प्रतिपक्षको आन्दोलनलाई स्वीकार गर्न नसक्नु निरंकुशता र अधिनायकवाद हो


सरकारको प्रमुख प्रतिपक्षी बनेको एकीकृत माओवादी यतिबेला के गरिरहेको छ ?

– नया संविधान निर्माणमा नागरिक सर्वोच्चताको कुरालाई लिएर हामी आन्दोलनमा छौं । शान्ति र संविधानको लागि हाम्रो आन्दोलन बढीराखेको छ ।

तपाईहरूले गरेको आन्दोलन विरोध र तोडफोडमा मात्र सिमित भएको भनिँदै छ नि ?

– विल्कुलै विरोधीहरूले विरोध भयो भन्छन् तर हाम्रो आन्दोलन जनताको पक्षमा, नागरिक सर्वोच्चता, शान्ति, अग्रगमनको पक्षमा र राष्ट्रिय स्वाधीनताको पक्षमा केन्दि्रत र लक्षित छ । कुनै पार्टी तथा व्यक्ति विरोधको पक्षमा छैन ।

तपाईहरू राष्ट्रिय स्वाधीनताको, नागरिक सर्वोच्चता प्राप्तीको विषयमा आन्दोलन केन्दि्रत छ भन्नुहुन्छ । यसरी अपनाइएको विरोध शैलीलाई ‘उग्र’ पनि भनिँदै छ नि ?

-हिजो राजतन्त्रको विरूद्ध, सामन्तवादको विरूद्ध हामीले आन्दोलन गर्दा पनि हामीलाई उग्र भन्ने गर्दथे र आतंककारीको संज्ञा नदिएका होइनन् । तर हाम्रो विरोध सामन्तवादको समूल नष्ट गर्नुथियो । अहिले तिनै सामन्ती प्रतिक्रियावादी शक्तिहरूले विभिन्न प्रकारका आरोपहरू लगाउँछन् । उनीहरूले जे भनुन् हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो र यो आन्दोलन शान्ति, अग्रगमन र संविधानको लागि नै हो ।

शान्ति अग्रगमनको लागि आन्दोलन भनेर तपाईहरू अगाडि बढीरहनु भएको छ । तर हाल देशमा देखिएको असुरक्षित परिस्थितिको सिर्जना माओवादीले गर्दा उत्पन्न भएको हो पनि भनिँदै छ नि ?

– यी सबै भ्रम हुन् । ‘जो चोर उसैको ठूलो स्वर’ गरेर अहिलेको वर्तमान सरकार आरोप-प्रत्यारोपमा लागिरहेको छ । यो स्थितिको सिर्जना गर्ने शक्ति भनेको पनि प्रतिक्रियावादी शक्ति नै हो । हाम्रो कारण नभएर वर्तमान सरकारका कारण उत्पन्न भएको हो । सरकारलाई अपदस्त बनाउने, गिराउने र सत्ता स्वार्थका लागि निर्लिप्त भएर जुन प्रकारका हर्कतहरू गरेका छन् । उनीहरू अप्राकृतिक रूपले सरकार बनाउने र गिराउने खेलमा विगत ६० बर्षदेखि इतिहासको लामो कालखण्डमा । यिनीहरू नेपालमा लोकतन्त्र संस्थागत गर्न असफल भए, नालायक सिद्ध भए । सच्चा लोकतन्त्रवादीले मात्र लोकतन्त्रको रक्षा गर्न सक्छ । त्यो अलोकतान्त्रिक शक्ति हो । अलोकतान्त्रिक चरित्र छ । अलोकतान्त्रिक शक्ति र चरित्रले लोकतन्त्रको रक्षा गर्न सक्दैन । त्यसैले नेपालमा ६० बर्ष अगाडि देखि नेपाली जनताले यति ठूलो कुर्वानी गरेर लगानी लगाउनु पर्ने अथवा डराउनुपर्ने स्थिति तिनै प्रतिक्रियावादी, प्रतिगामी र यथास्थितिवादी शक्तिहरूले नै गरेका हुन् र तिनै शक्तिहरू अहिले सरकारमा आएका छन् । सरकार अत्यन्तै प्रतिगामी, प्रतिक्रियावादी शक्तिहरूको वैशाखी टेकेर विदेशी शक्तिको बुईं चढेर बनेको सरकार हो । यो सरकारले देशको राष्ट्रियताको संरक्षण गर्न नसक्ने, शान्ति व्यवस्थालाई कायम गर्न नसक्ने, संविधान लेख्न नसक्ने, इतिहासको कालखण्डमा यिनीहरू पटक-पटक घोरेपालो गरेर सरकारमा सत्तामा आए र नालायक सिद्ध भएर गए । तिनै असफल सिद्ध, नालायक सिद्ध भएका शक्तिहरू फेरिपनि षड्यन्त्रमुलक ढङ्गले सरकारमा आएका छन् । हामीले दिनदिनै देखेका छौं यिनीहरूले कानुनको शासन भन्छन् । कानुनको उल्लघंन उनीहरूले नै गर्छन् । नियम उल्लघंन गरेका छन् । संविधानमाथि बलात्कार गरेका छन् । देशमा मुठभेड निम्त्याएर संविधानसभा विघटन गर्ने दिशामा यी राजनीतिक पार्टीको नियती अगाडि बढीरहेको हामीले स्पष्ट अनुभूति गर्दै आएका छौं ।

हरेक ठाउामा नियमहरू मिचिएका त छन् नै । पछिल्लो समयमा वर्तमान प्रधानमन्त्रीले सुरक्षा संयन्त्र कडा बनाउन दिएको निर्देशनलाई एकीकृत माओवादीले कसरी हेरेको छ ?

-दिनदहाडै मानिसहरू बलात्कृत भएका छन् हत्या भइरहेको छ । राजधानीको मुटुमा नै दिउँसै बम विष्फोटहरू भइरहेका छन् । देशमा कााग्रेस-एमालेको सहमतीय सरकार चलेको छ । नेपाली कााग्रेसकै कार्यालयमा वम विष्फोट भएको छ । काठमाण्डौंकै ठमेलमा गोली चलेको छ । एमाले र काँग्रेसका भातृसंगठनका व्यक्तिहरूले खुलेआम हतियार लिएर हिडेका छन् । गएको भदौं ८ गते हाम्रो कार्यकर्तामाथि जनकपुर र इलाममा हत्या गरिदिएका छन् । यस्तो परिस्थितिमा सरकारले मिठो नारा दिइरहेको छ । नारा लगाउनु र व्यवहारमा उतार्नु फरक कुराहरू हुन् । व्यवहारिक जीवनमा नेपाली जनताले कस्तो कुरा महसुस गरेका छन्/छैनन् । कति सुरक्षित/असुरक्षित छन् भन्ने कुरा व्यवहारले पुष्टि गर्ने कुरा हो । कसैले सरकारमा रहेर मुखले भनेर वा मन्त्रीको पदबाट भाषण गरेर हुने कुरा यो होइन ।

राष्ट्रपति खुला कार्यक्रममा जाादा नेपाली सेना समेत परिचालन हुने गरेको विषयलाई कसरी हेर्नुभएको छ ?

-हिजोका नालायक, अप्राकृतिक तरिकाले बनेको सरकारको शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्ने हाम्रो अधिकार हो । हाम्रो अधिकारमाथि सरकारले हस्तक्षेप गर्ने, गोलि हान्ने, लाठि चार्ज गर्ने र हाम्रा कार्यकर्तालाई घाइते बनाउने नीति लिएको छ । हामीले आफ्नो भूमिकालाई मात्र निभाएका हौं । किनकी हामी त सरकारका प्रतिपक्ष दल हौं । हामीले हाम्रो आवाजलाई शान्तिपूर्ण तरिकाले विरोध गरेर, आन्दोलन गरेर बुलन्द गराएका हौं । हामी सडकमा छौं र यही नै प्रचार गर्ने प्रतिपक्षीदलको मौलिक अधिकार हो । मौलिक अधिकार प्रयोग गर्दा सरकारले अनावश्यक रूपमा हस्तक्षेप गरेर हामीलाई दमन गर्दै आइरहेको छ र बलको भरमा सत्तालोलुपमा परेको छ, त्यसकै पराकाष्ट हो पोखरामा नेपाली सेना परिचालनको विषय पनि । प्रतिपक्षीले गरेको शान्तिपूर्ण आन्दोलनलाई स्वीकार गर्न सकिँदैन भने त्यो नै निरंकुशता र अधिनायकवाद हो । हिजो पञ्चायतले यस्तो कुरालाई स्वीकार गर्दैनथ्यो । विश्वमा जतिपनि अधिनायकवादी राष्ट्रहरू छन् । जहाा लोकतन्त्र संस्थागत वा विकास भएको छैन । लोकतन्त्रलाई विकास गर्न नदिने तत्वहरूले गर्ने यो प्रचारवाजी हो । यो अलोकतान्त्रिक, गणतन्त्र विरोधी, अधिनायकवादी सोंचको स्वभाविक अभिव्यक्ति हो भन्ने कुरा बुझ्नुपर्छ ।

देश यसरी राजनीतिक संक्रमणकालको बीचमा चलिरहेको छ । यही अवस्थामा नयाँ संविधान निर्माण हुन्छ भनेर जनतालाई कसरी विश्वस्त पार्नुहुन्छ ?

– संविधान निर्माण गर्ने कुरा र सरकारको प्रक्रिया यी दुईवटा अलग विषयहरू हुन् । संविधान निर्माण प्रक्रियामा हामी अत्यन्तै सचेततापूर्वक जिम्मेवारी बोधका साथ लागेका छौं । किनभने संविधानसभा, गणतन्त्र, लोकतन्त्र नेकपा माओवादीको एजेण्डा हो । यसमा सबै नेपालीहरूले साथ दिएका कारण हामी यहाासम्म आइपुगेका हौं । यो नेपाली जनताले चाहेको कुरा हो र उनीहरूकै एजेण्डा हो । त्यसैले संविधान निर्माण प्रक्रियामा कसैले पनि अवरोध गर्नु हुँदैन । त्यसलाई अवरोध पुर्‍याउनु हुादैन भन्ने कुरामा हामी जिम्मेवार छौं । तर हामीले के देखिरहेका छौं भने नेपाली कााग्रेस र एमाले लगायतका संयुक्त सरकारमा गएका दलहरू उही सरकारमा जाने मन्त्री हुने, भत्ता बुझ्ने काममा मस्त भएका छन् । संविधान सभा उपेक्षित भएको छ, संविधानसभामा सबै दलको न्यून उपस्थिति मात्र देखिन्छ । संविधानसभामा दलका मुख्य नेताहरू जिम्मेवारीपूर्वक संविधानसभाको वैठकमा उपस्थित हुादैनन् । सत्तारूढ दल र राजनीतिक पार्टीका नेतृत्वहरू संविधान बनाउने कुरामा इमान्दार छैनन् भन्ने कुरा बुझ्नुपर्छ । लामो समयदेखिको गतिविधिले के देखाइरहेको छ भने सडकबाट आन्दोलन भएको छ नागरिक सर्वोच्चताको बारेमा, संसद अवरूद्ध भएको छ । प्रतिपक्षले दुनियाँको लोकतान्त्रिक चरित्रबाट संसारको कुनैपनि प्रतिपक्षीले उठाएका आवाजहरूलाई एकीकृत गराएर संवोधन गर्ने र सहमतीमा ल्याउने कोशिस गरेका हुन्छन् । तर हाम्रो देशमा प्रतिपक्षका आवाजहरूलाई दवाएर नै यहाँ लोकतन्त्र संस्थागत हुन्छ भन्ने पश्चगामी अधिनायकवादी मानसिकता व्यप्त छ । त्यो मानसिकताबाट ग्रसित राजनीतिक पार्टीहरूले अहिलेपनि प्रतिपक्षले उठाएका नागरिक सर्वोच्चताको प्रश्नलाई संवोधन गर्ने वा त्यसमाथि छलफल गर्न समेत जाागर देखाएका छैनन् । त्यतापट्टी उदासिनता देखाएका छन् ।

अब यो संसद नचलोस्, अवरूद्ध हुँदै जाओस्, निरंकुश शासन चल्दै जाओस्, अब अन्तरिम संविधानलाई पनि विघटन गर्ने, संविधानसभालाई पनि विघटन गर्ने, राष्ट्रलाई एउटा ठूलो दुर्घटनामा लैजाने षड्यन्त्रबाट प्रतिगामी हर्कत गर्दै यो सरकार अगाडि बढीरहेको छ । पछिल्लो समयमा विभिन्न पत्रिकामा प्रकाशित भइरहेको छ नेपाली काँग्रेस यतिबेला राजालाई फालेकोमा पश्चताप गरिरहेको छ । यी सामन्ती अधिनायकवादी तत्वहरूले लोकतन्त्रलाई संस्थागत गर्न खोजिरहेका छैनन् । यिनीहरूको चरित्र नै अलोकतान्त्रिक, अधिनायकवादी फासिष्ट, सामन्ती छ । अहिले पनि यी सामन्ती तत्वहरू फेरिपनि राष्ट्रपतीय शासन लागू गर्ने दिवास्वप्ना देखेर सुतिरहेका छन् । यसप्रति नेपाली जनतालाई स्वतन्त्र र सचेत बनाउनु पर्छ । यसमा राजनीतिक सत्तारूढ शक्तिहरू सरकारमा छन् । यिनीहरूले ६ महिनाअघि संविधानसभाको म्याद थपेर आफ्नो जागिरलाई ६ महिना बढी टिकाउने । त्यसपछि राष्ट्रपतीय शासन लागू गरेर संविधान नै नबनाउने षड्यन्त्र, संविधानसभा नै विघटन गर्ने र राष्ट्रलाई मुठभेडतर्फ उन्मुख गराउने र राष्ट्रलाई लुट्ने गरिरहेका छन् । अहिलेको राजनीतिक संक्रमणकाललाई व्यवस्थित गर्ने, नयाा संविधान निर्माण गर्ने कुरामा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा ५०/६० जनाको मन्त्री बनाउने, आफ्ना पार्टीका वा बाहिर रहेका सडकमा जो कसैलाई पनि टिप्दै मन्त्री बनाउने र राष्ट्रको ठूलो सम्पत्ति मन्त्री पोसेर नष्ट गर्नको लागि प्रयत्न गरिएको छ ।

संविधानसभाबाट चुनिएर आएका प्रतिनिधिहरूलाई मन्त्री मण्डलमा सामेल गरिएको छैन । जनताले गलहत्याएका, नपत्याएका, हारेका प्रतिगामी शक्तिहरूलाई छानेर सरकार चलाउन लगिएको छ । जसले आन्दोलन र परिवर्तनमाथि बलात्कार गर्दै आन्दोलन दवाउन न्वारनदेखिको बल लगाएर लागेका थिए । उनीहरूलाई सरकारमा लगेर देशमा शान्ति वहाली, लोकतान्त्रिक अभ्यास गरेर देश विकासको बाटोमा होइन । कसरी देशलाई गलत दिशातिर लैजान सकिन्छ भनेर कसरत गरिरहेका छन् । अहिले हाम्रो आन्दोलन पनि देशमा शान्ति स्थापना गर्ने र नागरिक सर्वोच्चतालाई कायम गर्ने भन्ने दिशामा अगाडि छ । हामीले यही विषयमा व्यवस्थापिका संसदमा संकल्प प्रस्ताव समेत राख्यौं । तर त्यसलाई प्रस्तुत गर्न दिइएन । त्यही विषयलाई लिएर हामी अहिले सडकमा छौं । संविधान बनाउने विषयमा सत्तारूढ दलहरू राजनीतिक पार्टीहरू जिम्मेवार छैनन् । हामीले बारम्बार खबरदारी गरेर संविधानलाई बचाउने प्रयत्नमा लाग्नुपर्छ नयाँ संविधान बनाउन नदिने तत्वलाई बेलैमा चिनेर घोक्रेठ्याक लगाएर मात्र नयाँ संविधान सम्भव छ । नयाा संविधान निर्माण गर्ने प्रक्रियामा कसैको दुईमत हुनुहुँदैन । तपाई हामी सबै मिल्यौं र हामीले हाम्रो संविधान निर्माण गर्न सक्यौं भने सााच्चैको संविधान निर्माण हुनेछ ।

यहि तरिकाले देश अगाडि बढ्दै जाने हो भने नेपाली जनताले आफ्नो भविष्यको निर्धारण गर्ने आधार के हो त ?

-नेपाली जनताले परिवर्तन चाहेका छन् । आर्थिक, सामाजिक रूपान्तरण चाहेका छन् । जनजीवनमा एकप्रकारको उन्नती प्रगति होस् भन्ने चाहेका छन् । बेरोजगारीबाट मुक्त हुन चाहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक हकको रूपमा उपभोग गर्न चाहेका छन् । नेपाली जनताको त्यही चाहना पूरा गर्नको लागि यहाँका प्रतिगामी तत्वहरू असक्षम छन् । राष्ट्रको ढुकुटी रित्याएर भुँडि भर्ने काम विगत देखि नै गर्दै आए । त्यसैले यिनको चरित्र र स्वभाव देखेर नेपाली जनताहरू आजित भएका छन् । आखिरी यिनीहरू ठीक ढङ्गले अगाडि बढ्न सक्दैनन्, परिवर्तनलाई आत्मासात गर्न सक्दैनन्, जनताको भावनालाई बुझ्न सक्दैनन् त्यसलाई संवोधन गर्न सक्दैनन् भने त्यसलाई जनताले एउटा ठूलो तेस्रो जनआन्दोलनको आाधिवेहरी सृष्टि गर्नेछन् । त्यो तेस्रो जनआन्दोलनको समयमा यस्ता प्रतिगामी शक्तिहरू विदेशी दलाल, भाटहरू, प्रगति नचाहनेहरू बढारिनेछन् । फेरि नयाँ विहानीको उज्यालो सागै जनताले शान्तिको सास फेर्न पाउनेछन् ।

विशेष समितिको माताहतमा रहेका कैयौं जनमुक्ति सेनाको भूमिका यो अवस्थामा के हुन्छ ?

– हामी विस्तृत शान्ति सम्झौतामा जे कुरामा प्रतिबद्ध छौं । त्यहाँ उल्लेख भए अनुसार सेना समायोजन, हतियार व्यवस्थापन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर नयाँ जनसंविधान निर्माण गरेर राष्ट्रलाई नयाँ निकास दिन आर्थिक, सामाजिक रूपान्तरण गर्नको लागि हामी विगतका सहमती, शान्ति सम्झौता र अन्तरिम संविधानको प्रावधान अनुसार अगाडि बढ्नेछौं । यही दिशामा जनमुक्ति सेनाको पनि महत्वपूर्ण भूमिका छ ।

नजिकिँदै गएको गणतन्त्रात्मक नेपालको दोस्रो विजयादशमीको अवसरमा यहाँका सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता लगायतलाई के भन्न चाहनुहुन्छ ?

– सम्पूर्ण नेपाली जनताहरू राजनीतिक अन्यौल र अस्थिरताको बीचमा यो दशैं मनाउन गइरहेका छौं । राजनीतिक क्षेत्रमा देखिएको अन्यौलता, अस्थिरताको अन्त्य चााडै होस् र सम्पूर्ण नेपाली जनताहरू एक भएर नयाँ नेपाल निर्माण गर्ने, शान्ति, अग्रगमन, नयाँ संविधान, राष्ट्रिय स्वाभिमान कायम गर्न हामी सहभागि हुनेछौं भन्ने आशा र अपेक्षा सहित सम्पूर्णमा शुभकामना दिन चाहन्छु ।

(राष्ट्रिय स्वाभिमान साप्ताहिक वर्ष ११ अंक ४, २०६६ साल असोज १, गते बिहीबार प्रकाशित )