काठमाडौं, श्रावण २५/ एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म शान्ति र संविधान टुंगोमा पुग्न नसक्ने बताउनुभएको छ ।
एसिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेशन एपेकको बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बहुमतीय सरकारले शान्ति प्रकि्रया र संविधान लेखन कार्यलाई निष्कर्षमा पुर्याउन नसक्ने बताउनुभएको हो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले यो समय राष्ट्रिय सहमतिका लागि मात्र उपयुक्त भएको जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्ड एपेकको बैठकमा सहभागी हुन साउन २२ गते मलेसिया जानुभएको थियो । एपेकले नेपालको लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा नै विकास गर्न खोजेको बताउनुभयो । जसका लागि जापान दक्षिण कोरिया अमेरिकालगायतका मुलुकहरु सहमत भएको प्रचण्डले बताउनुभयो ।
प्रकाशित मिति : २०६८ श्रावण २५ दिउँसो ३:४५ बजे
Comment Here