राष्ट्रिय सहमतिका लागि आधार पेश गर : माओवादी


काठमाडौं, असार २९/ एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिका लागि आधार प्रस्तुत गर्न कांग्रेस-एमालेसँग माग राखेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरि एकीकृत माओवादीले सहमतिको आधार प्रस्तुत गर्न कांगेस-एमाले समक्ष माग गरेको हो । राष्ट्रिय सहमति कायम गरि शान्ति र संबिधानको ऐतिहांसिक कार्यभार पुरा गर्न आफ्नो पार्टीले प्रस्तुत गरेको आधार एमाले कांग्रेेसका लागि अस्विकार्य भए आ-आफ्नो आधारपत्र पेश गर्न माओवादीले आग्रह गरेको छ ।

व्यवस्थापिका-संसद् दलको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष नारायणकाजि श्रेष्ठले शान्ति र संबिधान निमार्णको ऐतिहांसिक कार्यभार पुरा गर्नका लागि राष्ट्रिय सहमतिको विकल्प नभएकाले माओवादीले सहमतिको लागि आधार प्रस्तुत गरेको स्पष्ट पार्नुभयो । श्रेष्ठले राजनीतिक गतिरोधकै बिचमा सरकार परिवर्तन गर्नुको औचित्य नरहेको बताउनुभयो ।