प्रेस विज्ञप्ति
राजतन्त्रको उन्मूलन भएपनि देश अझै अर्द्धसामन्ती र अर्द्धऔपनिवेशिक अवस्थामा नै रहेको छ । समाजमा सामन्तवादका अवशेषहरू विद्यमान छन् । वास्तविक जोताहा किसान जग्गाको मालिक बन्न पाएका छैनन् । क्रान्तिकारी भूमिसुधार सम्पन्न गर्नुपर्ने काम सिङ्गै बाँकी छ । सामन्तवाद र देशभित्र हुर्कंदै गरेको दलाल तथा नोकरशाही पुँजीवादलाई आडभरोशा र टेवा दिने काम साम्राज्यवादी र विस्तारवादी शक्तिहरूले गरेका छन् । देशमा राष्ट्रिय पुँजीको विकास हुन सकेको छैन ।
संविधानसभाको निर्वाचन भएपछि देशमा यतिखेर नयाँ संविधान बनाउने र राज्यको पुनर्संरचना गर्ने अभियानमा जनताको अभिमत पाएका राजनीतिक दलहरू कार्यरत छन् तापनि यस कार्यमा विभिन्न अवरोधहरू सृजना गर्ने र शान्ति सम्झौतालाई तार्किक निस्कर्षमा पुग्न नदिने दुस्प्रयासहरू साम्राज्यवादी र विस्तारवादी शक्तिहरूले प्रत्यक्ष अप्रत्यक्ष रुपमा गरेका छन् । यी सवलाई परास्त गर्न मुलुकमा निणर्ायक क्रान्तिको आवश्यकता छ र यसको निम्ति सबै क्रान्तिकारी शक्तिहरू एउटै कम्युनिष्ट पार्टीको झण्डामुनि गोलबन्द हुन आवश्यक छ ।
यतिखेर संविधानसभामा वामदलहरूको बर्चस्व हुनु गौरवको कुरा थियो । तर विभिन्न देशी विदेशी प्रतिक्रियावादीहरूले वामशक्तिमाझ विभाजन ल्याउने र तिनलाई मिल्न नदिने षड्यन्त्र गरिरहेका छन् । वर्तमान परिस्थितिमा राजनीतिक निकासको निम्ति वामदलहरूमाझ गठबन्धन कायम भई लोकतन्त्रवादी र देशभक्त शक्तिहरूलाई रुपान्तरणको मार्गमा नेतृत्व प्रदान गर्नुपर्ने आवश्यकता थियो । तर वाम गठबन्धन भएमा लोकतान्त्रिक मोर्चामा अवरोध पुग्नजान्छ भन्ने निहूंमा नेकपा (एमाले)को नेतृत्वदायी तह दक्षिणपन्थी गठबन्धनतर्फ लहसिन पुगेको छ । आठौं महाधिवेशनले पारित गरेको दिशालाई परित्याग गरी मित्रशक्तिमाथि आक्रमण गर्ने र वर्गशत्रुसंग टास्सिने काम गरी पार्टीलाई दक्षिणपन्थी भाषमा डुवाउने काम गरिएको छ । नेतृत्वले अख्तियार गरेको यस किसिमको गलत रणनीति र कार्यनीतिका कारण नेकपा (एमाले)ले आफ्नो वर्गीय पहिचान गुमाएको छ ।
नेकपा (एमाले)का विभिन्न तह र तब्कामा कार्यरत क्रान्तिकारी नेता र कार्यकर्ताहरू दलभित्र देखा परेको गलत सिद्धान्त र कार्यनीतिबिरुद्ध सङ्घर्षरत हुनुहुन्छ । हामीहरू अहिलेसम्म यिनै संघर्षरत कामरेडहरूको लाममा उभिएर पार्टीभित्र दुई लाइन संघर्ष सञ्चालन गर्दै आएका थियौं । तर हामीले एमालेको गलत दिशा सुध्रन नसक्ने ठहर गरी उक्त पार्टीमा विद्रोह गरी एनेकपा (माओवादी)मा समावेश हुने निर्णयका साथ पार्टी प्रवेशको घोषणा गरेका छौं । हजारौंहजार शहिदहरूको बलिदानका साथ महान जनयुद्ध लडेर थुप्रै उकाली ओराली पार गर्दै र क्रान्तिका थुप्रै अनुभवहरू संगाल्दै आएको एनेकपा (माओवादी) माक्र्सवादी-लेनिनवादी मार्गमा अडिग मुलुकको एकमात्र सच्चा सर्वहारा श्रमजीवी वर्गको राजनीतिक पार्टी हो र केवल यसको नेतृत्वमा मात्र जनताको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास भई देश जनवादी र समाजवादी क्रान्ति सम्पन्न गर्दे साम्यवादको बाटोमा अग्रसर हुनसक्छ भन्ने हामीलाई दृढ विश्वास छ । नेकपा (एमाले)मा कार्यरत क्रान्तिकारी कमरेडहरूलाई वेलैमा दक्षिणपन्थी यथास्थितिवादी बाटो समात्ने एमाले परित्याग गरी मूलधारको पार्टी एनेकपा (माओवादी)मा आउन हामी जोडदार आह्वान गर्दछौं ।
पार्टी प्रवेशको यस अभियानमा संलग्न हुने हामी कमरेडहरू निम्नअनुसार रहेका छौं ।
१. रामराज रेग्मी : कार्यालय सचिव नेकपा (एमाले) पूर्व गण्डकी अञ्चल समन्वय कमिटी,
अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति सदस्य
२. शालिग्राम पौडेल : निवर्तमान सचिवालय सदस्य नेकपा (एमाले) जिल्ला कमिटी कास्की,
पूर्व मेयर लेखनाथ नगर पालिका तथा कास्की क्षेत्र नं १ का
संविधानसभाको उपनिर्वाचनका उमेद्वार
३. ध्रुव ढकाल : अखिल नेपाल किसान महासंघ, राष्ट्रिय समिति सदस्य, माछापालन
किसान संघको केन्द्रीय अध्यक्ष, भू.पू. जिल्ला कमिटी सचिवालय सदस्य नेकपा
(एमाले) सर्लाही
४. दुर्गालाल चौधरी : पूर्व केन्द्रीय कमिटी सदस्य नेमकिपा, नेकपा -एमाले) क्षेत्रीय कमिटी सदस्य
क्षेत्र नं.४ सर्लाही, पूर्व अध्यक्ष थारु कल्याणकारी समिति सर्लाही
५. रामकेवल माझी : पूर्व जिल्ला कमिटी सचिवालय सदस्य नेकपा (एमाले) सर्लाही
६. नारायण बस्नेत : क्षेत्रीय कमिटी सदस्य नेकपा (एमाले) क्षेत्र नं. १, सर्लाही
७. सुमित्रा माझी : क्षेत्रीय कमिटी सदस्य नेकपा (एमाले) क्षेत्र नं.४
८. राजु ढकाल ः संगठित सदस्य नेकपा (एमाले) सर्लाही
९. तनुजा ढकाल ः संगठित सदस्य, नेकपा (एमाले) सर्लाही
Comment Here