अन्तिमसम्म पहल गछौं अध्यक्ष – प्रचण्ड


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी भदौ १४ गते सम्ममा शान्ति प्रकि्रया र संविधान निर्माणका मुलभुत कार्यहरु सम्पन्न हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस मोरङ-काठमाडौं सम्पर्क माचले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लडाकुहरुको पुर्नवर्गिकरण सकी संविधानको पहिलो मस्यौदा तयार गर्ने गरी माओवादी अघि बढेको बताउनुभएको हो । शान्ति प्रकि्रयाको हिस्सेदार पार्टी भएको नाताले माओवादी अन्तिम समयसम्म शान्ति र संविधानको लागि लागिराख्ने भन्दै उहाँले त्यसमा साथ दिन अन्य दलहरुलाई आग्रह गर्नुभयो । शान्ति र संविधानलाई टुङगाउन विशेष पहल लिन खोज्दा नै विभिन्न्ा कोणबाट अवरोध सिर्जना गरिए पनि अहिले माओवादी एक भएकाले शान्ति र संविधानको अभियानमा लागेको प्रचण्डको भनाई छ । लडाकु समायोजनका लागि नेपाली सेनाले दिएको सुझावका आधारमा पनि अघि बढ्न तयार रहँदै दोहोरो सुरक्षा प्रणली हटाउने काम सुरु गरिसक्दा पनि अन्य दल जिम्मेवार बन्न नसक्दा सहमतीको धरातल चिरा परेको प्रचण्डले बताउनुभयो ।