एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Unified Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस-विज्ञप्ति
हाम्रो पार्टीका पीबीएम क. अग्निप्रसाद सापकोटा समेत चार जना कमरेडहरू अमेरिकाको बोस्टनमा हुन गइरहेको नेपालका राजनीतिक पार्टीहरू बीच शान्तिका लागि करुणा केन्द्रको आयोजनामा जुन २५ देखि जुलाई ४ सम्म ‘वोस्टन सम्झौता र राज्य निर्माणसम्बन्धी’ अन्तरक्रिया कार्यक्रमा भाग लिन जाने निर्णय भएको र यात्राको अन्तिम तयारी पूरा भइसकेको सन्दर्भमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासमेतको अस्वस्थ विरोधका कारण अन्तिम क्षणमा क. अग्निप्रसाद सापकोटाको यात्रा स्थगन हुन गएको कुरामा हाम्रो पार्टी गम्भीर बनेको छ ।
केही दिनदेखि जारी पोलिटब्यूरोको बैठकमा यस विषयमा गम्भीर छलफल भयो । हाम्रो पार्टीको इज्जत र मर्यादामा आाच पुर्याउने उद्देश्यका साथ भएका यस प्रकारका कार्यप्रति असहमति जनाउादै उक्त कार्यक्रममा भाग लिन गइसक्नु भएका कमरेडलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्न बाध्य भएको कुरा प्रष्ट गर्न चाहान्छौं ।
११ असार, २०६७
दीनानाथ शर्मा
प्रवक्ता
Comment Here