छैठौं विस्तारित बैठकको पूर्वसन्ध्यामा एकीकृत नेकपा माओवादी स्थायी समितिको महत्वपूर्ण बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको विषयमा छलफल हुनेछ । स्थायी समिति बैठकले विस्तारित बैठकको कार्यक्रम र छलफलका विधि पनि तय गर्नेछ । यसैगरी विभिन्न समूहबाट पार्टीमा आएका केही साथीहरू पदीय हैसियत निर्णय हुन बांकी रहेकाको विषयमा पनि छलफल हुने छ । एकीकृत माओवादीको ऐतिहासिक छैठौं विस्तारित बैठक मंसिर ५ गतेदेखि गोरखाको पालुङटारमा हुँदैछ । विस्तारित बैठकको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।
Comment Here