जलि रहुँ या गलि मरुँ
यात निसाको दीप बनूँ
आखिर एउटै इच्छा मेरो
तिर्मिरतालाई अन्त गरुँ ।
भाव गगनको सरिताभित्र
कविताकाशमा व्यस्त बनूँ
यसमा मेरो जीवन सार्थक
नहिता जीवन धिक्कार ।
मानव एउटै आत्मा मेरो
विश्व मानव बन्धुहरु
ममता त्यागी समता एउटै
गरीव अमिर सब एक बनुन् ।
मिलि-जुली सबले खाउँ, लाउँ
ईश्वर बस्ने आत्मा एउटै
वारि बसुँ वा पारि जाउँ
बन्धुत्वको भाव फिजाउँ ।
बसौं एउटै छाप्रोभित्र
यसमा मानव मानवता छ
आखिर यही इच्छा मेरो
संगसंगै सब हाँसु बाँचु ।
जननी एउटै हामी सारा
सपुत उनका वीरहरु
आखिर सेवा गर्दै उनको
यन्नति पथमा लम्कुँ चम्कुँ ।
मर्नु छ एकदिन हाँसी-हाँसी
तातो रगतछ एउटै साँछी
देशको निम्ति गर्दै सेवा
अनन्तताको दीप बनु ।
यही नै अन्तिम इच्छा मेरो
तिमिरतालाई अन्त गरुँ ।
२०२५ स्वघर, अमलाचौर बागलुङ
Comment Here