हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को स्थायी समितिको आज मिति २०६७ चैत १७ गते अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा पुनः बसेको वैठकले गरेका निम्न निर्णयहरू सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ :
१) उर्जा संकटबारे पार्टीको अवधारणा स्पष्ट पार्न आजै ४ः३० बजे पत्रकार सम्मेलन गर्ने ।
२) केही दिन यता मजदुरहरूको हडतालका सन्दर्भमा मजदुर र उद्यमीहरूबीच समस्या उत्पन्न हुन जाँदा त्यसबाट औद्योगिक क्षेत्रमा गम्भीर असर पर्न गएको हुनाले सो समस्या तत्काल समाधान गर्न मजदुर र उद्यमीबीच वार्ताका लागि सम्बन्धित मन्त्रालयमार्फत् पहल गर्न सरकारलाई अनुरोध गर्ने ।
३) पूरक बजेट ल्याउन सरकालाई अनुरोध गर्ने ।
स्थायी समिति वैठक २०६७ चैत १८ गते पुनः बस्ने छ ।
२०६७ चैत १७
दीनानाथ शर्मा
Comment Here