कांग्रेस एमालेले बेइमानी गरे


काठमाडौं, जेठ १९/ तीन बुँदे सहमतिको उल्लंघन गरेर काँग्रेस र एमालेले देश र जनताप्रति बेईमानी गरेको ठहर एकीकृत नेकपा माओवादीले गरेको छ ।

ए. माओवादीको स्थायी समितिको बैठकले तीन बुँदे सहमति शान्ति र संविधान निर्माण प्रक्रियाको आरम्भ बिन्दु भएपनि काँग्रेस र एमाललेले सहमतिको उल्लंघन गरेको निष्कर्ष निकालेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडँडामा बिहिबार बसेको ाबैठकले प्रधानमन्त्रीको राजीनामा, शान्ति र संविधानसँग जोडिएको भन्दै राजीनामा नआउनुका पछाडि शान्ति र संविधान प्रक्रिया अबरुद्ध गर्ने रणनीति रहेको जनाएको छ । बैठकले जनताले निर्वाचनमार्फत् सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा पठाएको पार्टीलाई अलग्याउने प्रयत्न आफैंमा शान्ति, संविधान र परिवर्तन विरोधी चालबाजी बाहेक अरु केही नभएको ठहर गरेको छ ।

स्थायी समिति बैठकले कांग्रेस र एमालेबाट सहमतिको उल्लंघन गरेर शान्ति र संविधान विरुद्ध गर्ने जुनसुकै क्रियाकलापको विरोध गर्ने निर्णय पनि गरेको छ ।