फेरि पनि उनै अतृप्त अनुहार यत्रतत्र बगरमा युगौदेखि रगत, मासु र हड्डी समेत मर्मर चपाएर अजिर्ण दुरात्माहरू आर्यघाटको चितामा निच्च हरिया दात चरु चपाउदै लमतन्न सुतेको विगतलाई दाग बत्ती दिएर फर्केका मुखियाका मलामीहरू फर्केर सुस्ताउन नपाउदै फेरि पनि उनै अतृप्त पे्रत्तात्मा कलयाङ्कुलुङ् सिंहदरवारको स्मसानभित्र सलबलाइरहेछन् मध्यरातमा टुनामुना गर्दै छन् अझै उनै अतृप्त कंकालहरू राजतन्त्रको चितासंगै दनदनी जलेको आत्मा पिण्डपानीका. प्यास मेट्न निरिह सहिदको लासमाथि दाह्रानंग्रा घसेर रमाइरहेछ मध्यरातमा उही पात्र प्रवृत्ति उनै विक्षिप्त अनुहार यमराज वनेर युगको डुडेझारी, इलाम र धादिङ दैलेख, बझाग र बाजुराबाट निर्दोष निरिह मलामीहरू । निछ्याम्म मध्ययरात सिंहदरवार र सम्मेलन केन्द्र वरपर छामछाम छुमछुम पकेटमार राष्टका राष्टघाती युगका उही वानी उही आदत उनै पात्र र प्रवृत्ति प्रेत आत्मा बनेर सताइरहेछ प्रतिगमन इतिहासको प्रतिक्रान्ति युगको कलंक देशको प्रेतात्मा स्मसानको प्रतिगमनका मलामीहरू फेरि पनि प्रेत आत्मा जागेपछि भयातुर बनेर गोलबन्ध हुदैछन् प्रतिरक्षाका लागि पर्खदै उज्यालो विहानीको ।
Comment Here