छैठौं विस्तारित बैठकको दोस्रो दिन -मंसिर ६ गते) सुरु भएको बन्दसत्रमा दुबैजना उपाध्यक्षहरुले आआफ्ना विचार राख्नुभएको छ ।
गोरखाको पालङटारमा भैरहेको विस्तारित बैठकमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र बाबुराम भट्टराईले यसअघि छलफलमा पठाएका दस्तावेजमा उठाइएका विषयवस्तुलाई थप प्रष्ट पार्नुभएको हो । बैठकमा आआफ्ना धारणा राख्दै उपाध्यक्षद्वयले पार्टीलाई अझ सुदृढ र एकतावद्व बनाएर लैजानुपर्ने बताउनुभयो । समय अभावका कारण अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनबारे प्रष्ट पार्न पाउनुभएन । बैठकको तेस्रो दिन अध्यक्षले आफ्ना विचारहरु राख्नुहुनेछ ।
Comment Here