यो सबैभन्दा लचक र अन्तिम प्रतिवद्धता हो !


माओवादीले गरेको अहिलेको निर्णय बे्रक थु्र नै हो त ?
अबश्य हो । शान्ति र संविधानप्रति कोही राजनीतिक पार्टीहरु साँच्चै इमान्दार छन् भने यसले हामीलाई शान्ति र संविधान अगाडि बढाउनको लागि र यो सत्ता समीकरणलाई व्यवस्थित गर्नको लागि मद्दत पुर्‍याउँनेछ ।
के चाहिं गर्नुभयो र यो ब्रेक थु्र भयो ?
हाम्रो पक्षबाट सेना समायोजनसम्बन्धी जसरी चर्चा परिचर्चा हुँदै गरेको छ । सम्मानजनक ढंगले शान्ति प्रक्रिया र नेपालको अन्तरिम संविधानको मर्म र भावनाअनुसार सेना समायोजनलाई व्यवहारिक रुपले अगाडि बढाउन एकीकृत नेकपा-माओवादी०ले आˆनो प्रतिवद्धता जाहेर गरेको छ । यो आफै ब्रेक थु हो । विस्वास गर्ने भनेको आपसी विस्वास हो । जसरी हामीले गर्यौ त्यसरी नै, संविधान लेखन, संघीयता, धर्मनिरपेक्षता, सुशासन र जनतालाई सेवा दिने कुराहरुमा अन्य राजनीतिक दलहरुले पनि जनतालाई विस्वास दिलाउनुपर्ने जरुरी छ ।
अब यहाँहरुले सार्वजनिक गरेको प्रस्तावअनुसार आठ हजारको हाराहारीमा समायोजन गर्ने, पुनस्र्थापना प्याकेज ५ देखि १० लाख दिनुपर्ने र केन्द्रीय स्तरका नेताहरु कमाण्डर फिर्ता हुने लगायत कुराहरु छन् । यी चाहिं विगतमा भनेजस्तै सार्वजनिक भएका हुन् कि सर्वसम्मत ढंगले कार्यान्वायन पनि हुने खालका हुन् ?
एकीकृत नेकपा माओवादीको नेतृत्वमा सरकार गठन हुन्छ भने भदौ १४ भित्रै यी बिषयहरुलाई समाधान गर्नका लागि हामी प्रयत्न गर्छौं, पहल गछर्ौ । त्यसको समयसीमा पनि तोकिएको छ, योजना पनि छ । कार्ययोजना र समयसीमा अन्य राजनीतिक दलहरुले जसरी मागेका थिए, त्यसलाई समयसीमा र कार्ययोजनालाई सम्बोधन गर्ने प्रकारले हामीले प्रस्ताव राखेका छौ ।
त्यसकारणले सेना समायोजनको लागि अधिकतम् लचकतापूर्वक एकीकृत माओवादीले आˆनो प्रतिवद्धता जाहेर गरेको छ । यो सबैभन्दा लचक र अन्तिम प्रतिवद्धता हो ।
भनेपछि यो पनि सशर्त रहेछ । यदि माओवादी नेतृत्वमा सरकार बनेन भने यो आगामी दिनमा तत्काल कार्यान्वायन हुने त देखिएन ?
यो अरुले कार्यान्वयन गर्न सक्ने भए अर्थात शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्ने भए अहिले यस्तो किसिमको स्थिति हुने नै थिएन । अन्य राजनीतिक दलहरुले सकेनन् । नेपाली जनताले शान्ति र संविधानको अन्तिम निष्कर्ष र निचोड दिनको लागि एकीकृत नेकपा -माओवादी०लाई नै नेपाली जनताले ठुलो दल बनाएर अगाडि सारेका हुन् । र त्यो ऐतिहासिक अभिभारा हामीले नै पूरा गर्नुपर्छ भनेर यो लचकता प्रस्तुत गरेका हौं ।
सहमतिको सरकारको लागि केही दिन अगाडिमात्रै पहल भएका थिए । त्यसले नेटो काटिसकेपछाडि यहााहरुले यतिवेला आएर यी सहमति गर्न सकिने लचकता प्रस्तुत गर्नुको गुदी कारणचाहिं के हो ?
यसको गुदी कारण भनेको शान्ति र संविधान हो । अरु गुदी कारण त यसमा के खोज्ने हो र । शान्ति र संविधानलाई यो संक्रमणकालको अन्त गरेर जसरी राष्ट्र अनिर्णयको बन्दी बनेर कैदी बनेर रहेको छ । प्रतिगामी शक्तिले जनताले संघर्ष गरेर प्राप्त गरेका अधिकारहरुलाई खोस्नको लागि ठूलो षड्यन्त्र गरीरहेका छन् । त्यसलाई समाप्त गर्दै, चिर्दै अनिर्णयको कैदबाट राष्ट्रलाई निकाल्नको लागि नयाँ ढंगले यो प्रक्रिया अगाडि बढाउनको लागि हो ।
हामीले प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रिय सरकार कायम गर्छु, शान्ति र संविधानलाई सुनिश्चित गर्छु भनेका कारणले नै हामीले समर्थन गरेका थियौं । तर सरकारको नेतृत्व गर्ने, संविधानसभाको नेतृत्व पनि आˆनै पार्टी आफ्नै दलले गर्ने, यता संवैधानिक समितिहरुमा पनि उहाँहरु नै बस्ने, तर न शान्तिको काम गर्ने न संविधानको काम गर्ने, उल्टो एकीकृत माओवादीलाई आरोप लगाउने जुन काम भयो, त्यसलाई अन्त गर्नको लागि पनि हामीले हाम्रो एजेण्डालाई अगाडि सारेका हौं ।
भनेपछि यहाँहरुले आˆनो नेतृत्वमा सरकार बनिसकेपछि यहााले भनेका सम्पूर्ण कुराहरु पूरा हुन्छन् भन्ने विस्वासका साथ अगाडि बढ्नुभयो ?
विल्कुलै यो राष्ट्रले दिएको र जनमतले दिएको अधिकार हो । यदि एमालेजस्तै, अथवा संविधानसभाको निर्वाचनको मत परिणामको हिसाबले एमाले कांग्रेस हामीजस्तै वा हाम्रो पोजिसनमा हुन्थे भने कहिल्यै पनि अरुलाई उनीहरुले सरकारमा जान दिने थिएनन् । तर उनीहरु सााच्चै असल लोकतन्त्रवादी हुन् भने उनिहरुले जनादेश अर्थात जनमतलाई सम्बोधन गर्नुनै पर्छ ।
एकीकृत माओवादीलाई अलग गरेर शान्तिप्रक्रिया र संविधान लेखन प्रक्रिया सम्पन्न हुन सक्दैन र सकेन पनि । त्यसकारणले एकीकृत नेकपा -माओवादी०को नेतृत्वमा सरकार बन्यो भने यी सबै बिषयहरुको हल हुन्छ । हामी त्यो हल गर्ने प्रतिबद्धता नेपाली जनतासामू पस्केका छौं ।
बहुमतीय प्रणालीमा गए पनि सहमतीय सरकार बन्ने अथवा त्यो नभए शान्ति र संविधानका काममा अगाडि बढ्न अन्य दलहरुचाहिं यहााहरुसाग विस्वस्त भएर आउने सम्भावना कति देख्नुभएको छ ?
अबको प्रधानमन्त्री हाम्रो पार्टीको उपाध्यक्ष बाबुराम भट्टराई भएपनि वा रामचन्द्र पौडेल प्रधानमन्त्री भएपनि यो शान्ति र संविधानलाई सुनिश्चित गर्ने कुरामा हामी सबै केन्दि्रत हुनुपर्छ र हाम्रो अर्जुनदृष्टि शान्ति र संविधानमा हुनुपर्छ । सरकारलाई बनाउने भत्काउने विघटन गर्ने अनि त्यसैमा रमाउने संसदीय राजनीतिक पार्टीहरुको संस्कारगत जुन स्वभाव हो त्यसलाई परित्याग गर्नुपर्छ । यो नगर्दा सम्म अगाडि बढ्न सकिदैन भन्ने कुरा गहिरो गरी महसुस भएको छ सबै राजनीतिक दलहरुलाई । त्यसकारण हामी अगाडि जान सक्छौं ।
यहााहरु भित्रै पनि एकमत छैन भन्ने आरोप अन्य दलको छ नि ?
हामी सम्मानजनक समायोजन गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र नेपाली जनताको अग्रगामी संविधान नेपाली जनतालाई दिने प्रतिवद्धता र बाचासहित एकढिक्का भएर अगाडि आएको कुरा तपाईहामीले बुझ्नुपर्छ । यद्यपि एउटा जिवीत पार्टीभित्र विचारहरु हुन्छन्, बहसहरु हुन्छन्, विचारहरुको बीचमा बहसहरु हुनु स्वाभाविक हो । त्यो पार्टीको जीवन हो । त्यो लोकतन्त्रको जीवन हो । लोकतन्त्रको सुन्दरता अर्थात हामीले जनवादको सुन्दरता पनि त्यसैलाई भन्छौं ।
विगतमा यहाँहरुले भन्दै आउनुभएको विभिन्न नेपालभित्रका शक्तिमात्र होइन, अन्य पक्षको पनि उत्तिकै नेपालको राजनीतिमा प्रभाव रहन्छ भन्ने विष्लेषण गर्नुहुन्थ्यो, पछिल्लो चरणमा यहाँहरुले अघि सारेका प्रस्ताव र यहाँहरुको नेतृत्वको सरकारलाई ती अन्य पक्षले चाहिं कसरी हेरिरहेका छन् त ?
यो उनीहरुले कसरी हेरिरहेका छन्, उनीहरुले जान्ने कुरा हो । हामीले नेपालको राजनीतिक शक्तिहरु पार्टीहरु एकढिक्का भएर अगाडि बढ्ने प्रतिवद्धता बाँचासहित र एउटा उच्च प्रकारको समझदारी सहित  गए अन्य बाहिरबाट गर्नेहरुको हस्तक्षेप न्यूनिकरण हुन्छ अर्थात न्यून हुन्छ । यदि हामीले अरुको मुख ताक्ने त्यस्तो किसिमको स्थितिमा विदेशीहरुको हस्तक्षेप बढेर जान्छ । त्यसकारण हाम्रो पार्टीले के मा जोड दिन्छ भने हामी हाम्रै धरातलमा टेकेर हाम्रै खुट्टामा उभिएर हाम्रै आˆनै विवेक र बुद्धिले हाम्रो आˆनो देशको भाग्य र भविष्य कोरौं । त्यसमा नै हाम्रो कल्याण हुन्छ, नेपालीहरुको कल्याण छ । यो चाहिं नेपालीहरुको राष्ट्रिय स्वाभिमानको रक्षा पनि त्यसरी नै हुन्छ भन्ने प्रतिवद्धताका साथ एकीकृत नेकपा माओवादी अगाडि बढेको छ । अहिले पनि हामी त्यही कुरामा जोड दिन्छौं । अब अरु कसले कहाँ के गर्छ, त्यो चाहिं सम्बन्धित पक्षको कुरा हो ।
अन्तिममा के यहाँहरुको नेतृत्वको सरकार आगामि ११ गते नै निर्माण हुन सक्छ भनेर नेपाली जनताले अब विस्वास गर्दा भो ?
नेपाली जनतालाई हामी के भन्न चाहन्छौं भने अब नेपाली जनताले चाहेको पनि र हाम्रो पार्टीको उम्मेदवार बाबुराम भट्टराईलाई अन्य पार्टीहरुले मतदान गर्नु नपर्ने त्यस्तो किसिमको कुनै पनि स्थिति छैन । यसर्थ अबको प्रधानमन्त्री बावुराम भट्टराई नै हो भनेर विश्वास गर्दा हुन्छ ।