एकीकृत माओवादी र एमालेबीच ३ बुँदे सहमति


काठमाडौं, असोज १/ प्रधानमन्त्री निर्वाचनको जारी प्रकृयाले मुलुकलाई निकास दिन नसक्ने ठहर गर्दै एकीकृत नेकपा माओवादी र नेकपा एमालेले निर्वाचन प्रकृयामा सहभागि नहुने निर्णय गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र एमालेका शीर्ष नेताहरुविच आज भएको वार्तापछि यस्तो सहमति भएको हो । राजधानीको गैरीधारामा रहेको एक गैरसरकारी संस्थाको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री चयन प्रकृया नयाँ शीराबाट शुरु गर्न माओवादी अध्यक्ष प्रचण्डले उमेद्वारी फिर्ता लिने र मतदानमा दुबै दल सहभागि नहुने सहमति भएको हो ।

बैठकमा माओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष त्रय मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश तथा महासचिव रामबहादुर थापा बादल सहभागी हुनुहुन्थ्यो । यसैगरी एमालेको तर्फबाट अध्यक्ष खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, नेता केपी ओली र महासचिव इश्वर पोखरेल सहभागि हुनुहुन्थ्यो ।