नेपालको राजनीतिक आकाशमा अन्यौल र अनिश्चितताको कालो वादल मडारिंदै छ । यसका दुइवटा कारण छनः एक आन्तरिक र दुइ बाह्य । आन्तरिक कारण मध्य राजनीतिक दलहरुको सामन्ती अधिनायकवाद र राजनीतिक संक्रमणकाल महत्वपूर्ण पक्ष हो भने बाह्य कारणमा भारतीय राजनीतिमा अमेरिकी प्रभाव र प्रभुत्व र नेपालको राष्ट्रिय राजनीतिमा भारतीय अतिक्रमण र हस्तक्षेप ।
नेपालको विद्यमान संकटग्रस्त राष्ट्रिय राजनीतिलाई समयमै समाधान गरी राजनीतिक स्थिरता, स्थायित्व, अग्रगमन र आर्थिक सामाजिक रुपान्तरण गर्ने कुरामा सचेत अग्रगामी राजनीतिक शक्ति र शान्तिप्रिय नेपाली जनता चिन्तित छन् । त्यसका लागि शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्याउने, समयमै जनताको नयां संविधान लेख्ने, राज्यको पुनर्संरचना गरी सम्पर्ूण्ा वर्ग जाति, क्षेत्र, लिंगका जनताको समस्याको सम्बोधन गरेर नेपाली समाजको मौलिक र गुणात्मक परिवर्तन गर्न एकीकृत नेकपा -माओवादी) चाहन्छ भन्ने कुरा नेपाली जनताले बुझेका छन् । विदेशी हस्तक्षेप र राजनीतिक अतिक्रमणको अन्त गरी नेपाली मौलिकता र विशेषता सहितको २१ औं शताब्दीको नयां राजनीतिक प्रणाली, स्वतन्त्र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, सांस्कृतिक रुपान्तरण र सामाजिक सम्मान नेपाली जनताको चाहना हो भन्ने कुरा प्रस्ट छ ।
नेपालका प्रतिगामी, प्रतिक्रियावादी शक्ति यो कुरा सुन्न पनि सक्दैनन् । कुनै विदेशी प्रभु वा सैन्य बलको उपग्रह बनेर आफ्नो अस्तित्व रक्षाका लागि संर्घष्ा गरिरहेका यथास्थितिवादी शक्तिहरुले शान्ति अग्रगमन र परिवर्तनकेा चाहनालाई आत्मसात गर्न सकेका छैनन ।
सच्चा लोकतन्त्रवादीले मात्रै जनताप्रति उत्तरदायी हुन्छ, जनचाहना बुझ्छ र लोकतन्त्रको रक्षा र विकास गर्न सक्छ । सामन्ती अधिनायकवादी तत्वबाट लोकतन्त्रको रक्षा र विकास हुन नसकेको कुरा विगत ६ दशक लामो लोकतान्त्रिक आन्दोलनको इतिहासले पुस्टि र प्रमाणित गरेकेा छ । २१औं शताब्दीको सामन्ती अधिनायवाद स्वतन्त्र आत्मनिर्भर भएर बांच्न सक्दैन । कांग्रेस र एमालेको सामन्ती अधिनायकवादले हिजो राजतन्त्र र विदेशी प्रभुको उपग्रह बनेर सत्तामा टिक्न प्रयत्न गरेके थियो । राजतन्त्रको अन्तपछि सेना र विदेशी प्रभुको गोटी बनेर अस्तित्व रक्षा गर्ने अभियानमा लागेकेा छ ।
सत्तास्वार्थको मतान्धताका कारण यो शक्तिले सबै प्रकारको देशी विदेशी प्रभुका अगाडि आत्मर्समर्पण गर्छ । राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र उज्वल राजनीतिक भविष्यलाई देख्न सक्दैन । निहित सत्तास्वार्थका लागि लोकतन्त्र र राष्ट्रियताको सौदावाजी गर्न यो शक्ति पछि पर्दैन । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले यो कुरा पुष्टि र प्रमाणित गरेको छ । कांग्रेस, एमाले समेतका पार्टर्ीीले राष्ट्रिय राजनीतिलाई प्रतिगमनतिर लगेका छन् । नेपालका घोर दक्षिणपन्थी प्रतिक्रियावादी तत्व विदेशी प्रभुको गोटीको रुपमा काम गर्दै गएका छन् । सच्चा लोकतन्त्रवादी शक्तिहरु कमजोर बन्दै गएका छन्, त्यसले राष्ट्रिय राजनीतिमा गम्भीर संकट पैदा भएको छ । शान्ति प्रक्रिया धरापममा पर्दैछ ।
नेपाल दक्षिण एशियाको रणनीतिक सामरिक स्थानमा अवस्थित छ । भारत नेपालको राजनीतिबाट निर्ण्ाायक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न चाहन्छ । अमेरिका पनि उसको सघन उपस्थिति र प्रभुत्वका लागि रणनीतिक र योजनावद्ध रुपले आफ्नो घुसपैठ र प्रभावलाइृ विस्तार गर्दै लगेको छ । भारतले सन् २००० पछि अमेरिकी नीतिमा गुणात्मक परिवर्तन गर्दै लगेको छ । अमेरिका-भारत आणविक तथा सुरक्षा सन्धीले दक्षिण एशियामा अमेरिकी साम्राज्यवादको प्रभाव सघन बन्दै गएको छ ।
भारत आफुलाई दक्षिण एशियाको प्रभुशक्ति राष्ट्रको रुपमा विकास गर्दै लगेको छ । साना छिमेकी देशहरुसित समान सम्मानजनक सहअस्तित्वको सिद्धान्त स्वीकार गर्न उ तयार छैन । छिमेकी देशमा राजनीतिक अस्थिरता, युद्ध वा आतंक थोपरेर एकछत्र प्रभुत्व कायम गर्ने कुटिल राणनीतिक नियतका साथ अगाडि बढेकेा छ । त्यसैले भारत र अमेरिका दुबै नेपालमा शान्ति, राजनीतिक स्थायित्व र स्थिरता चाहदैनन् । त्यसैे नेपालको शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्याउने नयां संविधान लेख्ने, शान्ति र अग्रगमनलाई नेपाली जनताको चाहना अनुसार अगाडि बढ्न नदिने कुरा पछिल्ला गतिविधिले प्रस्ट पारेकेा छ । यसबाट प्रतिगामी प्रतिक्रियावादी तथा यथास्थितिवादी तत्व उत्साहित र सक्रिय बन्दैछन् ।
रुकमाङगत कटवालको थमौतीका लागि राष्ट्रपति रामवरण यादवलाई संविधान विपरित निर्ण्र्ाागर्न लगाउने, मधेशी जनअधिकार फोरमलाई फुटाउने, एमालेका नेता झलनाथ खनाल र माधव नेपाललाई अलग अलग प्रधानमन्त्रीको हरियो घा”स देखाएर माओवाीलाई दिएको र्समर्थन फिर्ता लिन दवाव दिने, माओवादी सरकार गिराउने, विद्या भण्डारीलाई रक्षामन्त्री बनाउन लगाई शान्ति सम्झौता विपरित नेपालमा हतियार पठाउने वातावरण मिलाउने खेल नेपालका दक्षिणपन्थी प्रतिगामी तत्व र भारतीय शासक गुटबाट भएको सबैले बुझेका छन्, देखेका छन् । नेपालमा शान्तिप्रक्रिया भा”ड्ने, सैनिक अधिनायकवाद लाद्ने, गृहयुद्ध भड्काउने हतियार सप्लाई गर्ने र आफ्नो राजनीतिक आर्थिक एकाधिकार कायम गर्ने रणनीतिमा नेपालको कठपुतली सरकारलाई विदेशी प्रभु गोटीको रुपमा प्रयोग गर्न सफल भएका छन् ।
भारतको नेपाल नीतिको तीन वटा स्वार्थ छ । एक सुरक्षा, दर्ुइ प्राकृतिक श्रोत, विशेष जलस्रोतको उपयोग, तीन आर्थिक एकाधिकार । त्यसका लागि राजनीतिक नियन्त्रण र कठपुतली सरकार अनिवार्य छ । त्यसप्रकारको सरकार टिकाउनका लागि जनर्समर्थन वा सैनिक अधिनायकवाद अनिवार्य छ । भुटानमा त्यहांको निरंकुश राजतन्त्र भारतीय र्समर्थन र सैनिक अधिनायकवादमा टिकेको छ । नेपाललाई वर्मा, बंगलादेश वा अफगानिस्तानको ठाउंमा पुर्याएर विदेशीप्रभु र सैनिक अधिनायकवादको आडमा सत्तामा टिक्ने इण्डो-अमेरिकी योजना अनुसार संसदवादी दलहरु अगाडि बढेका छन् । त्यसैले नेपालको शान्तिप्रक्रिया धरापमा पर्दैछ ।
राजतन्त्रको अन्तपछि सेना प्रमुख रुकमाङगत कटवालले नागरिक सरकारका र स्वयं अदालतका निर्देशन र आदेश ठाडै अवज्ञा गर्दै आएको कुरा जगजाहेर छ । सरकारले भारतसितको हतियार भित्राउने पछिल्लो निर्ण्र्ाासैनिक मुख्यालयको निर्देशनमा भएको छ । यो शान्तिसम्झौताको ठाडो उल्लंघन र सैनिक फासिवादको निकृष्ठ नमुना हो । यसबारे अनमिनले गम्भीर चिन्ता प्रकट गर्दै संयुक्त राष्ट्र संघको मुख्यालयमा हालसालै एक पत्रकार सम्मेलन गरी नेपालको शान्ति प्रक्रिया गम्भीर मुठभेडको अवस्थामा पुगेको चिन्ता जाहेर गरेको छ । यी सबै गतिविधि माओवादीमाथि निर्मम दमन गर्ने रणनीतिक योजना अनुसार भएका छन् ।
संविधानसभा विघटन गर्ने सेनाको आडमा राष्ट्रपति शासन लागु गर्ने, ‘संविधान लिखचुका हैं, निर्धारित समयमा घोषणा हो जायगा’ भन्दै भारतीय शासक गुटका उच्च अधिकारीले नेपालका राजनीतिक दलका नेताहरुलाई आस्वास्त पार्ने कुराले देशमा गंभीर घटना घटाउने र रक्तपात मच्चाउने षड्यन्त्र भएको प्रष्टै देखिन्छ ।
बाह्रबुंदे सहमतिको औचित्य समाप्त भैसकेको छ । जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताहरुबीचको संवाद टुटिसकेको छ । भेटभए पनि औपचारिक, उपरी र सतही कुरा मात्रै हुने गरेको छ । शान्तिप्रक्रियालाई तार्किक निस्कर्षा पुर्याउने, संविधान लेखन र देशको आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक दल, उच्चप्रकारको विश्वास र सहमति आवश्यक छ । तर स्वयं जिम्मेवार नेताहरु देशी विदेशी प्रतिगमकारी प्रतिक्रियावादी शक्तिको गाटी बन्दै गएको कुरा जनताले महसुश गर्दैछन् । संविधानसभाका काम अवरुद्ध हुंदैछन् । संवैधानिक समितिको सभापति दुइमहिनादेखि खाली छ । कांग्रेस र एमाले त्यो पदपर्ूर्तिका लागि संवादको ढोका बन्द गरेर बसेका छन् । सरकार आफ्ना मानिसलाई उच्च ओहोदामा भर्ति गर्न आयआर्जन र ब्रमलुटको कर्ममा केन्द्रित छन् । यी सबै गतिविधिले शान्तिप्रक्रिया र अग्रगमन गंभीर धरापमा पर्दै गएको छ र तयसको प्रत्यक्ष मार नेपाली जनतामा पर्ने खतराको कालो वादल देखा परेको छ ।
Comment Here