दस्तावेजमाथि टिप्पणी गर्नेक्रम सुरु


पालुङटार, मंसिर ७ गते/ एकीकृत नेकपा माओवादीको छैठौं विस्तारित बैठकको चौंथो दिन सहभागीको तर्फबाट बोल्नेक्रम सुरु भएको छ ।

बिहान पौने ९ बजेबाट सुरु भएको बैठकमा बुधबार बेलुकासम्म ३४ जनाले बोल्ने क्रम सकिएको छ । ३० वटा राज्य समिति अन्तर्गत बुधबार १० वटा राज्यसमितिका सदस्यहरुले बोलेका छन् । जसअन्तर्गत सेतीमहाकाली, भेरीकणर्ाली, थारुवान, मगराँत, तमुवान, नेवाः, ताम्सालिङ, अवध, भोजपुरा र मधेश राज्यसमिति रहेका छन् । स्तावेजमाथि टिप्पणी गर्ने टोली नेताहरुलाई पार्टीलाई एकतावद्ध बनाइ क्रान्तिकारी रुपान्तरणको प्रक्रियामा अघि बढाउनुपर्ने विचार व्यक्त गरेका छन् । यसअघि पार्टी केन्द्रले सहभागीहरुमध्येबाट तीनवटै दस्तावेजका पक्षमा तीन तीन जना सहभागीहरुले बोल्न पाइने नियम मंगलबार बनाएको थियो । तीन वटा दस्तावेजमा भन्दा भिन्न मत राख्न चाहनेलाई पनि पहिल्यै नाम टिपाए अनुसार बोल्न पाउने नियम रहेको छ ।