म गत डिसेमबरदेखि एयटा राम्रो डायरीको खोजीमा छु । यो वर्षपनि गतवर्ष झै नियमित डायरी लेखियोस् राम्रा विचार र महवपूर्ण घटनालाई समयमै डायरीमा कैद गर्न सकियोस् भन्नेमा छु । मानिसको मनमा समय समयमा विचार र भावनाका तरंगहरु छालको रुपमा उर्लेर आउँछन् । तिनलाई समयमै डायरीमा कैद गर्न सकियो भनेमात्रै सुरक्षित र संचित गर्न संभव हुनेछ । बगेर जाने खोला र विचारलाई कसैले फर्काउन सक्दैन ।
नेहरु प्लेसको बसस्टपमा साथीलाई पर्खेको निकैबेर भयो । त्यो बेला साथीभाईलाई यस्तै बसस्टप पार्क व्यस्त बजारको बीचमा मात्रै भेटने गरिन्थ्यो । मानिसका लागि प्रतीक्षा सबैभन्दा पीडाको क्षण हो पर्खदा पर्खदै हैरान भइयो समय बिताउन नजिकैको बार तिर छिरे । निकै स्टेसनरीहरु चहारें डायरीहरु त हजारौ थिए तर एउटा पनि मन परेन । नयाँ डिल्लीको अर्को ब्यस्त बजार कर्नाटप्लेसमा पनि अर्कोदिन त्यसरी नै डायरी खोज्न निकै समय खर्च गरंें एउटा पनि मनपरेन । कस्तो मनपर्ने हो त्यो पनि थाहा छैन तर मनले एउटा मनपरेको डायरी खोजिरहेको छ ।
जावो एउटा डायरी आँटेर किन्न नसक्ने के भएको होला । यो मनले कुन प्रकारको खोजेको हो कुन्नि यस्तै भनेर व्यक्तगर्न पनि त सकेको होइन । तर जेभए पनि सयौ डिजाइन मध्य एउटा पनि मन परेन ।
हुँदाहुँदा अब त मानिसको हाततिर उसले कस्तो डायरी समाएको होला भनेर मेरो जिज्ञासायुक्त आँखाले हेर्न थाल्यो । नजरमा चित्तबुदो डायरी परेन । यो के बिडम्बाहो कुन्नी । डायरी नभैपनि भएकोछैन । चित्त बुझ्दो भेटिएको पनि छैन । मानिसको मन र मनोविज्ञान अनौठो छ । मन एकोहोरिएपछि के के हुन्छ के के हुन्छ भनि साध्य छैन ।
राम्रो मनपरेको डायरीको तिर्छनाले मलाई झन सताउन थाल्यो । अचाक्ली भएपछि एकदिन मित्र बलरामलाई फोन गरेर उनले काम गर्ने कम्पनीबाट एकदुईवटा राम्रो डायरी ल्याउन भने । नभन्दै एउटा ल्याइदिनुभएछ । त्यसैमा चित्त बुझाए र अहिले लेख्न थालेको छु ।
गतवर्ष जस्तो त्यति मिलेको र आकर्षक छैन तर पनि मनले खोजे जस्तो नपाए पछि त्यसैमा चित्त बुझाएर घटनाहरुको टिपोट गर्नेकाम भएको छ । त्यसलाई त्यति नियमित र व्यवस्थित गर्न नसकेपनि बल गर्न भने छोडेको छैन ।
फेरि अर्को दिन कर्नाटप्लेस साथीहरु भेट्न जाँदा त्यसरी नै समय बिताउनु पर्नेभयो । स्टेशनरीभित्र लुसुक्क छिरे । मनले अझै डायरीको खोजी गरिरहेको रहेछ । थुप्रैको चाङ्बाट एउटा छानिहाले । त्यसमा के लेख्ने भन्ने कुरा मनमा फुरिहाल्यो । करिब एकबर्ष पहिले शुभशंकरले संमरण लेख्दैगर्नु राम्रोहोला भन्ने सुझाव दिनुभएको थियो । त्यो कुरा मनको एउटा कुनामा राखिछोडेको थिएँ ।
९ फागुन २०५८ देखि त्यसमा लेख्न थाले । दुई सय पृष्ठको डायरीमा अन्तिम पातो भाद्र ८ २०५९ मा लेखिएको छ । आज टुपुक्क छ महिना पुगेछ । लेख्दै जाँदा ४८ वटा संमरणहरु लेखिएछन् ।
यो नोटबुकमा मैले स्मरण लेख्ने र छिट्टै भर्ने विचारमा छु । गतबर्ष मलाई कताबाट एउटा राम्रो नोटबुक फेला परेको थियो । मैले त्यसमा बाह्रवटा कथाहरु संकलन गरेको छु । अहिले मलाई चिन्ता छ त्यो नोटबुक हरायो भने केही साहित्यिक पत्रिकामा प्रकाशित कथा बाहेक अरु सबै नष्ट हुने छन् ।
यो नोटबुक राम्रो डायरी किन्ने तिस्रना मेट्न किनिएको नभएपनि अब डायरी किन्ने व्यघ्रता कम हँुदैगएको छ । हुन त कसैले साह्रै राम्रो डायरी उपहार दिइहाल्यो भने त्यसमा केलेख्ने भन्नेबारे सोच्न सकिन्छ तर अव डायरीको चाहना भनौ वा तिस्रना क्रमशः कमहुँदै गएको छ ।
यो नोटबुक किनेको पनि चार पाँच दिन भयो क्यार आजसम्म खालिरहेकोले आज त केहि न केही लेख्नै पर् यो भनेर कनिकुथी लेखनी चलाउँदै छु ।
मेरो पहिले देखिकै बानी हो कि मलाई चिटिक्कको नोटबुक सफा कागजमा राम्रो कलमले लेख्न मन लाग्छ । पछिल्लो कालमा मैले कालो मसी वा कालो लेख्ने कलम किन्न गरेको छु । सररर चल्ने दामी कलमले लेख्न मजा आउँछ विचार पनि फुरेर आउँ छ । त्यसैले होला सायद राम्रो डायरी चल्ने कलम चिटिक्क परेको नोटबुक सफा कागज शान्त कोठाको तिस्रना सधैं भैरहन्छ । त्यस्तै पढ्दै नपढेपनि पुस्तक किन्न मन लागिहाल्छ । कतिपय पढिहालिन्छ पछि पढौला भने र राखियो भने त्यतिकै थन्किन्छ । म कुनै लेखक कथाकार साहित्यकार होइन तर पनि मलाई केही लेखौलेखौ भने लागिरहन्छ । मेरो यो नोटबुकमा आजदेखि यही इतिवृत्तबाट स्मरण लेखनको थालनी हुन्छ ।
९ फागुन २०५८
Comment Here