प्रेस विज्ञप्ति


एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को स्थायी समितिको वैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । सो वैठकमा महासचिव क. बादलले पार्टीको छैठौं विस्तारित वैठकका लागि एजेण्डाहरू केन्द्रीय समितिमा प्रस्तुत र निर्णय गर्ने गरी पेश गर्नुभयो ।

छलफलको प्रारम्भमा अध्यक्ष क. प्रचण्डले देशको वर्तमान जटिल राजनीतिक परिस्थिति, वर्गसंघर्षको अवस्था र पार्टीभित्रको अन्तर्संघर्षका जटिलताबारे गम्भीर रुपमा संक्षिप्त एवम् सारगर्भित मन्तव्य राख्नुभयो । वर्गसंघर्षको स्थितिलाई विचार गर्दै अन्तर्संघर्षको बीचबाट पार्टी एकता सुदृढ र सुनिश्चित गर्नुपर्ने विषयमा पनि मार्मिक ढंगले विषयवस्तु प्रस्तुत गर्नुभयो । यिनै एजेण्डा र विषयहरूमा केन्दि्रत भएर केन्द्रीय कार्यालय तथा स्थायी समिति सदस्यहरूले आफ्ना महत्वपूर्ण भनाइहरू राख्दै पार्टीभित्रको अन्तर्संघर्षलाई वैज्ञानिक विधिद्वारा हल गर्ने र पार्टीभित्र सुदृढ एवम् मजबुत एकता कायम गर्ने बारेमा जोड दिनुभयो । स्थायी समति वैठकले निम्न निर्णयहरू गरेको छ ः

१) विस्तारित वैठक उद्घाटन सत्र, बन्द सत्र र समापन सत्र गरी तीन चरणमा सम्पन्न गर्ने ।

२) आज केन्द्रीय समितिको वैठकबाट कार्यक्रम तय गर्ने,

३) सकेसम्म ५ दिनभित्र वैठक सम्पन्न गर्ने,

४) खुला र स्पष्ट बहस मार्फत पार्टीभित्र सुदृढ वैचारिक एकता कायम गर्न छलफलको वैज्ञानिक विधि निर्धारण गर्ने,

५) विस्तारित वैठकको अनुशासन र आवश्यक प्राविधिक विषयको हल गर्न पाँच सदस्यीय समिति गठन गर्ने । जसमा क. टोपबहादुर रायमाझी ‘अनिल’, वर्षमान पुन ‘अनन्त’, नेत्रविक्रम चन्द ‘विप्लव’, गिरिराजमणि पोख्रेल र हितराज पाण्डे ‘उत्तम’ रहनुहुने निर्णय भयो ।

स्थायी समितिको वैठकको लगत्तै केन्द्रीय समितिको वैठक बस्यो । वैठकले स्थायी समितिद्वारा प्रस्तुत एजेण्डा अनुमोदन गर्दै आज दिउँसो ३ः०० बजे उद्घाटन सत्र सम्पन्न गर्ने र बन्द सत्र मंसिर ६ गते बिहान ८ः०० बजेदेखि सुरु गर्ने निर्णय भयो । केन्द्रीय समितिले बन्द सत्रको विधि र प्रक्रियाबारे पनि निर्णय गर्‍यो ।

 

५ मंसिर २०६७

 

 

दीनानाथ शर्मा