कवि


लेखकले लेख्न सक्छ

लेख्नलाई कोही देख्नुपर्छ

देखिने सवै थोक

सत्य नहुन सक्छ

सत्यको पारख गर्नेमात्रै

सच्चा कवि, कलाकार बन्न सक्छ ।

सत्यको मर्म मोडियो भने

तत्थ्यको आत्मा तोडियोभने

कवि हाँसे पनि

कविता वलिन धारा रुन्छ

स्वर्ग नर्कबन्छ

पाप पुण्ड बन्छ

त्यसैले मेरा कवि

सत्य देख्न सक्दैनौभने

व्यर्थ कविता कोर्ने कसरत नगर

संसार बुझ्नसक्दैनौ भने

पानीउमालेर बाक्लो बनाउने

व्यर्थ सपना साच्नेनगर

मर्नु भन्दा पहिले

केही गर्नु छ भन्नेलाग्छभने

आत्मा भित्रको आत्मालाई

खोतल खातल पार्नेगर

तिम्रो कविता र कलाकृतिमा

झोपडीको चित्र यतार्नेगर

श्रमले संसार सिर्जिनन्छ

पसिनाले संसार सिंचिन्छ

श्रमको संसारमा

श्रमिकको पूजा हुन्छ ।

त्यसैले मेरा कवि कलाकार

खिल्लीउडाएर श्रमको

श्रमचोरको पक्ष्ाम्ाा वकालत गर्ने

आलोकमा सम्भ्रान्त संस्कृतिको

संसारको परिभाषा गर्ने

छी,  कति रतन्धो बनेछौ तिमी

नलेखेको इतिहास

नदेखेको सत्य

तथ्यविनाको तर्क

बिचार सून्य मान्छे

व्यवहार विनाको दर्शन

कल्पना हिन काव्य

भाव विनाको कविता

आँखा खोलेर हेर एकपटक

लेख्नका लगि केही देख्नुपर्छ

देख्नकालागि विशाल संसार छ ।

संसार सिगार्ने श्रम सिप र सहास छ

देखिने सवैथोक

सत्य नहुन सक्छ

सत्यको पारख गर्ने मात्रै

सच्चा कवि कलाकार बन्न सक्छ ।

९ चैत २०६३, गंगबु आवास क्षेत्र