कांग्रेसले चाहे २८ गते नै सहमति


काठमाडौं,श्रावण २३/ एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले नेपाली कांग्रेसले सहमति गरे साउन २८ भित्र लडाकुको पुनवर्गीकरण प्रकि्रया सुरु हुन सक्ने बताउनुभएको छ ।
राजधानीमा आज आयोजित एक अन्तकिर््रया कार्यक्रममा प्रवक्ता शर्माले जनमुक्ति सेनाको संख्या र पुनस्र्थापनामा जानेको राहत प्याकेजमा सहमति जुटे प्रकि्रया अघि बढ्न सक्ने बताउनुभएको हो । समायोजन हुने लडाकुको संख्या र पुनस्र्थापनाको प्याकेजमा सहमति जुटाएर साउन २८ अघि नै प्रकि्रया सुरु गर्ने तयारीमा माओवादी रहेको उहाँले जानकारी दिनुभयो । 
शर्माले राहत प्याकेज आकर्षक भए समायोजनमा जाने लडाकुको संख्या बढी हुने तथा राहत प्याकेज कम भए पुनस्र्थापनामा जानेको संख्या कम हुने बताउनुभयो । आफ्नो पार्टीले सर्वसम्मत रुपमा भावी प्रधानमन्त्रीका रुपमा सिफारिश गरेका बाबुराम भट्टराई नै आगामी राष्ट्रिय सरकारको प्रधानमन्त्री बन्ने जिकिर गर्नुभयो ।

साभार: एबीसी टेलिभिजन,
प्रकाशित मिति : २०६८ श्रावण २३ दिउसो ४ बजे