एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Unified Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेसवक्तव्य
काठमाडौंबाट प्रकाशित नागरिक दैनिकको शुक्रबारको अंकमा ‘दस दिनदेखि बेपत्ता भरतपुरको विपि मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ माओवादी कब्जामा’ भनी प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो पार्टीको आज बिहान बसेको स्थायी समिति वैठकले उक्त समाचारलाई प्रायोजित र षडयन्त्रपूर्ण ठहर गरेको छ । उक्त समाचारमा भएको पार्टी महासचिव रामबहादुर थापालगायतका नेताहरूको चरित्रहत्या गर्ने निकृष्ट दुस्प्रयत्नको पनि हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ ।
उक्त समाचार घटनाको वास्ताविक दोषीसम्म पुग्ने अनुसन्धानका निकाय र विभिन्न संघसंस्थाको जारी पहललाई प्रभावित गर्ने र अन्यत्र मोड्ने कसरतको रूपमा आएको हाम्रो पार्टीले ठानेको छ । वर्तमान संगीन राजनीतिक मोडमा यस्तो प्रायोजित समाचार आउनु धमिलो पानीमा माछा मार्ने नकारात्मक सोचबाट प्रेरित रहेको पनि सजिलै बुझ्न सकिन्छ ।
यसप्रकारको सोह्रै आना झूठा प्रचारबाट भ्रमित नहुन बेपत्ता डा. श्रेष्ठका परिवारजनलगायत, सबै सम्बद्ध पक्ष र जनसमुदायमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।
१४ जेठ, २०६७
दीनानाथ शर्मा
प्रवक्ता
Comment Here