प्रेस-वक्तव्य


प्रेस-वक्तव्य

हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी)को आज मिति १३ जेष्ठ, २०६७ मा बसेको स्थायी समिति वैठकका निम्न निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ :

१. शान्तिप्रक्रियाको तार्किक निष्कर्ष र नयाँ संविधान निर्माणको सुनिश्चितता नभएसम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरिएको छ ।

२. विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण काण्डबारे छानबिनका लागि स्थायी समिति सदस्य तथा सभासद् अमिक शेरचनको संयोजकत्वमा सभासद् चित्रबहादुर श्रेष्ठ र अधिवक्ता धर्म आचार्य सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

१३ जेठ, २०६७

दीनानाथ शर्मा

प्रवक्ता