वा जवरजस्ती गर्नुपर्दैन । आपसी भेटघाटको काममा नै त्यो कुरा तय हुन्छ । यो वर्ष के गर्नुपर्ला ? गाउँमा के आवश्यक छ भन्ने कुरा सामूहिक रूपमा विचार विमर्श गर्दछन् । लामो छलफल र सबैको सल्लाहसुझाव आइसकेपछि अत्यावश्यक काममा सबै सहमत हुन्छन् । कामको योजना सामूहिक रूपमै बन्छ, शीप क्षमता अनुसार कामको सामन्य बाँडफाँड हुन्छ, जजसको घरमा जे जे साधन छ, त्यो लिएर निर्धारित समयमा निर्धारित काममा जुट्छन् सबैजना । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको यो भन्दा सुन्दर नमूना अरु के हुन्ा सक्छ ।
यो साल द्यौरालीमा चौतारी बनाउने सहमती भयो । पुष १ गते सुरु गरेर माघे संक्रान्तिमा सक्ने र त्यसैदिन एकादशी परेकाले वरपिपल रोप्ने योजना भएकाले काम जोडतोडले भएको छ । गाँउलेहरू स्वेच्छाले काममा जुटेका छन् । त्यहाँ दवाव, दमन निर्देशन केही छैन् । सबै स्वतन्त्रतापूर्वक काममा समर्पित छन् र रगतपसिना खर्चेका छन् । यहाँ सच्चा जनवादको असली अभ्यास र सामूहिकताको आदर्श नमूना देख्न पाइन्छ । लोभ, पाप, इश्र्या, द्वेषबाट यो गाँउ कति हो कति टाढा छ । ती जनतालाई सत्ताको गोर्खे लौरी वा अनुशासनको कोर्रा दिन कसैले पर्दैन । यो साँच्चै सर्वाहारा अनुशासन, समाजवादी सत्ताको सुन्दर नमूना नभए अरु के हुन सक्छ । सबैले श्रम गर्छन्, श्रमको इज्ज्यत छ, सम्मान छ । धन सम्पत्तिको दम्भ छैन । सरलता गाँउलेको विशेषता नै हो । दुःख विमार होस वा मर्दापर्दा होस विहेबारीमा होस वा खेतीवारी काममा होस, सार्वजानिक काममा होस वा व्यक्तिगत घरगोठ निर्माणमा होस्, एउटाले अर्कोलाई मद्दत गर्ने अैचोपैचो गर्ने, अर्मपर्म, हुद्ददा लगाउने सभ्यता गाँउमा अझै बचेको छ । दुःख, बाँडने, सुख बाँडने, मिठोचोखो पाके मिलिजुली खाने र अतिथिको स्वागत सम्मान र इज्ज्यत गर्नुलाई उनीहरू महान् धर्म ठान्दछन् । कथंकदाचित गाँउमा हुने झैझगडा सानोतिनो गलफत्तीलाई सामूहिकरूपमा गाँउलेहरूको जनअदालतद्वारा समाधान गरिन्छ । साँच्चै यहाँका जनता महान् छन् । माक्र्सले कल्पना गरेको समाजवादको साँच्चिकै नमूना गाँउ त होइन भन्ने लाग्छ । जनतालाई पूर्ण लोकतन्त्र छ, योजना निर्माणका लागि, काम र सत्ता संचालनका लागि हिमाल भन्दा अग्लो नैतिकता र आत्मनुसाशन छ, जनतालाई नैतिकताको पाठ कसैले पढाउनु पर्दैन, अनुशासनको डण्डा कसैले लगाउनु पर्देन ।
चौतारी निर्माण हुँदै थियो । एकदिन गाविसको सचिव एक्कासी आएर एउटा कागज निकाल्यो, केही टिपेजस्तो गर्यो । चौतारीको नाप लियो, काम गर्ने श्रमिकको संख्या टिप्यो र आÏनो बाटो लाग्यो । त्यो किन आयो, के लेखेर लग्यो गाँउलेलाई कुनै वास्ता भएन । माघे संक्रान्ति आउन एकहप्ता मात्र बाँकी छ । पुषका दिन छोटा भएर होला सायद गाँउलेहरू पुष फासफुस भन्दछन् । काम अझै धेरै छ चौतारी तैयार गर्न त्यसैले कोही आए गएको पत्तो पाउन पनि छाडिसकेका छन् उनीहरूले ।
माथि जंगलतिरबाट बर्दीधारीको एउटा हुल आयो । टाटेपाटे कपडा लगाएका र हतियार भिरेका हुनाले गाँउलेहरू हलि आंतकित हँुदै चुपचाप हेरिरहे । महिलाहरू अलि पर हटे केटाकेटी नजिकै झुम्मिए । केहीबेर पछि गाउँलेको नजिकै आएर केहीबेरको मौतालाई चिर्दै एउटा अलिअग्लो मोटो हट्टाकट्टा लाएखाए जस्तो झक्की सेनाले अगाडि सरेर प्रश्न गर्यो ‘के गर्दैहुनुहुन्छ तपाईंहरू ?’ गाँउलेहरू अलमलमा परे र एकछिन मुखममुख गरे । केही बेरमै एकजना वृद्ध अलि सरेर भने “हो वावु हामी गाउँलेको सल्लाह अनुसार नै चौतारी बनाउन थालका हौं ।” बर्दिधारी सेनाले अरू केही गलफत्ती गरेनन् । ‘छिट्टै सक्नु होला है’ भन्दै आÏनो बाटो लागे । उनीहरू गैसकेपछि माओवादी भनेका यिनै हुन् माथि जंगलतिर बस्छन रे भन्ने खासखुस चल्यो । “एउटा त अस्ति गाँउमा खसी किन्न आए जस्तै छ” बखतेले भन्यो -“पैसा जति पनि छ, मोराहरूसित मोल गर्न सके जति पनि दिन्छन् रे” मानसिंहले थाप्यो । माओवादी सेनाले डाँडो काटे त्रसित गाँउलेहरूले पश्चिम क्षितिजितर आँखा दौडाए ।
समय थोरै थियो । गाँउलेहरूले रातदिन गरेर पौष मसान्तको साँझसम्म मरिहत्ते गरेर देउरालीमा एउटा भब्य चौतारीको निर्माण कार्य सम्पन्न गरे ।
आज माघे संक्रान्तिको दिन । बूढापाकाहरू सबै गंगा स्नानका लागि ज्यामिरघाटतिर गए । केही चौतारी वरपर सरसफाई, सिंगारपटारमा र नयाँ चौतारीमा वरपिपल रोप्ने तयारीमा लागे । धार्मिक परम्परा अनुसार पण्डितबाजेलाई सूचित गरियो, बाजागाजाको लागि उत्साहित युवकहरू दमै बोलाउन गए । फूल प्रसादको लागि गाँउबाट दूध चामल र श्रदालुबाट दुईचार पैसा उठाएर हलुवा मनभोग पकाउन अनुभवी प्रौढहरू खटिए । समाजको वयोवृद्ध सज्जनद्वारा वरपिपलका विरुवा रोपेर उद्घाटन गरियो । श्रदालुहरूले गंगाबाट ल्याएको जलले वरपिपलको सिंचन गरे, महिलाहरूले बत्ति बालेर वरपिपलका विरुवा वरिपरि प्रदाक्षिण गरे, जल खाए पूजा गरे, उता दमैले नगरा ठोके, केटाकेटीहरू औधी रमाए । गाँउ सुन्य थियो र सबै द्यौरालीमा जम्मा भएका थिए । गाँउलेहरू बाली भित्राएको किसान झैं औधी प्रशन्न देपखए । वल्लो पल्लो गाँउबाट अपरिचितहरू पनि कार्यक्रम हेर्न आएका थिए । कार्यक्रम सकियो । सबैले हलुवा र पोलेको तरुलको प्रसाद भाग खाए, रमाइलो मनाए । दिन ढल्के पछि गाँउलेहरू वल्लोपल्लो गाँउतिर झरे ।
माघ तीन गते बिहान रेडियो नेपालको स्थानीय समचारले “रापडाँडा गाविस सचिवको सक्रियतामा जिविसबाट निकासा भएको एक लाख पचास हजारको लागत र जनताको पाँच हजारको श्रमदानमा पैसठ्ठी हात लामो चौतारी र त्यहाँबाट गौंडी गाँउसम्म पुग्ने पाँच सय मिटर लामो बाटो निर्माण गर्ने कार्य सम्पन्न भएको छ । चौतारी निर्माणको क्रममा माओवादी आतंककारीको एउटा जत्थाले काममा अवरोध खडा गर्न खोजे पनि सुरक्षाकर्मी र जनताको प्रतिरोधमा उनीहरूको हर्कत असफल पारेको कुरा हाम्रा जिल्ला समाचारदाताले बताएका छन । ” भन्ने समाचार फुक्यो । यो समाचार सुनेर गाँउलेहरू मुखामुख गरे, आफ्नो श्रमको अबमुल्यन गरेको भन्दै रिसले मुर्मुरिए र गाविस सचिवलाई गाली गरे ।
माघ सात गते साँझ “रायडाँडा गाउँ जनसरकार प्रमुख चट्टानको सक्रिय पहल र नेतृत्वमा जनपरिचालन गरी गौरीगाँउ माथिको द्यौरालीमा भव्य चौतारी निर्माण कार्य सम्पन्न भएको छ । चौतारीको माओवादी समर्थक वयोवृद्ध कमरेड लालबहादुरले एक भव्य कार्यक्रमबीच उद्घाटन गर्नुभएको समाचार छ ।” भन्दै जनगणंतन्त्र रेडियो पश्चिम कमाण्डले समाचार प्रसारण गर्यो । हो, साँच्चै यो गाउँमा माओवादीको पहलमा चौतारी निर्माण भएको थियो तर गाउँले स्वयंलाई थाहा थिएन चौतारी निर्माणमा माओवादीको संलग्नताबारे ।
माघ १५ गते बिहान चार बजे सेनाले गौरी गाँउमा छापा मार्यो । गुहार ! गुहार ! लौन मेरा घरमा आगो लाग्यो, बचाउ भन्दै बाहिर निस्केकी ठूलीको स्वरले सबै गाँउ जाग्यो । सात महिनाको गर्भसितकी ठूली भने सेनाको गोलीले ठहरै परि । ठूलीलाई के भयो भन्दै आएकी ११ वषर्ीया सुन्तलीको छातीबाट पनि भलभली रगत आँगन भरी पोखिएको थियो । उ छटपटाइ रहेकीथिइ । ९२ वर्षे लालबहादुर उनको नाती भर्खरै काठमाडौंबाट वीएको परीक्षा दिएर आएको अमर पनि मारिएछ । गाँउभरी भागाभाग भयो आतंक मच्चियो, उठीवास भयो । तरुनी छोरी बुहारीहरू आफन्तको अगाडि बलात्कृत भए, कति मारिए । उनीहरूका गरगहना, सिक्का, श्रीसम्पत्ती लुटियो । करिव तीन घण्टा गाउँमा ताण्डवनृत्य मच्चाएर खसी, पाडा कुखुरा र गाउँमा भएका खुकुरी, कुकर हँसिया बञ्चराहरूसमेत राम्राराम्रा सामान सोही सोही गाँउका युवकलाई बोकाएर धौराली तिर लागे शाही सेना । नवनिर्मित चौतारीलाई भत्काए र आÏनो बाटो लागे ।
माघ १५ साझ “गस्तीको क्रममा गौरीगाँउ पुगेको सुरक्षाकर्मीमाथि आक्रमण गर्न आएका माओवादी आतंककारीसित मुठभेड हुँदा लालबाहादुर नाम गरेको आतंककारीको कमाण्डर सहित दश आतंककारी मारिए । आतंककारीसित बाट थि्र नट थि्र राइफल, गि्रनेड, विस्फोटका लागि प्रयोग हुने तार, झोला, अन्य बन्दोवस्तिका समान र माओवादी आतंककारीका दस्तावेजहरू पनि बरामद भएको कुरा पश्चिम पि्रतनाबाट जानाकारी हुन आएको छ ।” भन्ने कुरा रेडियो नेपालको मुख्य समाचारले प्रसारण गर्यो ।
डर र त्रासले आक्रान्त गाँउलेहरू केही समय पछि घर फर्केर मृतकको काजक्रियामा जुटे । त्यतिबेलासम्म द्यौरालीको भत्केको चौतारीको डिलमुनि वर पिपलका विरुवा सुकिसकेक थिए ।
असार २२, ०६२, बसुन्धरा
Comment Here