डेरा
एकदिन विहान नित्यकर्मबाट निवृत भएर कोठाको पूर्वतिरको √यालबाट बाहिर सानो बगैचामा डकमक्क फूलेका गुलावको फूलमा हेरेर टोलाई रहेका थिए । मनमा नानाथरी विचार, भावना र संस्मरणका तरंगहरू बषिर्न थाले । मेरो परिवेश, मेरो घर छरछिमेक शान्त छ । अलिपर गणेश मन्दिरमा विहान चारैबजेदेखि शंख, घण्ट र भजन, किर्तनको हल्लासित म अभ्यस्त भैसकेको छु । त्यसैले मेरो एकाग्रता भंग हुन छाडिसकेको छ ।
अचानक मेरो अँखामा साम्नेको घरमा पर्यो । त्यो घरमा पनि डेरावाल बस्छन् ।घरवेटी जर्मनतिर बस्छन भन्ने मात्र जानाकारी बाहेक अरु नालीबेली केही थाहा छैन । त्यतिखेरै मेरो मन जीवनको अतिततिर दौडियो । विगतका अनुभव र अनुभूतिको महासागरमा पौडिखेल्दै गहिराई भेट्न वेगवान गतिमा दौडिन थाल्यो । दिमागमा सेभ भएका अतितका फाइल भटाभट खुल्नथाले । जीवनको अनन्तयात्रामा सेभ गरेका फाइलहरूमध्य अचानक डेराको फइल खुलीहाल्यो ।
जीवनको पहिलोचोटी कक्षा ६ मा पढ्दा डेरा लिएर बसेको थिए । कृष्ण भन्ने साथी थियो । विचरा पछि वेपत्ता भयो । अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । त्योबेला देखि आजसम्म कति डेरा फेरियो त्यसको लामो विवरण दिमागको कम्प्युटरमा एकपछि अर्को देखापर्दै गयो । हिसाव गर्दैजाँदा जीवनको अधिकांश भाग डेरामै विताइएछ ।
मानिसको जीवन सजीव कम्प्युटर हो । सजीव कम्प्युटर भएर होला सायद मानिसले विद्युतीय विश्वको विकास गरेको । मानिसको दिमागी कम्प्युटरमा थन्किएका फाइल र फोल्डर खोल्ने फूर्सद छैन । मानिसको समय बाइपंखे घोडामा पैयाँ ठोकेको छ । समयसँग जीवन पनि झर्दै गएको कुरा मर्लक्कै भुलेर कुदिरहेछ । समयको लगाम ठीकसित समाउन नसक्नेले जीवनको मूल्यबोध गर्न कति संभव होला ।
जीवन र मृत्यु सार्वभौम नियती हुनसक्छ । तर सचेत जीवनको सार्थकता त्यो भन्दा फरक छ । संसार बदल्न उसले गर्ने अथक परिश्रमले जीवनको सार्थकता पुष्टि गर्नसक्छ । वर्तमानमा रमाउने धेरै हुन्छन् । तर आगतका लागि विचार गर्ने कर्मयोगी थोरै हुन्छन् र थोरैले मात्रै जीवनकेा मर्म र महत्व बुझ्न सक्छन् ।
मानिस मुसाफिर हो । उ एकै ठाँउमा बस्न र रमाउन सक्दैन । नयाँ संसारको खोजीमा मानिसले केवल पृथ्वमात्रै चाहारेन आकाशपाताल सवैतिर कुदेको छ । मानिस एकठाँउमा बसेर पनि ब्रहमाण्डको अवलोकन गरेको छ । उसको दिमागले नयाँनयाँ परिक्षण र अन्वेषण गर्दैछ । भौतिक ब्रहमाण्डको भट्टीमा खारिदै नयाँनयाँ परीक्षाहरू दिदै र सफलता असफताको अनुभव सगाल्दै अगाडि बढेको छ ।
मानिस जन्मेपछि मनुपर्ने अकाट्य नियम हो । विज्ञानले त्यसलाई अहिलेसम्म काट्न सकेको छैन । मानिस पृथ्वीमा केही समयका लागि आउँछ । निश्चितसमय पछि मरेर जान्छ । मानिसले कतिपय समयमा मर्छु भन्नेकुरा मर्लक्यै भुलेको हुन्छ । म पृथ्वीको केही दिनको यात्री हुँ, यात्रा अवधी पुराभएपछि जानुपर्छ भन्ने हेक्का राख्न सक्दैन । त्यसैले समाज र प्रकृतिमा समेत बितण्डा मच्चाँउछ । रचनात्मक चिन्तन प्रवृतिहरू हा्रस हुदै जान्छ । अनि मान्छे एकांकी मूढ दुराग्रही बन्दै जान्छ । दार्शनिक भाषामा त्यसलाई अधिभूतवाद भन्छन् क्यारे ।
जीवन र जगतको रूपान्तरणका लागि सचेत रचनात्मक पहल र प्रयत्न मानव सभ्यताको पहिचान हो । त्यसका लागि जीवनलाई अविराम संघर्षमा होमेर जाने सन्दर्भमा मानिसले लामो यात्रा पार गर्नुपर्छ । त्यो सन्दर्भमा मानिसका सयौं डेरा र हजारौं बास पर्दछन् । शुभकर्मको लागि लामो यात्रामा निस्केका मुसाफिरका लागि यो कुनै नौलो र आश्चर्यको कुरा होइन ।
आज म यो डेरामा मुसाफिरको रुपमा बसेको छु । मलाई थाहा छ कुनै दिन म यो डेरा छोडेर अन्यत्र सर्नुपर्नेछ । यहाँ आउदा नै यो मानसकिता बनाएर म यहाँ आएको थिए । यो डेरामा बस्दासम्म मेरो छिमेक मेरो परिवेशसित मितेरी गाँस्नैपर्छ । सम्वन्ध बनाउनै पर्छ । केवल मानव समाजतिर मात्रै होइन प्रकृतिसित पनि नाता गाँस्नुपर्छ ।
मेरो √यालको सामु जामुनको बोट छ । अर्को √यालको अगाडि आँप, दुवैले मेरो वर्ग परिवारलाई यथेष पग्ने गरि अक्सिजन Ïयाँकिरहेका छन् र फुलवारी गोडमेल गर्न फूल रोप्न मन विनसित्ति लागेको होइन । प्रकृति प्रेम नै जीवन प्रेम हो भन्ने कुरा मैले कसरी भुल्न सकुला ।मेरो परिवेश शिनग्ध, सफा र स्वच्छ, हराभरा भयो भने मेरो मानसिक र शारीरिक फूर्ती र तन्दुरुस्ती रहनेछ भन्ने कुरा मैले राम्ररी बुझेको छ, । मेरो परिवेश मेरो जीवन हो ।
विनासित्ति यो बूढाले अर्काको घरमा के दुःख गरेको होला, कतिदिन हो बस्ने थाहा छैन् । सरलाको यो कुरा सुनेर मनमनै हाँसो उठ्छ । ढाक्रेहरूले एकरातको लागि भएपनि सत्तलपाटी पौवा, ओडार वा रुखैमुनि बसेपनि वरपर बढारबुढुर गरेर बसेका हुन्थे हामी त यहाँ तीन वर्षदेखि बस्दै आएका छों । सवैलाई समान प्राकृत अनुराग हुन्छ भन्नेपनि त छैन ।
पछिल्लो पटक युद्धकालिन जीवनबाट २०६३ साल जेष्ठ ६ गते विराटनगरमा भएको विशाल जनसभाबाट सार्वजनिक भै दुईनिदपछि काठमाण्डौं आएको थिए । कमरेडहरूले पकनाजोलको एउटा गेष्ठहाउसमा लगेर एकहप्ता राख्नुभयो । पछि कामनपा २९, गोंगवु आवास क्षेत्रको घर नं १०३ मा कमरेडहरूले लिइदिएको घरको कोठामा तीन वर्षदेखि दुःखसुख बिताउदै आएको छु । घरबेटी असनतिर बस्ने र हप्तामा एकदुइपटक आउने भएकोले कचकच छैन । छिमेक शान्त छ । वातावरण त्यति प्रदुषित नभएकोले बस्न ठीकै छ ।
मेरो डेराको उत्तरमा विद्यालय छ । वीचमा गाडी पार्किङ् गर्ने ठाँउ सानो फूलवारी पूर्व उत्तर खुला छ । कोठामा विहानैदेखी बेलुकासम्म घाम पर्छ । मेरो √यालको सामने विद्यालयका कक्षाकोठाका √यालहरू खुलै छन् । विहान देखिनै विद्यार्थीहरूको गाइगुई र होहल्लासित म पहिले देखिनै अभ्यस्त बनिसकेको छु । म अठार वर्षदेखि शिक्षण पेशामा भएर होला लाग्छ सायद विद्यालय विद्यार्थी र शिक्षणसंस्था प्रति भावनात्मक सम्वन्ध छ । गुञ्जायमान शैक्षिक वातावरणले मेरो परिवेश रमणीय बनाएको छ ।
धेरैले यो घर तपाईको होकि भनेर सोध्ने गर्छन । कतिपयले काठमाण्डौमा घर किनेको छ रे भन्दै बद्नाम गर्न पनि पछि पर्देनन । त्यसो त पढाउने बेलामा गाँउका पूर्वाग्रही फटाहाहरूले चितवनमा जगा किनेको छ भन्ने प्रचार पनि गरेका थिए । जे भए पनि तीन कोठा किचेन वाथरुम समेतको कोठाको भाडा पाँचहजारमा मिलाइएको रहेछ । आजभोली छ हजार भएको छ । अहिलेको महंगीको सापेक्षतामा यो सस्तै हो भनिन्छ ।
जीवन अस्थाई छ । डेरा स्थायी हुने कुरै भएन । मानिस जहाँ जति बस्छ त्योसित एकै रातका लागि भएपनि राम्रो सम्वन्ध बनाउने पारख गर्नुपर्छ । समाज र वातावरणसँग घुलमेल हुनैपर्छ । घुलमेल निरपेक्ष हुँदैन भन्ने कुरा पनि हामीले बिर्सनु हुदैन । तर पनि अनेकताभित्रको एकताको पहचिान अनिवार्य छ ।
मानव जातिको विकासको एतिहासिक भौतिकवादी विश्लेषणले रैथाने जीवन पछि मात्रै मानवजातिले छलाङ्मय विकास गरेको कुरा प्रमाणित गरेको छ ।
मानवजातिको लाखौं वर्षको विकासको गतिलाइ हेर्ने हो भने प्रकृतिसितको अन्तरविरोधको अवधी सवभन्दा लामो छ । अहिलेपनि र पछि पनि हाम्रो अन्तरविरोधको प्रधानपक्ष प्रकृतिसित नै हुनेछ । तर अहिले विश्वमा मानव समाजभित्रको वर्गसंघर्ष अर्थात मानव मानव वीचको संघर्षको पाटो प्रधान बनेको छ । विद्यमान वर्गसंघर्षका लागि स्थायी रुपमा रहने अवस्था छैन । कसैले मानेपनि नमानेपनि उकदिन वर्गसंघर्षको चरण पूरा हुनेछ । त्यसपछि मानवजाति र प्रकृतिसितको भिषण प्रलय नहुदासम्म अविराम चलिरहने छ ।
एक दिन वर्ग संघर्षको आँधिबेहरीले संसारलाई हल्लाइदिने छ । वर्गसंघर्षको निषेध वर्गसंघर्षले मात्रै गर्नेछ । राज्यको विलोपीकरणको घोषणा पनि संघर्षको समाप्तीसँगै हुनेछ । त्यसैले विद्यमान समाजमा देखिएको वर्गचरित्र स्थाई प्रकृतिको छैन । तर मानवजाति र प्रकृतिसितको अन्तरविरोधको प्रकृति र चरित्र निरपेक्ष र सार्वभौम भएको कुरा हामीले भुल्नु हुदैन ।
मानव जातिको अहिलेसम्मको संघर्षको इतिहासले प्रकृतिमाथि एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ , त्यसैभित्रबाटै प्रकृतिमा डरलाग्दा प्रकोपहरू पनि देखिदैछन् । संसारका विभिन्न देशमा देखा परेका डरलाग्दा रोगहरू भुकम्प, सुनामी मानवजाति र प्रकृतिवीचको अन्तरविरोध र प्रकृतिभित्रै आÏनै नियमअनुसार चल्ने अन्तरविरोधको सामान्य प्रतिक्रिया मात्रै हुन ।
मानव जीवन साह्रै छोटो छ । मानवजातिको विकासको श्रृंखला हेर्ने हो भने जीवन एक निमेशको मात्र हो । छोटो जीवनमा हामीलाई वर्गसंघर्ष र प्रकृतिसितको संघर्षको अनुभव गर्ने अवसर साह्रै छोटो छ । मानव जातिको आयु २,४ वर्षको मात्रै भए पनि थोरै कुराको अनुभव र अनुभूति हुने थियो । तर पनि “मूहर्त मपि जीवेत न शुक्लेण कमणर्ी” भन्ने नीति वाक्यलाई भुल्न सकिदैन ।
Comment Here