दस्तावेजमाथि टिप्पणी गर्नेक्रम सकियो


पालुङटार, मंसिर ९ गते/ एकीकृत नेकपा माओवादीको छैठौं विस्तारित बैठकमा सहभागीको तर्फबाट बोल्नेक्रम सकिएको छ ।

बिहान पौने ९ बजेबाट सुरु भएको बैठकमा बिहिबार ५७ जना प्रतिनिधिले बोलेका थिए । सहभागीहरुले प्रतिनिधिहरुले तीनवटै दस्तावेजमा केन्दि्रत रहेर बैठकमा टिप्पणी गरेका थिए । बिहिबार बोल्ने प्रतिनिधिहरुले पनि पार्टी एकतालाई थप मजबुद बनाउन नेतृत्वमा विवाद आउन नहुने बताएका थिए । तीनै जना नेताविना पार्टीको भविष्य धरापमा पर्ने सहभागी प्रतिनिधिको सुझाव रहेको थियो । बिहिबार टिप्पणी गर्ने राज्य समितिमा कोचिला, किराँत, लिम्बुवान, अन्तराष्ट्रिय -यूरोप), प्रवास, ७ नं. राज्यसमिति, विशेष व्यूरो -मजदुर, विद्यार्थी र वुद्धिजीवि), ६ नं. राज्यसमिति, जवस हेर्ने राज्यसमिति, ५ नं. राज्यसमिति, साँस्कृतिक राज्यसमिति, ४ नं. राज्यसमिति, प्रचार विशेष राज्यसमिति, ३ नं. राज्यसमिति, केन्द्रीय सचिवालय, २ नं. राज्यसमिति, केन्द्रीय कार्यालय, वाइसीएल, १ नं. राज्यसमिति र केन्द्रीय सल्लाहकार रहेका छन् । यसअघि बुधबार सेतीमहाकाली, भेरीकणर्ाली, थारुवान, मगराँत, तमुवान, नेवाः, ताम्सालिङ, अवध, भोजपुरा र मधेश राज्यसमिति अन्तर्गतका सहभागी प्रतिनिधिहरुले तीनवटै दस्तावेजमा टिप्पणी गरेका थिए ।

शुक्रबार बिहान ७ बजे स्थायी समितिको बैठक बस्नेछ भने बिहान ९ बजेदेखि बैठकमा तीनवटै दस्तावेजका प्रस्तोताहरुले स्पष्टिकरण दिनुहुनेछ ।