संसार बदल्ने जनता नै संसारको मालिक
भनिन्छ इतिहासको निर्माता जनता हो । राष्ट्रियताको रक्षक र पहरेदार पनि जनता नै हो । संसार सिंगार्ने श्रमजीवि वर्ग पनि जनताकै कित्तामा पर्छ । स्पार्टकसको दास विद्रोह होस वा यूरोपको औद्योगिक क्रान्ति, रुसको अक्टोवर क्रान्ति होस वा चीनको नयाँ जनवादी क्रान्ति, भारतको अंग्रेज धपाउ आन्दोलनहोस् वा नेपालको राणा विरोधी आन्दोलन, सबै निणर्ायक क्रान्तिको बाहक शक्ति अन्तिम निष्कर्षमा उत्पीडित जनता नै हुन । ०४६ सालको आन्दोलन, महान् जनयुद्ध र ०६२/०६३को उन्नाइसदिने आन्दोलनको निणर्ायक शक्ति जनता नै थियो ।
दशवर्षे जनयुद्धको क्रममा लाखौं जनताको न्यानो समर्थन सहयोग, संलग्नता र माया नहुँदो होस त नेकपा -माओवादी)लाई सफलताको यो चरणसम्म आउन सम्भव हुने थिएन । अन्तिम निष्कर्षमा प्रत्येक क्रान्तिको निणर्ायक शक्ति जनता नै हो । जनताको संलग्नता र सहयोग विना कुनै क्रान्ति सफल हुन सकेको छैन । परिवर्तनको बाहक र नयाँ युगको निर्माता पनि अन्तिम निष्कर्षमा जनता नै हो । त्यसैले उत्पीडित जनता साँच्चै महान् छ र त्यो वर्गले संसारमा उथलपुथल ल्याउँदै आएको छ ।
पुरानो युगलाई बदल्नका लागि जनताले रगत र पसिना बगाउँछन् । श्रमले संसार सिंगार्छन् । रगत र पसिनाले धर्ती सिँचन्छन् तर त्यसको फल श्रमिक संसारले उपभोग गर्न पाउँदैन । एउटा सीमित वर्ग समूहले मात्रै करोडौं जनताको रगत पसिनामाथि मोजमस्ति गर्छ । युगौंदेखि यो परम्परा कायम हुँदै आएको छ । आफूले लगाएको खेती आँफैले भित्राउन पाउने, आफुले रोपेको बोटको फल आफैले टिप्न पाउने र आफुले बु्नेको कपडाले आमा, श्रीमतीको इज्जत र बालवच्चाको नांगो आँङ ढाक्न पाउने र आफु मर्दा कात्रोको अधिकार सुनिश्चित गर्न निणर्ायक क्रान्ति एक्काइसौं शताब्दीको अनिवार्य नियती बनेको छ ।
एकपटक हामी गाउँघर, सुकुम्बासी तथा मुक्त कमैयाको बस्तीमा गएर उनीहरूको आन्तरिक अवस्थाको अवलोकन गरौं । उपरी, सतही र बाहिरी आँखाले हेर्ने धेरै हुन सक्छन्, सहानुभूति र सहयोगको खोक्रो पाखण्ड प्रदर्शन गर्नेहरू पनि प्रसस्तैछन् । उनीहरूको यो जनतालाई लुट्ने पाखण्डीप्रलाप मात्रै हो । एकपटक उनीहरू भित्रको पीडा प्रताडना र मनोदशा उनीहरूको मनभित्र पसेर पढ्ने प्रयत्न गरियो भने उनीहरूको छाती भित्र दर्द र पीडाको महाभारत लुकेको छ । प्रत्येक गरीब वस्तीमा बखते, सन्ते, तुलसे, डल्ली र भुण्टीहरू भेटिन्छिन् । एकपटक उनीहरूको मन छाम्यो भने उनीहरूभित्र अथाह पीडा र वेदना भेटिन्छ ।
बखतेले चालिस वसन्त काटे । तीन छोरा, छोरी, श्रीमती र वृद्ध आमाबाबुको पालनपोषणको जिम्मा उनको काँधमा छ । अंशमा परेको अलिकति खेत र पाखोबारीमा वर्षभरी कमगर्दा तीन महिना खान पुग्दैन । बिहान बेलुका हातमुख जोर्ने समस्या, श्रीमतीको इज्जत ढाक्ने एकसरो गुनियो चोली, डल्लीको विवाह, छोराको कापीकलम, फी, लालनपालको चिन्ता अनि पशुपति साहुको ऋण, दोकानमा उधारो, कहिलेकाहीँ साँझ बिहान आउने पाहुनापाछाको इज्जतको पीर, बुढा बुढीको औषधी उपचार रेखदेखको भारी बोकेर बखते र सुन्तलीले मलिन र चाउरी परेको अनुहार लिएर बाँचेका छन् । तुलसेले जनतन छोरालाई दशसम्म पढाए । अब न बढी पढाउने हैसियत छ न कतै रोजगारी पाउँछ । युग सुहाउँदो इज्जत थामिदिन तुलसी कति चिन्तित छन् । डल्ली हर्लक्कै बढी । वरपरका केटाले आँखा लगाउन थाले । छोरीको मर्म र पीर आमालाई कति हुन्छ उनीहरूलाई मात्रै थाहा छ । साहूको ऋण चुलिएको छ । व्याजसम्म चलाउन सकेको छैन । गैरी खेत बेचेर पुरानो ऋण तिरेको कति नै भयो र ।
पोहोर दशैंमा ल्याएको कपडाको लगान उठाउन काले साहूको प्यादा गाउँ पसेको छ । प्यादा साहू भन्दा कडा छ । गाउँमा पसेपछि गरीब वस्तीमा आतंकै मच्चिन्छ । पिप्ला रुखे लाहुरे साईंलासित मागेको सापट फिर्ता दिन सकेको छैन । भन्दाको दिन नदिए फेरि हात थाप्ने बाटै बन्द हुन्छ । अस्ति साँझ पाहुना परे । बल्लो घर देवी कहाँबाट चामल पैंचो मागेर गुजरा चलाइयो । पैंचो फर्काउने चिन्ताले बखतेकी बुढी चिन्तित छन् । दुःख पोख्ने ठाउँ छैन । काम गर्दागर्दै आँत सुकेर हुरुक्कै हुन्छ, खानु छैन । विचरीले साह्रै भएपछि कसैले नदेख्नेगरी दुईथोपा आँसु झार्ने सिवाय अरु केही उपाय छैन ।
हिरे दलाललाई नब्बेहजार ख्वाएर साउदी पुगेकेा थियो । केही दिन मै उतै वितेछ । घरखेत ऋण हालिदिने साहुले स्यारो । विचरा माइली चार भूराभूरी तोपेर हरीको गोठमा पाली हालेर बसेकी छ । रोजगारी खोज्दै बम्बै पुगेको हरिकृष्णले एड्सको भारी बोकेर आएछ । आज मर्ने हो कि भोली थाहा छैन । तारे भीरमा बाटो खन्न गएको छवे काली गण्डकीमा खसेर मृत्यु भएको खबरले रातदिन रोएर काटेका छन् साठी वसन्त काटेका बुढा बुढी । एक्लो छोराको मृत्युको समाचारले इन्तुन चिन्तु भएका बृद्धा तङ््गि्रन्छन् कि तङ््गि्रन्नन् थाहा छैन । दयालु गाउँलेले किरियाकाष्टा गरिदए िर पानीसम्म फुकाईदिए ।
यो बर्ष अनिकाल पर्यो । घरमा एकगेडा अन्न थिएन । नयाँ दुलहीले खाजोकोलागि साँचेकात भुजा र तरकारी खाएर राँकेसंक्रान्ती मनाएको हिजो जस्तो लाग्छ । पल्लो घरमा मासु पाकेको हरक सुँघेर बहिनीले बा को अनुहार तिर पुलुक्क हेर्दा बाको मुटु चरक्कै चिरिएको कुरा निरिह एवं उदासिन अनुहारमा प्रतिबिम्बित भएको प्रस्टै देखिन्थ्यो ।
समयमा ऋण तिर्न नसके र बालाई नालेस पर्यो । तायजादको लागि दैलामा सूचना टाँस गरेको स्मरण गर्दा अझै पनि मुटु चिसो हुन्छ । कृषि ऋण फिर्ता गर्न नसक्दा गोरखापत्रमा घरखेत लिलामको लागि सूचना प्रकाशित हुँदा एक निरिह किसानको के हविगत हुन्छ भन्ने कुरा पनि उसलाई मात्रै था छ । कृषिको एकाउन्न सय ऋणको सावाव्याज पटकपटक गरी सैतिसहजार भन्दा बढी बुझाएर बा मरेपछि बा का हाड सुकिलो पार्नेहरू नेपालमा धेरैछन् ।
सुकुम्बासी छाप्रोमा पुलिसले आगो लगाईदियो । सबै थोत्रामोत्रा खरानी भए । सुत्केरी मैती र लालाबालालाई ओत लाग्ने ठाउँ नहुँदाको पीडा कहलमामा बस्नेलाई के थाहा । गम्भीरेकी सुत्केरी हुन नसकेर मरिन्, दुई छोराछोरी कुपोषण लागेर मरे, सुन्तलीको वृद्धभत्ता सचिवले खाइदियो । देउदत्तेलाई झुटो मुद्धा लाग्यो । न्यायाधीशलाई घुसदिन सकेन मुद्धा हार्यो । खेतवारी सबै हर्के साहुले हड्प्यो । रामकृष्णेले भनसुन र सकेजति घुस ख्वुाएर मुस्किलले जागीरमा लागेको थियो । तर सरकार फेरियो अनि जागिर गयो । आत्मसम्मान, स्वाभिमान, इज्जत र विचारको विनिमय गरेर पनि जागिर थामिन सकेन । धन्य तिम्रो राजनीति ! धन्य जनताको राजनीति !
यी र यस्तै यस्तै हजारौं कथा र व्यथाले आक्रान्त नेपाली समाज सकि नसकी चलेको छ । लाखौं गरीब नेपाली जनताको मनमा कसरी बाँच्ने भन्ने पीडाको बोझले थिचेको छ । पीडा थाम्न नसक्ने कतिले आत्महत्या गरे कति हृदयघातको सिकार भए । यी नब्बे प्रतिशत भन्दा बढी जनताका साझा समस्या हुन् ।
इतिहासका निर्माता श्रमजीवि महान् नेपाली जनताको यो पीडा, प्रताडना र निरिहताको फाइदा उठाएर मुठ्ठीभर शोषक सामन्तवर्गले जनतको रगतपसिनामाथि मोजमस्ती गरेको छ । रकमी काइते ऐन कानुन र नियम बनाएर जनतामाथि लाद्ने, लखेट्ने र खेद्ने काम गरेको छ । सानालाई ऐन ठूलालाई चैन भन्ने प्रचलित नेपाली उखान नेपाली समाजमा मूर्त र जीवित रूपमा लागु भएको छ । नेपाली समाजको यो स्थितिलाई उल्ट्याउनु परेको छ ।
इतिाहासको वास्तविक निर्माता, संसार सिंगार्ने श्रमजीवि वर्ग समाजमा यसरी हेपिएको छ, दविएको र लखेटिएको छ । नेपाली समाजको यही होचो, अर्घेलो, हेपिएको, दविएको वर्गलाई वास्तविक परिवर्तन चाहिएको छ । विद्यमान राज्यसत्ताले वास्तविक जनताको मुक्तिको लागि राजनीति गरेको छैन । सत्ता स्वार्थका लागि जनताका नाममा वेइमानी भएको छ । सातसालदेखि अहिलेसम्म कत्ति पनि बदलिएको छैन । जस्ताको तस्तै छ । संविधानसभा पटकपटक सर्नु र समानुपातिक निर्वाचन प्रणाली अस्वीकार गरेर तराईमा समस्या बल्झाई राख्नुको अर्थ संविधानसभालाई फेरिपनि अनिश्चितताको भूवरिमा धकेल्नु सिवाय अरु केही होइन ।
नेपाली जनताले मुक्ति चाहेको छ । साहुको ऋणबाट मुक्ति, कृषि ऋणबाट मुक्ति, गासबास कपासको समस्याबाट मुक्ति, भ्रष्ट र निरंकुश शासनबाट मुक्ति, रोजगारीको चिन्ताबाट मुक्ति, औषधी उपचारको चिन्ताबाट मुक्ति, छोराछोरीको पढाई र कापीकलमको समस्याबाट मुक्ति । नेपाली जनताको सच्चा मुक्ति र सार्वभौम अधिकार यिनै अहं महत्वका विषयसित जोडिएको छ । आजदेखि सम्पूर्ण नेपाली जनता साहुको ऋणबाट मुक्त भए भन्ने घोषणा पछि जनताले मुक्ति भएको ठान्नेछन् । अब नेपाली जनता शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक हकको रूपमा प्रयोग गर्नेछन् भन्ने घोषणाको प्रतिक्षामा छन् । कुनै नेपाली भोकै मर्न पर्ने छैन र कोही पनि भ्रष्ट कुशासनको सिकार हुनुपर्ने छैन । सबै नेपाली विनाभेदभाव सम्मानित रूपले बस्न र बच्न पाउने छन् भन्ने सुनिश्चितता नेपाली समाजे खोजेको छ ।
नेपाली जनताले यिनै र यस्तै यस्तै कुराको अपेक्षा राख्दै राणाविरोधी पञ्चायत विरोधी वा भ्रस्ट शाही सत्ताका विरुद्ध आफ्ना माग बुलन्द पार्दै आन्दोलनमा उत्रे । दशवर्षे जनयुद्ध जनताका तिनै समस्याको सम्बोधन गर्ने निर्णयक युद्ध थियो । जनविरोधी प्रतिक्रियावादी यथास्थितिवादी तत्वले यस पटक पनि आन्दोलनलाई बीचैमा अलमलाई दियो । नेपाली समाजको यो अवस्था बदल्न राजतन्त्र सामन्तवादको सबै साइनो सम्बन्ध समूल नस्ट गर्नुपर्छ । त्यतिले मात्रैपुग्दैन । राजतन्त्रको अन्तपछि पनि जनतालाई दुखदिने सामन्त, दलाल, नोकरशाह वर्ग वाँकी रहने छ । त्यसका बिरुद्ध निणर्ायक संघर्ष गर्नु छ । संविधानसभा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हो । त्यसपछि पनि समस्या एकैचोटी समाधान भैहाल्छन् भन्ने छैन । विहारी गणतन्त्रको प्रदुषित प्रभाव नेपालमा पर्ने खतरा छैन भन्ने सोच्नु गलत हुनेछ । त्यसैले गणतन्त्रको संस्थागत विकास पछि राज्यको पूनसर्ंरचना सहित वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय समस्याको दीर्घकालीन रणनीतिक समाधान अनिवार्य छ । त्यसका लागि हामीले लामो संघर्ष गर्नुपर्छ ।
जनता साँच्चै इतिहासका निर्माता हुन । इतिहास बदल्ने निणर्ायक शक्तिपनि नेपाली जनतानैहुन् । घोप्टो चेप्टो सबै भोगेर आएका जनताहरू आँधी तुफान र सुनामी बनेर आउँदा संसारका बढेबढे तानशाहरू पनि तासको घर ढलेझैं ढलेका छन् । शान्तिपि्रय जनताले अशान्ति, अन्याय, भेदभाव र अपमान फुटेको आँखाले देख्न सक्दैनन् । जनताको न्यायपूर्ण आन्दोलनले कतै हार खाएको छैन । नयाँ नेपाल, निर्माण र नयाँ इतिहास कायम गर्न जनताले सचेत पहल र प्रयत्न गर्नुपर्छ । अहिले राष्ट्रको साझा संकल्प संविधान सभा हो । त्यसलाई सफल पार्ने दाइत्व पनि जनताकै काँधमा छ । इतिहासको प्रवाह रोक्न खोज्नेहरूको पहिचान गरी वर्तमान संकल्प पुरा गर्न सम्पूर्ण जनता एकजुट हुनपर्ने जिम्मेवारी फेरिपनि इतिहासले जनताको काँधमा सुम्पेको छ ।
४ माघ २०६४
Comment Here