एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Unified Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस विज्ञप्ति
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को स्थायी समितिको अनौपचारिक वैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । वैठकले लिएका निर्णयहरुको जानकारीका लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।
१. गत पिविको निर्णयअनुसार श्रावण महिनाभित्र जिल्ला भेला, भाद्र महिनाभित्र राज्य समितिको भेला तथा आश्विन पहिलो हप्ताभित्र केन्द्रीय समितिको विस्तारित वैठक गर्ने निर्णय गरियो । जिल्ला तथा राज्य भेलाको कार्यतालिका तयार गरिएको छ ।
२. राज्य पुनर्संरचना आयोग गठन गर्ने हाम्रो पार्टीको सैद्धान्तिक सहमति छ तर यो सरकारले राज्यपुनर्संरचना आयोग गठन गर्ने हैसियत राख्दैन । सरकारले अबिलम्ब राजिनामा गरेर राष्ट्रिय सहमतिको सरकार बनेपछि राजनीतिक सहमतिका आधारमा गठन गर्ने कुरामा हाम्रो विमति छैन ।
३. संविधानसभाको म्याद थपिएको एक महिना भैसकेको छ । तर, संविधानसभाको कार्यतालिका बनाएर समितिको रिपोर्टमा छलफल चलाउन आलटाल र बिलम्ब गर्ने तरिकाप्रति हाम्रो गम्भीर आपत्ति छ । अतः संविधानसभाको कार्यतालिका बनाई संविधान लेखन प्रक्रिया अगाडि बढाउन जोडदार माग गरिन्छ ।
४. सरकारले गरेको प्रमुख प्रतिपक्षसितको सल्लाहविपरित व्यवस्थापिका संसद्को बर्षे अधिवेशन बोलाउने एकपक्षीय निर्णय संविधानविपरित छ । सरकारले अबिलम्ब राजिनामा गरी राष्ट्रिय सरकारको गठन र अधिवेशन बोलाउने वातावरण बनाउनुको बदला एकपक्षीय रूपमा अधिवेशन डाक्नु मुठभेड निम्त्याउने षडयन्त्र हो भन्ने कुरा प्रष्ट छ ।
५. किसानहरुको लागि आवश्यक रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने सरकारी षडयन्त्रको विरोध गर्दै सहज र सुपथ मूल्यमा मलबिऊ उपलब्ध गराउने लगायतका किसान हकहितका पक्षमा संघर्ष गर्ने निर्णय गरिएको छ ।
१४ असार, २०६७
दीनानाथ शर्मा
प्रवक्ता
Comment Here