पोलिटव्यूरो बैठक सम्पन्न


काठमाडौं, असार १०/ अध्यक्ष कमरेड प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जन सहित एकमतले पारित गर्दै एकीकृत नेकपा माओवादीको पोलिट्ब्यूरो बैठक शुक्रबार सम्पन्न भएको छ ।

दुइदिन स्थगित भएर शुक्रबार बसेको एकीकृत नेकपा माओवादीको पोलिट्ब्युरो बैठकले अध्यक्ष कमरेडले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई आबश्यक परिमार्जन गरेर एकमतले पारित गर्दै सकिएको हो । बैठकका निर्णयका बारेमा भने भोली दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि जानकारी गराउने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । एकसातादेखि जारी बैठकमा पोलिट्ब्यूरो सदस्यहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएपछि शुक्रबारको बैठकमा प्रचण्डले जवाफ दिनुभएको थियो ।