शान्ति र संविधानको जनआकंक्षामाथि कुठाराघात गर्दै अहिले हाम्रो मुलुकको राजनीतिक केन्द्रमा संविधान विरोधी र प्रतिगामी शक्तिहरु शक्तिशाली भएर आउने कोसिश गरिरहेका छन् । संविधानसभा विघटन गर्ने सम्मको योजनामा छन् उनीहरु । यसका लागि वर्तमान सरकारको आयु लम्ब्याउने प्रतिगामी शक्तिहरु हावी हुन खोजेका छन् । दुई वर्षदेखि संविधान बनाउनै नचाहने प्रतिगामी चरित्र भएका राजनीतिक दलहरुको बोलवाला मुलुकमा बढेको छ । यहीा अवस्था कायम रहने हो भने संविधान जेष्ठ १४ मा बन्ने संभावना करिब टरेको अवस्था छ ।
माओवादीलाई आरोपका लागि विभिन्न आरोप लगाएर मुलुकलाई युद्धमा धकेल्ने चेष्टा भइरहेको छ । संविधानसभाको निर्वाचनपछि चार महिनासम्म नयाा सरकार बनाउने बाटो अबरुद्ध गरेर जनताबाट पराजित शक्तिहरुले जनमतको उपहास गरेका थिए । सरकार बनाउन नदिएर यिनीहरुले गद्दारी गरेका थिए तर बाध्य भएर पछि एकिकृत माओवादीको नेतृत्वमा सरकार बन्यो । सरकारमा गएको ९ महिनामा संविधानसभाको समितिले तिव्र कामलाई बढायो । देशव्यापी रुपमा सभासद्लाई पठाइयो । जनताको सुझावलाई संकलन गरियो । यसलाई प्रोसेसिङ्ग गरेर मस्यौदा निर्माणसम्म गरियो । जब प्रतिगामी हर्कतमार्फत पछिल्लो समय प्रतिगामी राजनीतिक दलको सरकार बन्यो अनि संविधानसभाबाट संविधान निर्माणमा अवरोध सिर्जना भयो । अघिल्लो ९ महिने सरकारको पालामा संविधान निर्माणको गति तिव्र थियो । संक्रमणकालमा सरकारले राज्यको उचित व्यवस्थापन गर्नु पर्दछ । तर, बखेडा झिकेर काम, कार्वाही रोकेर बसेको त इतिहासले पुष्टि गरिसकेको छ । त्यसैले संविधान निर्माण गर्न एमाओवादीले नचाहेको हैन ।
प्रतिगामी चरित्रले कााग्रेस-एमाले संविधानसभालाई विघटन गराउन चाहन्छन् । आप\mनै सन्तान भएको कारणले पनि र त्यो सन्तान जन्माउन ठूलो बलिदान, त्याड र पिडा गुजारेर आएकोले माओवादीलाई संविधानसभाको माया धेरै छ । त्यो एजेण्डा नै माओवादीको थियो । तर संविधानसभा र गणतन्त्रको आवाज उठाउनेहरुलाई आतंककारी भन्दै नरसंहार मच्चाउनेहरु नै अहिले संविधानसभालाई विघटन गराउन खोज्दैछन् । शान्ति प्रक्रिया समाजको आर्थिक सामाजिक रुपान्तरणको एजेण्डा माओवादी बाहेक अन्य दलहरुसाग छैन । जनताले माओवादीलाई बुझेको छ र उनीहरुको बेइमानीलाई ठहर्याएको पनि । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया विरुद्ध घोर आपत्तिजनक अभिव्यक्तिहरु आएका छन् । इतिहास र जनताले गलहत्याएका नालायकहरुले भन्ने गरेको विषय हो यो । सरकारमै रहेर सार्वजानिक रुपमा यस्ता अभिव्यक्ति दिनु भनेको जनता&s;2381;रतिको बेइमानी भन्दा अर्को के हुन सक्छ ? सरकारमा गएको संविधान निर्माणका लागि हो भन्ने अनि संविधानसभा विघटनको मार्गतर्फ धकेल्नु कति निन्दनीय विषय हो ? यसको फैसला जनताले गर्ने बेला आएको छ ।
अर्कातर्फ संविधानसभामार्फत संविधान जारी नहोस् भन्ने चाहना राख्ने प्रचार माध्यमले गलत प्रचारलाई बढी जोड दिएका छन् । देशलाई मुठभेडमा कसैले जान दिनु हुदैन । संविधान विरोधी भएर माओवादी विरोधी प्रचार गर्नु हिजो गणतन्त्र र संविधानसभाको माग गर्दा आतंककारी भन्नु जस्तै हो । माओवादीलाई पाखा लगाउनु भनेको संविधानसभालाई पाखा लगाउनु वा असफल बनाउनु र शान्ति प्रकृयाबाट मुलुकलाई युद्धमा धकेल्नु हो । नियमित प्रक्रिया अन्तरगत चलाएको कार्यकर्ता प्रशिक्षणलाई अहिले जुन रुपमा उचालिएको छ, त्यो गलत छ । तराई-मधेशमा एउटा मधेशवादी संगठनले हतियारसहित आफ्नो जत्था सार्वजानिक हुादा समाचार बन्दैन । तर माओवादीले चलाएको नियमित राजनीतिक प्रशिक्षणलाई सैन्य तालिमको प्रचार गरेर युद्ध व्यपारीहरु मुलुकमा द्वन्द बढाउन खोज्दैछन् । माओवादी युद्ध हिजो पनि चाहेको थिएन र आज अनी भोली पनि चाहदैन । तर यसको मतलब जनताका अधिकारमा माओवादीले सम्झौता गर्छ भन्ने गलत सोचाई कसैले पनि नपाल्दा राम्रो हुन्छ । माओवादीको विरुद्ध भइरहेको घेराबन्दी जनताले चाहेको होइत तर यो अगाडि बढ्नु दुःखदायी छ । यो संविधान निर्माण रोक्ने दुस्साहस नै हो ।
सैन्य अधिनायकबादको आडमा बनेको सरकारले अहिले शान्ति सम्झौता र अन्तरिम संविधान विपरित नेपाली सेनालाई उचालेको छ । सेनालाई माओवादी विरुद्ध भड्काउने सरकारको योजना हो । तर सेनाले बुझिसकेको छ, जनताको विश्वास गुमाएको जनताबाट पराजितहरुको सरकारले दिएको निर्देशन मान्ने पक्षमा सेना समेत छैन । उसले विगतबाट पाठ सिक्नु पर्दछ । नेपाली सेनाले विगतमा भन्दा अहिले केही बुझेको हामीले महशुस गरेका छौं । उसले जनताबाट निर्वाचित सरकारले दिएको निर्देशन पालना गर्ने हो, पराजित कठपुतलीहरुको हैन । नालायक, पराजित रक्षामन्त्री विद्यादेवी भण्डारीको अभिव्यक्तिले नै सेनालाई माओवादी विरुद्ध भड्काउने योजना छ भन्ने प्रष्ट हुन्छ । तर हामी यो रवैयालाई हामी नालायक नै सावित गरेर देखाइ दिन्छौ । देशलाई मुडभेटतर्फ धकेल्नु हुन्न । राष्ट्र र जनताप्रति उत्तरदायी राष्ट्रिय सरकार बन्नु पर्दछ । विदेशी इशारामा गठबन्धन सरकारले देश र जनताको रक्षा गर्न सक्दैन । प्रतिगामी रुक्माङगत कटवाललाई बुईा चढेर विदेशीको इशारामा राम्रै हर्कत गरेकै हुन् । अहिले सेनाले त्यस्तो हर्कत गर्न सक्दैन । अब विगतको गल्तीबाट सेना सच्चिनु पर्दछ ।
गणतन्त्र र संघीयतालाई धरापमा पारेर कठपुतली सरकार रमाइरहेको छ । देशलाई दुर्घटनाबाट बचाउने हो भने यसको विघटन गरी राष्ट्रिय सरकारको निर्माण हुनुपर्दछ । यो सरकारको बिघटन एकमात्र विकल्पको रुपमा राष्ट्रिय सरकार हो । यो आफैंमा दुनियााको नालायक सरकार पनि हो । आफैंले गरेको निर्णय जनताको आन्दोलनको बलमा फिर्ता लिनु परिरहेको छ । जनविश्वास पाउन नसकेर आत्मविश्वास गुमाएर निराश भएकाहरु अहिलेको सरकारमार्फत नै संविधानसभा बिघटन गर्न चाहन्छन् । माओवादीले यसलाई कसरी असफल पार्ने भन्ने सोच राखेको छ । यदि संविधानसभामाथि कलैले धावा बोल्ने दुश्प्रयास गर्यो भने माओवादी चुप बस्दैन । बरु आम जनताको साथ लिएर विद्रोहमा जान्छ । जनताको सत्ता स्थापना गर्छ । धेरै दिन अपराधिक चरित्र भएको मन्त्रीमण्डल अब टिक्न सक्नेछैन ।
बोकेको कुकुरले मृग मार्दैन । यो कठपुतली सरकारले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने हैन । सरकार नै प्रतिगामी संयन्त्रको केन्द्र बनेको छ । नैतिकता गुमाएर पनि सरकारको सदस्य हुा भन्नु जनताप्रतिको बेइमानी सिवाय के हुन सक्छ ? हुन त नाङ्गै हिड्नेलाई लाज के होला र ? जेठ १७ भित्र दलहरु र सरकार गम्भीर भयो भने अझै पनि संविधान बन्ने आधार छ । तर त्यसमा धोखागडी भएमा जनताले सडकबाट निर्णय गर्ने दिन आउनेछ । त्यसको लागि माओवादी सबैखाले विकल्प खुल्ला गरेर बसेको छ ।
विवेक गौतमसागको कुराकानीमा आधारित विराटनगर
Comment Here