एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Unified Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस-वक्तव्य
कामचलाउ सरकारको निर्देशनमा नेपाल आयल निगमले यही सोमबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँस सिलिण्डरको मूल्यमा गरेको असामयिक र अपारदर्शी मूल्यवृद्धिको हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) घोर विरोध एवम् भत्र्सना गर्दछ ।
यसरी इन्धनको मूल्यमा वृद्धि गरिँदा त्यसले पारवाहन भाडा र दाल, चामल, नूनलगायतका उपभोग्यवस्तुको मूल्यसमेत बढ्न गई समग्र दैनिक जनजीवन नै अस्तव्यस्त हुनजाने हुन्छ । त्यसकारण, हाम्रो पार्टी उक्त मूल्यवृद्धि अबिलम्ब फिर्ता गरी पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँस सिलिण्डरको यसअघिकै मूल्य कायम गर्न सरकारसित जोडदार माग गर्दछ । यदि उक्त मूल्यवृद्धि फिर्ता नगरिए हाम्रो पार्टी महँगीविरुद्धको आन्दोलनमा सडकमा आउन जनसमुदायलाई आह्वान गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार स्वम् हुने कुरा पनि हाम्रो पार्टी स्पष्ट गर्न चाहन्छ ।
खासगरी आयल निगमभित्रको भ्रस्टाचार र चुहावटका कारण बेला-बेलामा जनतामाथि मूल्यवृद्धिको भार थोपरिएको छ । हाम्रो पार्टी निगमभित्रको भ्रस्टाचार र चुहावटको छानविन गरी अपराधीहरूलाई कारबाही र न्यायोचित मूल्य निर्धारणका लागि शक्तिसम्पन्न संसदीय समिति अबिलम्ब गठन गर्न पनि सम्बन्धित निकायसँग माग गर्दछ ।
२३ मंसिर २०६७
दीनानाथ शर्मा
Comment Here