कति राम्रो गुलाव फुल्यो नन्दी बगैंचामा
तिम्रो माया गडेको छ मेरो कलेजीमा
कहिले पनि चुड्ने छैन सुन्दर गुलाबलाई
हृदयमा राखिछाडे मेरो संझनालाई ।
तिमी राम्री गुलाब फूल मेरै बगैंचाकी
फूलको रस चाखने एउटा म भमरा हुँ कि
भमराले गुलाबलाई यस्सो झुकाए झैं
मेरो आशा झुकेको छ तिम्रो परेलीमै ।
संझनाको भाव उर्ली पुग्छ कता कता
वसन्तले हँसाएको बाग जताजता
जीवनको आँखा खुल्छ तिम्रो मुस्कानमा
वसन्तले नछोडोस् है मेरो बगैंचामा ।
वेदनालाई लुकाएर भाव खुलाएकी
सबलाई माया कविलाई झन भुलाएकी
हाँसी खेली तिम्रोबीच दिन बिताउँला
काँढा पन्छाई गुलावलाई दिलमा मिलाउँला ।
सिर्जना, वर्ष १, अंक १, २०२३
Comment Here