संसार आस्थामा टिकेको छ, जीवन विश्वासमा अडेको छ । त्यसैले विवेको पारख गर्नु पर्दैन । आस्था र विश्वास गर्नेका लागि सत्असत्को छानविन गर्नु पर्दैन । न्याय र अन्यायको पारखका लागि अटल विश्वास हुनुपर्यो । बाँच्नका लागि, मुक्ति र मोक्षका लागि । विश्वासको आÏनै आँखा हुँदैन । अरुको आँखाले हेर्छ, अरुको कानले सुन्छ र उसको मुखले बोल्छ । त्यसैले वचनको पक्का बन्नु छैन विश्वासको लागि । अविश्वासको जिम्मेवारी लिनु पर्ने झमेला पनि छैन । स्पष्टीकरण पेसगर्नुपरे उसैलाई उभ्याए हुन्छ, अदालतको कठघरामा, दण्डसजाय सुनाउनु परे उसैलाई ठड्याए हुन्छ बुख्याँचा बनाएर मानिसहरूका अगाडि । न्यायको नियति यस्तै छ । विश्वासमा टिकेको दर्शन, सिद्धान्त र आस्थाको नियति यस्तै छ, पशुपतिले रक्षागर्छ ।
आस्थामा टिकेको जिन्दगी, विश्वासमा बाँचेको संसार, आस्था र विश्वासलाई दरो पारेर तिर्खाएको मनले आस्थाका आँसु पिएर अझै कति दिन बाँच्ने ? जिन्दगी साँचेरै के भो ? विश्वासमा परेर आखिर उही नियतिको पटकपटक पुनरावृत्ति हुन्छ भने । हामी बेचिएका सिपाही, हामी ठगिएका मान्छे, हामी हेपिएका जाति, छातिमा गरिबीको विल्ला टाँसेर, संसारका सामु पुर्खाले आर्जेको बँचेखुचेको इमा बेच्न देशबाट पर सारिएका छौ, अरुको सेवा गर्न, निःशुल्क श्रम बेच्न श्रमचोरको बजारमा, कारखाना, होटेल र गल्लीगल्लीमा सिट्टी बजाएर ।
राजाले प्रजातन्त्र पस्केला भनेर विश्वासको मृगमरिची पालेर बसेका छन् रैती दुनियाँहरू । नेताको विश्वासमा ज्वान फालेका छन् विद्रोहको ज्वाला बनेर जनताले जनतन्त्रको विश्वास बोकेर बिचरा ! रैतीले भुसुक्कै बिर्सेछन् कालो इतिहास पुस एक गतेको, इदिअमिन, पोलपोर्ट र ब्रुमेयरहरूको । जनताले मर्लक्कै विर्सेछन्, कालो इतिहास कोतपर्व, भ्ाण्डारखाल पर्व र दरबार हत्याकाण्डहरूको । आस्था र विश्वासको सागरमा डुबेका जनताले आÏनै वरपर यत्रतत्र कोतपर्वको पुनरावृत्ति भएको थाहै पाएनन् । अहिले नेताहरूलाई अपदस्त गरिएको छ, रैती दुनियाँ बनाएको छ, यहाँ पनि उहाँ पनि, यत्रतत्र सर्वत्र । हामी रैती, देशका रैतिहरू, अझै रैतीकै दज्र्यानी भिरेर गरिबीको मानपदवी छातीमा टाँसेर गौरव र गर्वका साथ बिदेशी वजारमा बिक्रीका लागि प्याकिङ गरिएका दलालका सौदाहरू, गोरखा भर्ती केन्द्रमा बेचिएका सरकारका सौदाहरू, बिदेशीहरूका कोठीमा पुर्याइएका अबोध, निरीह गुडियाहरू हामी सबै बिक्रीमा छौं, हाम्रो इज्जत, स्वभिमान र गौरव बिक्रीमा छ, हाम्रो इमानजवान बिक्रीमा छ । विश्ववजारमा हाम्रो सेल लागेको छ, देश बिक्रीको । हाम्रो श्रमको सेल, हाम्रो रगत र मासुको सेल । सुपथ मूल्य पसलमा हाम्रो देह बिक्रीका लागि टाँगिएको छ, हामी टासिएका छौं तर अझै हाम्रो विश्वास मरेको छैन, हाम्रो आस्था घटेको छैन, हाम्रो देश बेच्नेप्रति हाम्रो मान, सम्मान र इज्जत धरौटी राख्नेप्रति ।
हाम्रा पुर्खाहरू टिष्टा, कँागडा र नालापानीमा लडे, इज्जत, सम्मान र राष्ट्रिय स्वाभिमानका लागि । हाम्रा सन्तानहरू बर्मा, मलाया, कोसोभो र कार्गिलमा मरे, अझै मर्दै छन् अरूका लागि । टिष्टामा पानी बगेकै छ अविराम रुपमा, अविरल गतिमा । हामीले टिष्टा गुमाइसकेका छौ, टिष्टाको एक अन्जुली पानीले तिर्खाएको आत्मालाई तृप्त गर्न सक्दैन, राष्ट्रिय अखण्डताको भरपाई हुन सक्दैन । हिजो र आज सत्तामा बस्नेहरू सबै अझै हाम्रा विश्स पात्र बनेर राष्ट्रवादको माला जपेकैछन् । धन्यπ उनीहरूप्रतिको हाम्रो आस्था, हाम्रो विश्वस । कोसी, महाकाली बेचे पनि, सगरमाथा, धौलागिरि बन्धकी परे पनि हाम्रो उनीहरूप्रतिको आस्था अगाध छ, विश्वास अपरम्पार छ । धन्य हाम्रो विश्वास π धन्य हाम्रो चिन्तन र चेतना ππ
जनता प्रजातन्त्रका लागि सुलीमा चढे, हाँसीहाँसी मुड छेदन गराए र प्रजातन्त्र ल्याए । विडम्बना प्रजातन्त्रको लास बोकेर ‘राम नाम सत्य हो’ भन्दै लुरुलुरु आर्यघाट झरेका निरीह मलामी बनेका छौं हामीहरू । आत्म सम्मान र राष्ट्रिय स्वाभिमानका लागि अमरसिंह र वीर बलभद्रहरू मरेर पनि बाँचेका छन् । आस्था र विश्वासको मलामी बनेका हामी बाँचेर पनि ज्यून सकेनौ, ज्यून जानेनांै । किनकि हाम्रो आत्मसम्मान र आत्मगौरवको आस्था मर्यो । हाम्रो राष्ट्रिय सम्मान र स्वाभिमानकोे धरोहर भ्रष्ट भएको छ, ध्वंस भएको छ ।
आस्था र विश्वासमा अडेको जिन्दगी विश्वासको कहालीलाग्दो तारेभीरबाट लडे पनि आस्था मर्दैन विश्वास घट्दैन । आस्थाको स्रोत अस्थाइ छ । आस्थैआस्था र विश्वासैविश्वास सगरमाथाको शिखरबाट गल्र्यामगुर्लुम लडे पनि मान्छे मर्ला, विश्वास मर्दैन । हाम्रो रगतको कणकणमा संस्कार छ, संस्कृति छ, परम्पराको संसार अविछीन्न र अटुट रुपमा प्रवाहित भएको छ । त्यसलाई कसरी टार्न सकिएला ?
यसै वर्षको वैशाखको दोस्रो हप्तातिर भारतको मध्यप्रदेशमा किसान परिवारको एक युवा सदस्य एकाबिहानै मुसा खोज्न खेतमा निस्के । मुसाको दुलोमा हात हाल्दा सर्पले टोक्यो । गाउँको परम्पराअनुसार झारफुक र विष झार्न झाँक्री बोलाए । झारफुक गरेपछि विष र्झछ र बिरामी निको हुन्छ भन्ने मुसहर परिवारको विश्वास हो । गाउँको परम्परा र इतिहासको विरासत । झारफुक गर्दागर्दै ती युवकको मृत्यु भयो । आज सात दिन भैसक्यो झारफुक गर्न थालेको । लासबाट दुर्गन्ध आउन थाल्यो, तर धामीले विष झारेर ब्युताउँछु भन्दै अझै प्रयत्न गर्दैछ, झारफुक गर्दैछ । मुसहर परिवार र छरछिमेकीहरू ती युवक ब्युतन्छन् भन्दै अझै विश्वासमा इष्टदेवताको पूजाअर्चना गर्दैछन् । धामीले विष झारेर व्युताउँछु भन्दै अझै प्रयत्न गर्दैछ । तर न त्यो लाश उठाउन परिवार तयार छ, न छिमेकी सक्रिय छन् । मानिस कति ठुलो विश्वासमा बाँचेको छ, विज्ञानको युगमा पनि π
विश्वास र मनोविज्ञानका बीच पनि अभिन्न सम्बन्ध छ, भन्छन् मनोविज्ञानवादीहरू । एकपटक बाग्लुङ् जिल्ला अस्पतालमा दुईजना डाक्टर आए । उनीहरू निकै अनुभवी थिए । धेरैजनाको उपचार गरे, निको पारेर नाम कमाए । आफ्नो कामप्रति समर्पित र इमानदार भएकाले राज्यले उसको नियमअनुसारको सम्मान दिएपछि उनीहरू झन् चम्के । ती डाक्टरदम्पतीबाट एक छोरीको जन्म भयो । छोरी सानैदेखि बिरामी हुन थालिछन् । दुवैजनाले एकलौटी सन्तानको सकेसम्म उपचार गरे तर त्यो वच्चालाई सन्चो लागेन । नेपाल बैङ्क लिमिटेड बाग्लुङ् शाखाका सुरक्षा गार्ड एक हवल्दार झारफुकका लागि त्यो बेला कहलिएका थिए । अस्पतालबाट उपचार गरेर सन्चो नभएकाहरूलाई उसले सन्चो गरायो भन्ने चर्चा टाढाटाढा सम्म पुगेको थियो । डाक्टरको त्यो जोडीले पनि आफ्नो प्रयास असफल भएपछि छोरी काखमा च्यापेर हवल्दारको डेरामा झारफुकका लागि सुटुक्क जान थाले । आखिरी त्यो बच्चालाई हबल्दारको झारफुक र जडीबुटीले सन्चो भयो रे । यो कस्तो संयोग, कस्तो विश्वास, उनीहरू स्वयं डाक्टर भए पनि π । उनीहरूभित्र संस्कारगत विश्वास थियो झारफुकप्रति र जडीबुटीप्रति । त्यसैले विश्वास कति बलियो छ, कति शक्तिशाली π π ।
भारतको नासिकमा १२ वर्षमा एकपटक त्र्यम्बकेश्वर कुम्भमेला लाग्छ । त्यहाँ पचासांै लाख भक्तजनहरू र लाखौं साधुहरू कुम्भमेला भर्न जान्छन् । गोदावरीमा डुबुल्की मारेपछि ‘यो जन्मको पाप’ पखालिने मात्रै होइन, अर्को जन्मको उद्धार हुन्छ भन्ने विश्वास छ । त्यहाँ कुम्भमेला भर्न थालिएको सन् १८१८ बाट हो भन्ने धार्मिक इतिहासकार बताउँछन् । गोदावरी स्नानपछि चित्त शान्त हुनसक्छ । पापको प्रायश्चित हुनसक्छ भन्ने विश्वासमा यति ठूलो मेला लाग्छ । कुम्भमेला मरेपछि सोझै ‘स्वगर्’ गए र आएको कोही छैन । यो विश्वास हो, भ्रम हो र अन्य विश्वास भनेर मानिसहरू भन्ने गर्दछन्् । आस्था र विश्वास कति डरलाग्दो छ, कति खतरनाक छ, यसले संसार हल्लाएको छ, संसार टिकाएको छ र संसार चलाएको छ । त्यो मुसहर परिवार, डाक्टरको जोडी र कुम्भमेलामा गएका करोडौं भक्तहरूलाई तपाईं के भन्नुहुन्छ ? के ती सबै मूर्ख हुन् । विश्वासले मानिसलाई अविवेकी, पाखण्डी र मूर्ख पनि बनाउँछ । त्यो एकाङ्गी एकोहोरो आस्था र विश्वास विज्ञानबाट कटेको छ, विवेकबाट कटेको छ र वस्तुगत संसारबाटै टाढिएको छ ।
एकसठ्ठी साल असोज अठार गते गोमनसापले डसेको संविधानको वरिपरि बसेर राजनीतक पार्टीका नेताहरूल झारफक गर्दैछन् ढयाङ्ग्रो ठोक्दैछन् । संविधानको मलामी बन्न गाह्राे परेको छ । पार्टीका नेताहरूको संविधानप्रति कत्रो ठूलो आस्था, राजतन्त्रप्रति कत्रो ठूलो विश्वास । राजाप्रति कति गहिरो मोह ! हाम्रा नेताहरूको हैसियत मुसहर परिवारको भन्दा माथि उठ्न सकेन । त्यो युवकलाई समयमै सदरअस्पताल पुर्याएको भए, त्यो संविधानलाई समयमै जनअनुमोदित बनाएको भए, न युवक मर्ने थिए, न त प्रजातन्त्र नै । ०४७ कात्तिक १४ गतेकै दिन संविधानका मलामीहरू खुलामञ्चमा उभिएर श्रद्धाञ्जली सभा सम्पन्न गरेका थिए । प्रजातन्त्र र संविधानलाई डस्ने गोमन सर्पलाई संविधानमै दूधपान गराउनेसिवाय अरु के हुन सक्थ्यो इतिहासमा ? यो इतिहासको मजाक हो र इतिहासको कटु विडम्बना ! आज राजसंस्था र राजाप्रतिको आस्था र विश्वासको उपहार संविधान डसियो, प्रजातन्त्र डसियो र नेताहरू चारदिवारभित्र कैद भए, अपदस्त गरिए । गोमनको काम डस्ने हो डस्छ, जे पाउँछ, त्यही डस्छ, जो पायो त्यसैलाई डस्छ ।
जनताले राजालाई विश्वास गरे, नेतालाई विश्वास गरे, ठूलाठालु, सहूमहाजन सबैको भर परे । के विश्वास पर्नु अपराध थियो ? जनताले विश्वेश्वरहरूलाई विश्वास गरे, प्रजातन्त्र ल्याइदिन्छन् भनेर । जनताले आफ्नो मुक्ति चाहे जनतन्त्र र जनवादका लागि भनेर, मदन भण्डारी र माधव नेपालहरूको विश्वार गरे र गरिरहेछन् । जनताको इमानदारी र सदासय भँजाएर प्रजातन्त्र र जनवादको गला रेटिदैछ, विचारको विनिमय गरेर सिद्धान्तको सौदाबाजी गरेर । आजभोलि त सत्ताका लागि विचारको च्याँखे थापेर दाउ कुरेका नेताहरू अहिले हारेको जुवाडेझैं अलपत्र परेका छन् । शकुनीले कपटी पासा हानेर पाण्डवलाई हरायो, बनबास पठायो । दुर्योधनले द्रौपदीको साडी तानेर निर्वस्त्र पारेझैं सत्ताले प्रजातन्त्रलाई निर्वस्त्र पार्दैछ, एक्काईसौं शताब्दीको जनवादलाई नाङ्गेझार पार्दैछ । युधिष्ठिरहरू विश्वासमा परे । विश्वासको दोहन भयो र विश्वासघात भयो, जनताका लागि र आन्दोलनका लागि । अविश्वासको वाणले घाइते पारिएको जनता, घात, अन्तरघात र प्रतिघातको गोलीले मुटु छेडिएका कार्यकर्ता सबै हेपिएका, ठगिएका र वञ्चित गरिएकाहरूले एउटा लडाइँको तयारी गर्नैपर्छ, एक्काईसौं शताब्दीको महाभारतको तयारी गर्नैपर्छ ।
मानिसले बाँच्नका लागि सङ्घर्ष गर्यो । अस्तित्त्वका लागि भएका सबै मानवीय प्रयत्न र सङ्घर्षले मानवचेतनाको विकास भयो । सचेत सभ्यताको विकासको इतिहास जित पुरानो बन्दै गयो, मानसिक दासता र विश्वास पनि त्यति नै छिप्पिँदै र पुरानिँदै गयो । राजारजौटाले कजाएका रैतीहरूमा त झन यसको जडले नराम्रोसँग गाँज्नु स्वाभाविकै हो । स्वतन्त्रता, प्रजातन्त्र र मानवमुक्तिको तीर्थाटनमा निस्केका हामीहरू मानसिक दासता र अन्धविश्वासबाट मुक्ति के आवश्यक छैन ?
कालीगण्डकीको पानीले ख्वाएको बाटुलो मट्याग्रे ढुङ्गोलाई शालिग्राम मानेर पूजा गर्ने परम्परा भएका हामीहरूले ज्यूँदो मुखियाको सेबामा आफूलाई समर्पित गर्ने एकेश्वरवादी विश्वासले आफूभित्रको क्षमता, ऊर्जा र शौर्यको अवमूल्यन भएको छ । आफ्नो वर्गकित्तालाई कमजोर ठान्ने, अरुलाई शक्तिसम्मपन्न देख्ने, सधैं विमोहित बनेर टोलाउने र ठूलाबडा र अगुवाको गुणगान, प्रशस्ती र पूजामा रमाउने नियतिको सिकार भएका छांै । पीडित र प्रताडित भएका छौं, तिमी, हामी र सबै । मानसिक दासताबाट मुक्त नभएसम्म अरुलाई मुक्ति ल्याईदिन्छु भन्नु निरर्थक रहेछ । हाम्रो लोकतन्त्रको हविगति त्यसै कारणले भएको छ । तिमीभित्र जनवाद भए मात्रै बाहिर पनि जनवाद लागू हुनेछ । आफैभित्रको जनवादको गला रेटेर, आफैभित्र अविश्वास र दासताको कुण्ठा बोकेर बाहिर जनताको जनवादको राग अलाप्नु ढुङ्गाको मूर्तिलाई पूजा गरेर मोक्षको कल्पना गर्नुभन्दा अरु के हुनकसक्छ ?
आस्थाको राजनीति गर्नेहरूको वर्गकित्ताभित्र हेर्दाहेर्दै अनास्थैअनास्थाको खेती हलक्कै मौलाएछ । विचारको विनिमयबाट आर्जन गरेको कालो कमाइ सत्ताको च्याखे दाउमा अपव्यय हुन थालेपछि आस्थाको धरोहरमा भुइँचालो आएछ । चिन्तन, चेतना र सिद्धान्तका पारखीहरू जुवाडेको खालमा जोकर फाल्टु हुँदै गएको देख्दा मुख खोलेर भन्न मन लाग्छ-‘प्रजातन्त्र निरङ्कुश बन्यो, विद्वान् मूर्ख बन्यो, शकुनी अगुवा बन्यो, सिद्धान्त लङ्गडो बन्यो, श्रम गर्ने भोकै मर्यो, ठगी गर्ने धनी बन्यो, विचार सतरन्जको गोटी बन्यो, हामी क्रिकेटका ब्याट र बल बन्यौं बस् । त्यसैले श्रमको सम्मान गर्न, जनवादको रक्षा गर्न, विश्वासघातको अन्त्य गर्न, विचारको रक्षा गर्न, सिद्धान्तको पारख र आस्थाको राजनीति गर्न जनता स्वयं लामबद्ध हुनुपरेको छ, स्वयं आफैभित्रको दब्बुदास मनोग्रन्थीका विरुद्ध सङ्घर्ष गरेर, विचारको विनिमय गर्नेका विरुद्ध विद्रोह गरेर ।’ मृत्युसँग सम्झौता गरेर बाँचेको जिन्दगी, फासीवादसीत सम्झौता गरेको प्रजातन्त्र, निरङ्कुशतासित सम्झौता गरेको जनतन्त्र पाखण्ड सित सम्झौता गरेको विचार, आदर्श सित सम्झौता गरेको दर्शन, दुश्मनसँग सम्झौता गरेको सत्ता सबैको असफल परीक्षण भैसकेको छ । वषर्ाको खहरेले इतिहासके कतिपय कालखण्डमा बुुद्धि विवेकको पारख गर्नेहरूलाई बढारेर लैजान खोज्छ, किनार लगाउन खोज्छ । ग्रहण क्षणिक हुन्छ । सूर्यलाई बादलले केहीबेर मात्रै ढाक्न सक्छ । यो संसार श्रमका पारखीहरूको हो, सचेत श्रमीक संसारको मालिक हो । बुद्धि, विवेकको सम्मान श्रमिकहरूको संसारमा मात्रै सम्भव छ । त्यसैले विचारको ब्यापार, आस्थाको सौदा, कामको चोरी र श्रमको लूटका विरुद्ध कुरुक्षेत्रमा एकपटक पाण्डवहरू जुट्नु परेकोछ ।
ज्ञान र विज्ञानको अनौठो नाता छ, घनिष्ट सम्बन्ध छ, अकाट्य-अभिभाज्य आत्मीयता छ । ज्ञानका गोताखोरहरू अथाह सागरको गहिराइमा पुग्न प्रयत्न गर्छन् । छिपछिपेमा पौडी खेलेर महासागरको धाक दिने बानी परेका हामीलाई सकस भएकोछ, विज्ञानको व्याख्या गर्न । विज्ञान ठोस छ, मूर्त छ । कल्पनाको आकाशमा उडेर पनि हुँदैन वाक्चातुर्य र शब्दजालभित्र विज्ञान कैद हुन पनि सक्दैन । टाकनटुकन तर्कमा अभ्यस्त हाम्रो चेतनाले परिवर्तनको वेगलाई पक्डन हम्मेहम्मे परेछ, हाम्रो देशलाई हाम्रो देशको राजनीति र राजनेताहरूलाई । रुस, चीनको इतिहास वर्गले बदल्यो तर वर्गसत्ताले इतिहास बदल्यो । वर्गसङ्घर्ष र वर्ग सत्ता बीचको द्वन्द्वको विवेकसंगत पारख गर्नुपर्छ कि भन्नु के अपराध हो ? वर्गसङ्घर्ष उदार बन्यो, विद्रोह थला पर्यो, वर्ग सत्ता वर्गसङ्घर्षबाट उछिट्टियो, प्रतिगमनको पुनरावृत्ति भयो । ज्ञान र विज्ञानका बीचको सन्तुलन बिगि्रयो वर्गसङ्घर्ष र वर्गसत्ताभित्र वीचको सन्तुलन खलबलियो । सत्ताको उन्माद, विद्रोहको निरीहता, मतान्धीको सत्ता, विचारको स्खलन, सिद्धान्तवाट विचलनको अनिवार्य नियति प्रतिगमन हुनु थिया,े भयो । प्रश्न धेरै छन्, जवाफ दिने आट कसैले गर्दैन । अब विवेकको पारख बुद्धिको उपयोग र प्रश्नको उत्तर दिने आँट गर्नैपर्छ ।
वेबन्दुुक र विद्रोहका बीच अनौठो सम्वन्ध छ । विद्रोह उत्पीडनको विरोध र अधिकारको माग हो भने बन्दुक दमनको साधन । दुवैको नामराशि मिले पनि सारतत्त्वमा ठूलो भिन्नता छ । विद्रोहले आत्मरक्षाका लागि बन्दुकसँग सम्झौता गर्छ, अधिकार प्राप्त गर्छ, त्यसको रक्षाका लागि वर्गसत्ता स्थापना गरेर बन्दुक सत्तालाई बुझाउँछ । सत्ताले विद्रोहलाई दमन गर्न त्यही बन्दुक प्रयो गर्छ ।
जनता विद्रोही हुन्छन्, विद्रोहलाई व्यवस्थितगर्न बन्दुक हातमा लिन्छन् ? सन्तुलनमा राख्छन् । तर सत्ताको हातमा पुगेपछि जनताको विद्रोह त्यही बन्दुकद्वारा दमन गरिन्छ, जनताको अवाज दबाइन्छ । चीनमा च्याङ् चिङ्, च्यायङ् चिङचाओले प्रतिक्रान्तिको विरोध गरे तर तिनीहरूलाई उनीहरूले नै खोसेको बन्दुकद्वारा दमन गरियो । च्याङ् चिङ् चाओको अस्ति मात्रै मृत्यु भएको खवर प्रकाशित भएको छ ।
आज विश्वमा बन्दुकले विद्रोहलाई थला पारेको छ । प्रतिक्रान्तिलाई रोक्न जनताले विद्रोह गर्ने अधिकारलाई व्यवस्थित गर्नुपर्छ भनेर पुग्दैन । यो अमूर्त नारा मात्र हो । विद्रोहलाई व्यवस्थित गर्न बन्दुकलाई व्यवस्थित गर्नुपर्छ । रुस, चीन, पूर्वीयुरोप र संसारका अन्य देशको अनुभवले यही वताएको छ र हाम्रो जनयुद्ध सत्ता अभ्यासको अनुभवले पनि त्यही कुरालाई पुष्टि गरेको छ ।
यो एक्काईसौं शताब्दी हो । यो युगको चुनौती विचारको पारख नै हो । वस्तुगत संसारका समृद्ध अनुभवको आत्म छाम्नका लागि छिपछिपेबाट गहिराइमा जान साइत गर्नुपर्छ । बन्दुकले थला पारेको विद्रोह र विचारको रक्षा र विकासका लागि कम्मर कस्नैपर्छ ।
३० वैशाख २०६२
वसुन्धरा, ४, गाजियाबाद ।
Comment Here